काठमाडौं— नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।एमालेका नेता एवं सांसद गुरु बरालका अनुसार तीन दलबीच समझदारी जुटेको छ। ‘यसमा हामीले नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिसँग संवाद गर्यौँ, प्रतिपक्षीय भूमिकामा रहेर एक जनाको उम्मेदवारी दिउँ भनेर समझदारी बनाएका छौँ,’ बरालले भने, ‘श्रम संस्कृतिकै उम्मेदवारलाई तीनै दलको समर्थन हुन्छ।’ संसदको सबैभन्दा ठूलो दल रास्वपाले कसलाई समर्थन गर्छ भन्ने यकीन भइसकेको छैन। तर, राप्रपाले उम्मेदवारी दिए रास्वपाले समर्थन गर्ने सूचना पाएपछि
काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकालले वर्तमान सरकारले अब निजी क्षेत्रका सुझावलाई कार्यान्वयनतर्फ लैजानेमा आफूहरू आशावादी रहेको बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित प्रि बजेट छलफल कार्यक्रममा बोल्दै उनले विगतजस्तो निजी क्षेत्रका सुझावहरू थन्किने अवस्था अब नरहने विश्वास व्यक्त गरे ।उनले भने,‘अहिलेको परिवर्तनको समयमा हामीले पनि अब नयाँ परिवेशमा सोच्नुपर्छ । र हामीले दिएको सुझाव पहिले जस्तो थन्केर बस्दैनन् । आफ्नो सुझावहरुलाई सरकारले अगाडि बढाउँछ भन्ने लागेको छ । किनकी अर्थतन्त्र बढेन भने जुन सरकार पनि टिकाउ हुँदैन भनेर यो दुई दशकमा देखिसक्यौं । नागरिकको अप
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको काम कारबाही सन्तोषजनक नरहेको बताएका छन् । बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।बस्नेतले भने, ‘एकै किसिमको घटनामा पूर्ववर्ती सरकारको व्यवहार सेलेक्टिभ हुने गथ्र्यो, अहिलेको सरकार पनि सेलेक्टिभ छ । पूर्ववर्ती सरकारले पनि विदेशी ऋण लिन्थ्यो यो सरकारले पनि लियो । यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महँगी र मूल्य वृद्धि हुन्थ्यो अहिले पनि व्यापक मूल्य वृद्धि र महँगी छ ।’झन्डै दुई तिहाइको मतादेश पाएको सरकारको कामकारबाही जनताले गम्भीरतापूर्वक नियालीरहेको भ
काठमाडौं— प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । उपसभामुख चयनका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिइको हो ।आज दिउँसो २ः३० बजे नै उम्मेदवारीको दर्ता सूचना प्रकाशन गरिने छ । उपसभामुखको निर्वाचन २७ गते हुँदैछ ।प्रतिनिधि सभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् ।प्रतिनिधि सभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
काठमाडौं— राष्ट्रिय सभा अन्र्तगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्ने भएको हो ।बैठकमा समितिको आगामी कार्ययोजना लगायतका विविध विषयमा छलफल हुने बतचाइएको छ ।
काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । गृहमन्त्री गुरुङ र म्युलीबिच बुधबार भेटवाता भएको हो ।भेटमा गुरुङले नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई अवैध रूपमा आर्जन गरेको पैसा नेपालीले स्विस बैंकमा राखेको वा नराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं— परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ।परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्।राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवद्र्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे अवगत गराएका थिए।त्यस्तै परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सचिव राईले सूक्ष्म ढङ्गले जानकारी गराएको दाहालले बताइन्।नेपाल
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् ।उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेका छन् । दाइजोका कारण महिलाहरु मर्न बाध्य भएका छन् । यसैले दाइजोमुक्त समाजको आवश्यकता छ ।’यसैगरी उनले मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल रहेको बताइन् । उनले सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान हुन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.