काठमाडौं— नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधार आवश्यक रहेको भन्दै नारा र जुलुसका भरमा नेतृत्व जोगाउन नसकिने बताएका छन्।उनले अब अध्यक्ष केपी शर्मा ओलीलाई जोगाउन नारा–जुलुस गर्ने राजनीति सम्भव नभएको उल्लेख गर्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्ने बताए।पाण्डेले पार्टीलाई बलियो बनाउन आन्तरिक बहस, आलोचना र आत्मसमीक्षा आवश्यक रहेको पनि धारणा राखेका छन्।
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाललाई नयाँ सरकारमा पनि सोही जिम्मेवारीमा निरन्तरता दिने तयारी भएको चर्चा चलेको छ। आर्थिक संकटको समयमा मुलुकको अर्थतन्त्र सम्हाल्न खेलेको भूमिकालाई ध्यानमा राख्दै उनलाई फेरि अर्थ मन्त्रालयको नेतृत्व दिन सकिने स्रोतहरू बताउँछन्।प्रधानमन्त्री सुशीला कार्कीले पनि खनालको कार्यसम्पादनप्रति सकारात्मक धारणा व्यक्त गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमेत उनको भूमिकाबारे सकारात्मक रहेको बताइन्छ।हाल रास्वपाले दुई तिहाइ नजिकको बहुमत हासिल गरेपछि बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ। बालेनले प्राविधिक तथा अनुभवी व्यक्तिहरूलाई समेटेर सक्षम टोली बनाउने योज
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संसदीय दलका प्रमुख सचेतक र अन्य नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका र आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ । दिउँसो २ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा हुने कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने बता
काठमाडौं— गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गोली प्रहार र आगजनी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले हालको निर्वाचन प्रणालीका कारण पनि देशमा भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेको छ । सांसदहरू मात्र मन्त्री बन्ने प्रणालीले जसरी पनि सांसद हुन अस्वस्थ राजनीति बढेको भन्दै सांसदलाई मन्त्री नबनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । आयोगका एक अधिकारीका अनुसार सांसदको चुनावमा अत्यधिक खर्च हुने र त्यो खर्च उठाउनका लागि पनि पदमा पुगेपछि भ्रष्टाचार गर्ने प्रवृत्तिले नीतिगत भ्रष्टाचार बढ्दै गएको छ । ‘सांसदलाई मन्त्री नबनाउने हो भने निर्वाचन प्रणालीमा धेरै सुधार हुन्छ, यसले
काठमाडौं— संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा स
काठमाडौं— यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए। नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसहित स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । काठमाडौं क्षेत्र १ मा एमालेका उम्मेदवार मोहनराज रेग्मीसहित २६, क्षेत्र नं २ मा राममणि फुयाँलसहित २५, क्षेत्र नं ३ मा एमालेका उम्मेदवार रामेश्वर फुयाँलसह
काठमाडौँ । हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको माध्यमबाट जनताको मतले भदौ २३ र २४ गतेको जेन्जी विद्रोहलाई अनुमोदन गरेको छ । जेन्जी विद्रोह हुँदा त्यसप्रति ऐक्यबद्धता जनाएको र त्यसलाई शुरुदेखि नै युवापुस्ताको विद्रोहका रुपमा लिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पाएको मतसमेतलाई गणना गर्दा झन्डै दुई तिहाइनजिक पुग्ने देखिन्छ । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनअघि स्थापित सो दलले निकै फराकिलो मतान्तरसहित करिब दुई तिहाइनजिकको मत ल्याउनु भनेको संसदीय राजनीतिको हिसाबले चानचुने सफलता होइन । यो मत अहिले पालैपालो शासन गर्दै आएका दल र तिनका नेताहरुप्रति वितृष्णाको परिणति हो भने
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुटनीति राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् ।मन्त्री नियुक्त हुँदा रातो पासपोर्ट लिएका मन्त्री खनाल कार्यकाल सकिनै लाग्दा बुझाएका हुन् । उनले आज अर्थ मन्त्रालयको प्रशासनमा DA 0002710 नम्बरको राहदानी फिर्ता गरेका हुन् ।उनले आफू अर्थ मन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुरोध गरेका छन् ।
काठमाडौं— समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज बिहान ५ः५० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।निर्वाचन आयोगका अनुसार निर्वाचनमा नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २२ हजार २२ मत प्राप्त गरेको छ । मतगणना जारी छ ।
काठमाडौं— प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन ।निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मत मागेकोले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विश्वास गरिएको छ ।बालेन संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकोले उनले विश्वासको मत लिनु नपर्ने भएको हो । संविधानमा कुनै पनि दलको एकल बहुमत आएर उसको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा यस्तो प्रधानमन्त्रीले विश्वा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.