राजनीति

    Showing 2,091-2,100 of 10,434 items.
  • कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो ।  पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ । आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वि

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 297 पटक पढिएको
  • आज नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ

    काठमाण्डौ  ।  नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ ।शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 223 पटक पढिएको
  • प्रधानमन्त्रीको शपथ साइत १२:३४ मा, २ बजेपछि सिंहदरबार प्रवेश

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ ।१२ः३४ मा शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।शपथग्रहणका क्रममा बटुकले स्वस्ति वाचन गराउने कार्यक्रमसमेत तय भएको उनीनिकट स्रोतको भनाइ छ ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 506 पटक पढिएको
  • राप्रपा केन्द्रीय सदस्य ऋषिबाबु परियारले छाडे पार्टी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य, निर्देशन समिति सदस्य तथा केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन्। उनले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।उनले 'राजाको एजेन्डा लिने, राज आज्ञा पालन नगर्ने, दलित समस्याप्रति संवेदनशील नभएको, समानुपातिक ४ सिटमा १ जना खसआर्य र १ जना दलित मिलाउन सकिनेमा नराखेको' लगायत कुरा उल्लेख गरेका छन्।साथै राप्रपाको राजनीतिक र वैचारिक स्पष्टता नभएको उनको आरोप छ। 

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 473 पटक पढिएको
  • जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने दायित्व अब जनप्रतिनिधिको काँधमाः राष्ट्रपति

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । निर्वाचन आयोग नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।‘निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्ने ठुलो दायित्व अब जनप्रतिनिधिको काँधमा आएको छ, लोकतन्त्रमा मत फरक हुन सक्छन्, तर राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 502 पटक पढिएको
  • उज्यालो नेपाल पार्टीले अब सडकबाट सरकार चलाउने छः कुलमान घिसिङ

    काठमाडौं— कुलमान घिसिङले उज्यालो नेपाल पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताउँदै राजनीतिक अभियानलाई थप सशक्त बनाउने घोषणा गरेका छन्।उज्यालो नेपाल पार्टी द्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।उनले भने,‘चुनावबाट अत्यधिक मतले करिब दुई तिहाइको बहुमत एउटा पार्टीलाई दिएको छ । उज्यालो नेपाल पार्टीलाई सडकमा बसेर सरकार चलाउनु भनेर म्यानडेट दिएको छ । सडकको सरकार उज्यालो नेपाल पार्टी हुने छ, हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं।’

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 500 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाकारी दिए ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 505 पटक पढिएको
  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

    काठमाडौं— प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए ।ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ गराउने छन् ।नेपाली कांग्रेसका सांसद केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 510 पटक पढिएको
  • ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष केसीले प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका हुन् ।यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 502 पटक पढिएको
  • पूर्वसांसद शाहको निधन

    काठमाडौं— पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ। जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट  विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए । 

    • प्रकाशित मितिः चैत ११, २०८२
    • 497 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.