राजनीति

    Showing 1,961-1,970 of 10,434 items.
  • गृहमन्त्री गुरुङको सोफामा सुतेको फोटो सार्वजनिक

    काठमाडौं— गृहमन्त्री सुदन गुरुङले आफ्नै फेसबुकमार्फत् सोफामा सुतेको तस्बिर सार्वजनिक गरेका छन्। उक्त तस्बिरमा उनी कार्यालयभित्रै सोफामा सिरक ओढेर आराम गरिरहेको अवस्थामा देखिन्छन्।तस्बिरसँगै उनले “निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन” भन्ने सन्देशसमेत लेखेका छन्।गृहमन्त्री बनेपछि गुरुङ हाल विभिन्न गतिविधिमा सक्रिय देखिएका छन्। उनले प्रहरी कार्यालयहरूको अवलोकन गर्ने, विवादित व्यक्तिहरू तथा बिचौलियामाथि निगरानी बढाउने लगायतका काममा चासो दिएका छन्।साथै, जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा कारबाही सिफारिस भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश ल

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 472 पटक पढिएको
  • जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन्।घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए ।गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए ।उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए ।उनले ड

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 474 पटक पढिएको
  • बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड

    हेटौंडा— बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ ।श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 470 पटक पढिएको
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

    काठमाडौं— नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ ।त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 483 पटक पढिएको
  • आज प्रतिनिधि सभाको सभामुखका लागि उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं—  प्रतिनिधि सभाको सभामुख चयनको प्रक्रिया आज सुरु हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।सचिवालयले उम्मेदवारको नामावली दिउँसो २ः३० बजे सार्वजनिक गर्ने जनाएको छ। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ अनुसार सभामुखको निर्वाचन चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने मिति ज्येष्ठ सदस्यले तोकेको छ ।यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्यालको प्रस्ताव सर्वसम्मतिले पारित गरेक

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 521 पटक पढिएको
  • निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन्। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् भने महासचिवमा पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत प्राप्त गरेका थिए ।यसैगरी, मंगल शाही नीतिगत उपमहासचिवमा र सन्तोष शाह आन्तरिक उपमहासचिवमा विजयी भएका छन्। कोषाध्यक्षमा उज्ज्वल गौतम र सह–कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 492 पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् ।उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै दुःख भोग्न नपरोस् भन्नेमा जोड दिँदै यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन् ।साथै, सामान्य लत्ताकपडा र व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच नगरी सेवाग्राहीलाई सहजता प्रदान गर्नसमेत निर्दे

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 454 पटक पढिएको
  • नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन

    काठमाडौं— २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ ।बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय, सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।अध्ययन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल रहेका छन्। समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आर.सी.) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् ।नेपाली कांग्र

    • प्रकाशित मितिः चैत २०, २०८२
    • 438 पटक पढिएको
  • नेकपाको संसदीय दलको प्रमुख सचेतकमा दुलाल नियुक्त

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संघीय संसदअन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन् ।  सिन्धुपाल्चोक–२ बाट निर्वाचित दुलालाई नेकपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो । “युवराज दुलालले प्रमुख सचेतक पदको जिम्मेवारी वहन गरी दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिइएको छ,” नेकपाले विज्ञप्ति जारी गर्दै भनेको छ । 

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 513 पटक पढिएको
  • राजनीतिक नियुक्ति त्याग्न रवि लामिछानेको आह्वान

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिहरू स्वेच्छाले छोड्न आग्रह गरेका छन्।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पूर्वसरकारको समयमा नियुक्त भएका व्यक्तिहरूले नैतिकताको आधारमा पदबाट राजीनामा दिने अपेक्षा व्यक्त गरे। “हिजो नियुक्ति लिएकाहरू स्वेच्छाले पद त्याग्नुहुन्छ भन्ने विश्वास लिएको छु,” उनले भने।लामिछानेले राजनीतिक नियुक्तिहरूलाई सुधार गर्ने सन्दर्भमा स्वेच्छिक राजीनामालाई उचित कदमका रूपमा प्रस्तुत गरेका छन्।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.