राजनीति

    Showing 2,051-2,060 of 7,672 items.
  • माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हडताल गर्ने

    काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने सङ्ख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयासलाई संघ र प्रदेशले असहयोग गरेको उनको गुनासो छ ।नयाँ सोच र अवधारणाका साथ प्रमुखले आफ्नो कार्यकक्षमा बाँसैबाँसका फर्निचर र सामग्री प्रयोग गर्दै बाँसको प्रवद्र्धनमा संघीय

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 228 पटक पढिएको
  • कम्युनिष्ट पार्टी नेतृत्वको सरकारबाट देशको अवस्था परिवर्तन भएन : शर्मा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पटक पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार रहँदा पनि देशको अवस्था परिवर्तन नहुँदा गम्भीर प्रश्नको सामना गर्नुपरेको बताएका छन् । मंगलबार ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट आन्दोलनका एजेण्डा हराउँदै गएकाले कम्युनिष्ट पार्टीमा गम्भीर प्रश्न उठेको बताएका हुन् । उनले भने, ‘आज लाखौँ लाख युवाहरु विदेशमा श्रम पसिना बगाइरहेका छन् । हाम्रो जमिन बाँझो छ, खण्डहर बन्दैछन् । यहाँ गम्भीर प्रश्न छ । आज इतिहासको सबैभन्दा कटुट प्रश्न हो यो । नौ पटक सरकार

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 479 पटक पढिएको
  • गैर कानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्या : मन्त्री साह

    काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए । उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 373 पटक पढिएको
  • दोलखाका गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ — दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर र प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीविरुद्ध भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।अख्तियारमा सी–०८३०२९ दर्ता नम्बरमा गत असार २६ गते उजुरी दर्ता भएको हो। उजुरीकर्ताले गाउँपालिकाको भवन निर्माणमा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।तीनतले २० कोठे नयाँ भवन निर्माणका लागि गाउँपालिकाले गत वर्ष झन्डै १२ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। उजुरीमा उल्लेख गरिएअनुसार भवन निर्माणका क्रममा “हिटिङ सिस्टम” भन्ने विशेष प्रावधान अनावश्यक रूपमा राखिएको छ, जुन नेपालमा सामान्य रूपमा प्रयोग नहुन

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 419 पटक पढिएको
  • काङ्ग्रेस–एमालेबीचको फरक मतका बीच साझा मतको खोजी गर्नुपर्छ : महामन्त्री शर्मा

    काठमाडौं – नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार्टीबीच फरक विचार हुनु स्वभाविक भएको भन्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले फरक मतको बीचमा साझा मतको खोजी गर्नुपर्ने बताए । उनले भने, ‘अहिले परिस्थितीको जटिलताको बीचबाट एउटा गठबन्धनको सरकार बनेको छ । यो सरकारको सफलता फरक मतहरुको बीचको साझा मतबाट बन्ने हो । एउटै दलभित्र पनि दुई तीनवटा विचारहरु हुन्छ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 264 पटक पढिएको
  • नेपालको राजनीति बीपीको मेलमिलापको नीतिको जगमा उभिएको छ: देउवा

    काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले तय गरेको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आयोजित अन्तक्रियात्मक कार्यक्रम ‘देश विकास र देशवासीको उन्नतिको आधार बीपी’ मा बोल्दै देउवाले बीपीको मेलमिलाप नीति अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। कार्यक्रम बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेस खेलकुद विभागले संयुक्तरूपमा आयोजना गरेका थिए।सभापति देउवाले बीपी कोइरालाले जीवनभर देश र जनताको हितका लागि काम गरेको, र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विचलित नभएको स्मरण गरे। “बलियो का

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 410 पटक पढिएको
  • वाइसीएलले सुरु गर्यो मनोहराको सुकुम्बासी बस्तीमा तटबन्ध निर्माण

    काठमाडौं – नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालले मनोहराको बाढी प्रभावित सुकुम्बासी बस्तीमा पस्न नदिने उद्देश्यले अस्थायी तटबन्ध बनाउन सुरु गरेको छ । वाइसीएल बागमती प्रदेश र सम्पर्क विदेश प्रदेश कमिटीको आयोजनामा मंगलबार बिहानदेखि मनोहरा खोला पुलबाट करिब एक किलोमिटर उत्तरतर्फ बाँध बाँध्ने काम भएको हो । यस्तै, वाइसीएल नेपाललको अध्यक्ष पुष्प ओलीले यो बस्तीमा वर्षेनी बाढी छिर्ने हुनाले, स्रोत र साधनले सकेजति तटबन्ध बनाएर अस्थायी रुपमा जोगाउने प्रयास गरेको भन्दै सरकारसँग पहल गरेर स्थायी रुपमा पनि बचाउने बताए ।उनले भने, ‘श्रम तथा उत्पादनमा वाइसीएल भन्ने अ

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 297 पटक पढिएको
  • देखिए देउवा र कोइराला एउटै मञ्चमा

    काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् ।‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् ।पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफु निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 127 पटक पढिएको
  • राष्ट्रिय सभाको बैठक आज बस्दै

    काठमाडौं—  राष्ट्रिय सभाको बैठक आज दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।मंगलबार बस्न लागेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।यस्तै, सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यक्रम पनि तय भएको छ।आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 402 पटक पढिएको
  • कोशी प्रदेशमा असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा

    विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई  ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो ।प्रहरी निरीक्षक चौहानले लागूऔषध नियन्त्रणमा देखाएको सक्रियता र साहसिक कार्यका लागि पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चौहानको नेतृत्वमा भद्रपुर नगरपालिका–५ मा गरिएको चेकजाँचमा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगरसहित एक व्यक्ति र कार नियन्त्रणमा लिइयो। भद्रपुर–७ मा प्रहरीले ६ राउ

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा