राजनीति

    Showing 1,901-1,910 of 10,434 items.
  • ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

    काठमाडौं। नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले २००७ सालदेखि भएका हरेक जनआन्दोलन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छिन् ।मंगलबा बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बरालले अध्यक्ष केपी शर्मा ओली माथि राजनीतिक प्रतिशोधको कारण कुनै कारबाही गर्न नुहुने भन्दै भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् भन्दै चेतावनी दिइन् ।उनले भनिन्,‘२००७ सालदेखि भएका हरेक परिवर्तनका जनआन्दोलन देखि लिएर जेनजी आन्दोलन घट्नाक्रमलाई लिएर सरकारले सबै फाइल खोलियोस् । हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको कारणले भित्र नराखियोस् । भोली सरकारले यसको ठूलो क्षति व्यहोर्न नपरोस् ।’

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 212 पटक पढिएको
  • ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा ध्यान दिन सांसद धिमालको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश धिमालले ऐतिहासिक सिम्रौनगढको संरक्षण र प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गराएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिम्रौनगढलाई मिथिला सभ्यता र तिरहुत क्षेत्रको हजारौं वर्ष पूरानो राजधानी तथा नेपालको मध्यकालीन इतिहासको महत्वपूर्ण धरोहरका रूपमा रहेको बताएका हुन् ।उनले यस क्षेत्रलाई व्यवस्थित रूपमा संरक्षण गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।उनले विशेष रूपमा २०६७ सालमा सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्धाधुन्ध रूपमा पोखरी खन्ने कार्यले सिम्रौनगढको करिब ८० प्रतिशत ऐतिहासिक सम्पदा नष्ट भएको

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 195 पटक पढिएको
  • सांसद आकृतिको प्रश्न : विद्यालय पोसाकमै प्रदर्शनमा उत्रिएका युवामाथि गोली प्रहार गर्ने आदेश कुन राष्ट्रको कानुनले दिन्छ ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद आकृति अवस्थीले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित हिंसात्मक घटनाबारे गम्भीर प्रश्न उठाएकी छन् ।आज प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै विद्यालय पोसाकमै कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवामाथि टाउकोमा गोली प्रहार गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ भन्दै प्रश्न गरेकी छन् ।‘विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचार विरुद्ध प्रदसनमा रहेका भईबहिनीहरु माथि टाउकोमा ताकी ताकी गोली हान्नी हत्या  गर्ने कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ,’ भन्दै उनले प्रश्न गरेकी छन् ।उनले नेपालको संविधान र वि

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 203 पटक पढिएको
  • यस्ता छन्, मन्त्रिपरिषद्को आकस्मिक बैठकका निर्णयहरु

    काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले अन्य निर्णयहरू पनि सार्वजनिक गरेकी छन् ।बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 191 पटक पढिएको
  • प्रतिनिधिसभाबाट तीनवटा विधेयक टेबुल

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन् । अब अर्को बैठक बुधबार १ बजे बस्नेछ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 214 पटक पढिएको
  • नवनियुक्त उपाध्यक्ष भण्डारीले लिइन् शपथ

    काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले शपथ ग्रहण गरेकी छिन् ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेकी हुन् ।एमाले सांसद भण्डारी सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थइन् ।सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।सपथग्रहण लगत्तै उनले आजै सिंहदरबार पुगेर पदवहाली गर्नेछिन् ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 200 पटक पढिएको
  • नाइमाद्वारा अटोमोबाइल क्षेत्र सुधारका लागि अर्थमन्त्रीलाई नीतिगत सुझाव पेश

    काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अटो मोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई आज अर्थमन्त्राय पुगेर भेटघाट गर्दै बधाई समेत दिएका छन् ।भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता होइन, आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ । साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०/२० अनुपातमार्फत वित्तीय

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 217 पटक पढिएको
  • स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो : स्वास्थ्यमन्त्री मेहता

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन् ।आज विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको बताइएकी हुन् ।उनले भनिन्, ‘सबै मानिस स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिएका अन्य संवैधानिक हक जस्तै स्वच्छ वातावरणको हक खध्य सुरक्षाको अधिकार, उपभोक्ताको ह

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 176 पटक पढिएको
  • आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 152 पटक पढिएको
  • सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    काठमाडौं— नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, जिल्ला शाखाहरू तथा प्रतिष्ठान शाखाहरूलाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम ७ दिनभित्र आयोजना गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै जारी गरेको निर्देशनअनुसार सबै प्रकारका सरकारी विज्ञापन, सूचना तथा सार्वजनिक खरिदसम्बन्धी जानकारी

    • प्रकाशित मितिः चैत २४, २०८२
    • 448 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.