राजनीति

    Showing 2,051-2,060 of 10,434 items.
  • नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय

    काठमाडौं— नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । सिंहदरबारमा पदभार ग्रहण लगत्तै उनले आर्थिक स्थितिपत्र सार्वजनिक गर्ने, १५ वटा ऐन खारेज गर्ने र आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने निर्णय गरेका हुन् ।निर्णयमा तत्काल स्थितिपत्र तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षक र वार्षिक कार्ययोजना बनाउने उल्ले

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 485 पटक पढिएको
  • परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदबहाली

    काठमाडौं— नवनियुुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।खनाल रास्वपा पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए । यसपालिको चुनावमा उनी काठमाडौं–६ बाट निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 509 पटक पढिएको
  • जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

    काठमाडौं— निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई सामाजिक सञ्जालमार्फत हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफूलाई थप खुसी लागेको बताएकी हुन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन,‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई । ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छजोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस, अपार शुभकामना ।’

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 518 पटक पढिएको
  • पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

    काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् ।पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताइन् ।उनले भनिन्, ‘हाम्रो मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा सुधारको बाटोमा लैजाने छौं । कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ । आज के काम गर्दैछौं भन्दा छलफल गर्न बाँकी नै छ । खाका तयार गरेर मात्रै यो

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 522 पटक पढिएको
  • बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भनेः नजिकबाट सहकार्य गर्न उत्सुक छु

    काठमाडौं— नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन् ।उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई ।’मोदीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन् ।साथै, दुई देशबीचको मैत्री सम्बन्ध र सहकार्

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 534 पटक पढिएको
  • कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली

    काठमाडौं— कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ की चौधरी अधिवक्ता (कानुन व्यवसायी) हुन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी समानुपातिकतर्फ निर्वाचित भएकी थिइन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 513 पटक पढिएको
  • हर्क साम्पाङ भन्छन् शारीरिक श्रमलाई मात्र श्रम संस्कृति भनेर बुझ्नु गलत

    काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रम संस्कृति केवल शारीरिक श्रममा सीमित नभई सचेत, जिम्मेवार र सक्रिय नागरिकको अभ्यास भएको बताएका छन् ।शुक्रबार आयोजित सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टी ढुङ्गा र माटो मात्र बोकिरहने नभई प्रतिपक्षको भूमिकामा रहि सक्रियरुपमा जिम्मेवार रहने बताएका छन् ।उनले भने, ‘श्रम संस्कृति भनेको ढुङ्गा र माटो मात्र बोकिरहने वा विरुवा मात्र रोपिरहने होइन । विकासका काममा एकोहोरो लागिरहने मात्र पनि होइन । हामी प्रतिपक्ष पनि हौं ।’उनले आफू मात्र संसदमा पुगेर सबै कुरा हेर्ने अवस्था नरहेको उल्लेख गर्दै सबै नागरिकलाई सक्रिय हुन आह्वान

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 518 पटक पढिएको
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले गरे पदबहाली

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 490 पटक पढिएको
  • सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली

    काठमाडौं— नवनियुुक्त सञ्‍चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन् ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 474 पटक पढिएको
  • खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौंः कुलमान घिसिङ

    काठमाडौं—  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)लाई बधाई दिएका छन् ।शुक्रबार शीतल निवासमा शपथ लिएलगत्तै घिसिङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।साथै, सरकारलाई आवश्यक सल्लाह सुझाव दिन र सरकारको कामकारबाहीमा खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्न उज्यालो नेपाल पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको पनि घिसिङले उल्लेख गरेका छन् ।उनले सामाजिक संजालमा लेखेका छन्,‘प्रतिनिधि सभामा झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 506 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.