राजनीति

    Showing 2,201-2,210 of 7,672 items.
  • राप्रपामा प्रवक्ताको भूमिकामा फेरबदल, दुई नेताबीच जिम्मेवारी साटासाट

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।  बुधबार एक सूचना जारी गर्दै जिम्मेवारीमा हेरफेर गरेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनितत गरेका छन् । त्यस्तै सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट पदमुक्त गरिएको प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

    • प्रकाशित मितिः असार २५, २०८२
    • 493 पटक पढिएको
  • सोबिताजीको प्रश्न स्पेन गएका अन्य नेपालीका बारेमा हो : स्वर्णिम वाग्ले

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सोबिता गौतमले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा गएका अन्य सयौं नेपालीका बारेमा मात्र प्रश्न उठाएको बताएका छन् ।बुधबार संसद भवनबाहिर उनले गौतमले उठाएको कुरा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधि मण्डलका सदस्यहरुको बारेमा नभइ त्यहाँ गएका अन्य सयौं नेपालीका बारेमा भएको भन्दै यसमा स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री गएको कार्यक्रम अर्थात ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा गएका अन्य सयौं नेपालीका बारेमा सोबिताज्यूले कुरा उठाउनु भएको हो । प्रधानमन्त्रीको आधिक

    • प्रकाशित मितिः असार २५, २०८२
    • 243 पटक पढिएको
  • भोटेकोशी बाढी : रसुवामा १९ जना बेपत्ता, ठूलो मानवीय तथा भौतिक क्षति

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।मन्त्री लेखकले बेपत्ताहरुको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २

    • प्रकाशित मितिः असार २५, २०८२
    • 277 पटक पढिएको
  • प्रधानमन्त्रीसँग विदेश गएकाको सूची स्पष्ट पारिदिनुहोस् : गृहमन्त्री लेखक

    काठमाडौं – गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाए । उनले भने, ‘भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेका छन् । त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको छ, अनुसन्धान भइरहेको छ । सरकारले गठन गरेको समितिले पनि काम गरिरहेको छ ।’उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए । ‘प

    • प्रकाशित मितिः असार २५, २०८२
    • 295 पटक पढिएको
  • सदन अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने ठाँउ होईन् : सांसद बडाल

    काठमाडौं – नेकपा एमालेकी सांसद् सुनिता बडालले रास्वपा सांसद सोबिता गौतमलाई चुनौती दिँदै आफूहरू भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेकाले बोल्दा हेक्का पुर्याएर बोल्नको लागि चुनौती दिएकी छन् ।  बुधबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले सांसद गौतमलाई सदनमा अफवाह फैलाउने र गलत कुराको प्रचार गरि बाहिरिने ठाउँ नभएको भन्दै तथ्यको आधारमा कुरा गर्न चुनौती दिएकी हुन् । बैठकमा बोल्ने क्रममा रास्वपा सांसद गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे राखेको अभिव्यक्तिबारे भाषा नबुझेर अपव्याख्या भएको आरोप लगाएकी थिइन् । उक्त अभिव्यक्तिको खण्डन गर्दै सांसद बडालले भनिन, ‘यो संसद अफवाह फैलाउने ग

    • प्रकाशित मितिः असार २५, २०८२
    • 331 पटक पढिएको
  • कांग्रेसको दबाबमा भूमि सम्बन्धी विधेयक कार्यसूचीबाट हटाइयो

    काठमाडौं– सार्वजनिक जग्गा वितरणसम्बन्धी प्रावधानका कारण आलोचना भएको भूमि सम्बन्धी ऐन संशोधन विधेयक प्रतिनिधिसभाको बुधबारको कार्यसूचीबाट हटाइएको छ। प्रमुख विपक्षी नेपाली कांग्रेसले विधेयकप्रति कडा आपत्ति जनाएपछि यो कदम चालिएको हो।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा छलफलविनै विधेयक पारित गर्ने तयारी भइरहेको जानकारी पाएपछि कांग्रेसले कडा विरोध जनाउँदै विधेयकमा संशोधन दर्ता गरेको थियो। कांग्रेस सांसद गगन थापा, विश्वप्रकाश शर्मा, जीवन परियारलगायत नेताहरूले सामूहिक प्रतिवादको तयारीसमेत गरेका थिए।कांग्रेसको दबाबपछि सरकारले विधेयकलाई कार्यसूचीबाट हटाउनु परेको हो। कांग्रेसले सार्वजनिक जग्गा व्यक्

    • प्रकाशित मितिः असार २५, २०८२
    • 466 पटक पढिएको
  • साना उद्योगी र व्यापारीलाई देशमै राख्ने मौद्रिक नीति आवश्यक : सभापति चालिसे

    काठमाडौं – अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुकभित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।उनले भने, ‘यो मुलुकमा सबैभन्दा महत्वपूर्ण कुरा उत्पादा हो । देशभर उत्पादनको लागि वातावरण राम्रो छ तर उत्पादन हुन सक्दैँन् । ९० प्रतिशत खाद्यन्न किनेर बसेका छ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 225 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गर्यो : राप्रपा

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) की  सांसद अनिसा नेपालीले  भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको बताएकी छिन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद बहिष्कार गर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएकी हुन् ।  उनले भनिन्, ‘भिजिट भिसा प्रकरणमा आफ्नो पार्टीले निरन्तर आवाज उठाउँदा पनि सरकारले नसुनेझैं गरेको छ । जबसम्म छानबिन समिति बन्दैन तबसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बहिष्कार गर्दछ ।’ राप्रपाले यसअघिद

    • प्रकाशित मितिः असार २५, २०८२
    • 205 पटक पढिएको
  • सहकारीलाई करीब पौने ३ अर्ब बजेट व्यवस्थापन गरिसकेका छौँ : मन्त्री अधिकारी

    काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीहरु लाई करीब पौने ३ अर्ब जति बजेट व्यवस्थापन गरेको बताएका छन् । बुधबार कर्जा असुली न्यायाधिकरणको उद्घाटन समारोहमा बोल्दै उनले समस्या ग्रस्त सहकारीहरुका लागि उक्त बजेटको व्यवस्थापन गरेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले २३ वटा सहकारीहरुलाई समस्या ग्रस्त सहकारी धोषणा गरिएको र अरुपनि छिटै समस्या ग्रस्त धोषणा गर्ने तयारीमा रहेको बताए ।उनले केहि समय अघिमात्रै कतिपय सहकारी पिडितहरुलाई राहत दिनुका साथै उनिहरुको पैसा र्फिता  गरेको समेत बताएका छन् । सहकारी बिग्रियो भन्दापनि सहकारीलाई हौसला दिएर अगाडी बढाउ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 151 पटक पढिएको
  • संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

    काठमाडौं – नेकपा (एमाले) का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताएका हुन् ।उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 256 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा