काठमाडौं— नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छिन् ।पाठक उजुरी दिन आइतबार बिहान माइतीघरस्थित वकिलको कार्यालय पुगेकी हुन् ।पाठकले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।
काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जना रिहा भएका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको हो ।उक्त प्रदर्शनका क्रममा कुल ७ जना पक्राउ परेका थिए । तीमध्ये विमल धमला भने अझै हिरासतमा राखिएका छन् ।धमला प्रदर्शनका क्रममा सवारी साधन तोडफोडमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अगाडि बढाएको छ।
काठमाडौं— अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो ।गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा
काठमाडौं— बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो ।सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएका घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिने सरकारको निर्णय छ ।यस्तै, सरकारले शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट पूर्ण रूपमा मुक्त राख्न विद्यालय र विश्वविद्यालयका हाताभित्
काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालत पेस गर्न लागेको छ । शनिबार अदालत बिदा भएकाले ओली र लेखकलाई आज अदालतमा पेस गर्न लागेको हो ।शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।ओली र लेखकलाई प्रहरीले शनिबार प्रक्राउ आफ्नै निबासबाट प्रक्राउ गरेको थियो ।ओली पक्राउ पछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार
काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाउने भएको हो ।पार्टीले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति एमालेको असहमति र विरोध रहेको भन्दै उक्त घटना छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ ।ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँगको संवादपछि सामूहिक प्रतिवादको संयोजन गर्न नेताहरू विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्टलगायतलाई पार्टीले जिम्मेबारी दिइस
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
काठमाडौं— काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।प्रदर्शनकारी माइतीघर मण्डलाबाट नयाँबानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले बबरमहलस्थित जिल्ला अदालत अगाडि रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको हो । अहिले अवस्था तनावग्रस्त छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको थियो । त्यसको विरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरू निषेधाज्ञा तोडेर नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले धरपकड सुरु
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ ।संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ ।साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ ।‘जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीं कतैबाट नहोस् भन्ने कुरामा हामी सचेत गराउन चाहन्छौं’ वक्तव्यमा भनि
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले ललितपुरको सातदोबाटोमा रहेको सशस्त्र प्रहरी बलको निरीक्षण गरेका छन् । शनिबार उनले सशस्त्र प्रहरी बलसँगै ललितपुर प्रहरी कार्यालयको समेत निरीक्षण गरेका हुन् ।मन्त्री आफैं गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् । मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । यसैगरी गृहमन्त्री सुधन गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयको समेत निरीक्षण गरेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.