राजनीति

    Showing 2,231-2,240 of 7,672 items.
  • संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनाहरूमा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्धार र राहत कार्यका लागि सरकारले सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताएका छन् ।  साथै, उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।मौसमविद्हरूले यो वर्ष औसतभ

    • प्रकाशित मितिः असार २४, २०८२
    • 185 पटक पढिएको
  • जनसम्पर्क समितिको अधिवेशन पुस मसान्तभित्र सक्नुपर्ने, कार्ययोजना तयार गरिंदै

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले यो जानकारी दिएका हुन् ।कांग्रेसले प्रवासमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्न र उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा जनसम्पर्क समितिहरू गठन गर्ने निर्णय गरेको छ । यो कदमले विश्वभर छरिएर रहेका नेपाली

    • प्रकाशित मितिः असार २४, २०८२
    • 141 पटक पढिएको
  • चरम असफलता पछि: मध्यावधि निर्वाचन किन नगर्ने?

    सर्लाही— २०६२/६३ को जनआन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपालमा स्थायित्व र समावेशीताको नयाँ युग प्रारम्भ गर्ने अपेक्षा गरिएको थियो। तर दुई दशक कटिसक्दा पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तनको खेल, र जनता बीचको वितृष्णा अन्त्य भएको छैन। हालसम्म बनेका हरेक प्रकारका गठबन्धन असफल मात्र होइन, विश्वासको संकटमा छन्। यसै सन्दर्भमा, वर्तमान अवस्थामा मध्यावधि निर्वाचन नै जनताको अभिमत लिन र स्थायित्व खोज्न उपयुक्त माध्यम हो भन्ने बहस थप तीव्र बनेको छ।हालका प्रमुख गठबन्धनहरूस् प्रयोग र विफलता१. माओवादी केन्द्र – एमाले – रास्वपा – राप्रपा गठबन्धन (२०८०)यो गठबन्धन “राष्ट्रिय स्वार्थका नामम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 658 पटक पढिएको
  • नेकपा एमालेका सांसद सूर्य थापा भन्छन् रविका पक्षमा चलाइएको हस्ताक्षर अभियान राजनीतिक प्रोपोगाण्डा मात्रै हो

    काठमाडौं— नेकपा (एमाले) का सांसद तथा सहकारी ठगी छानबिन संसदीय समितिका अध्यक्ष सूर्यबहादुर थापा क्षत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा थालिएको हस्ताक्षर अभियानलाई 'राजनीतिक प्रोपोगाण्डा'को संज्ञा दिएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै थापाले लामिछानेमाथि सहकारीको बचत रकम ठगी प्रकरणमा अदालतमा आधा दर्जनभन्दा बढी मुद्दा चलिरहेको अवस्थामा रास्वपाको हस्ताक्षर अभियान निरर्थक रहेको बताए।'२०७९ असार ७ गतेदेखि भैरहवा कारागारमा रहेका व्यक्तिको नाममा १५ पृष्ठको याचनापत्र आएको छ। त्यसको आधारमा अहिले हस्ताक्षर संकलन चलाइएको छ,' उनले भने, 'सर्वोच्च अदालत, उच्च अदा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 498 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे संसद्लाई जानकारी गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर प्रधानमन्त्री ओलीले उक्त सम्मेलनले आर्थिक कूटनीतिका लागि विश्वस्तरमा नयाँ साझेदारी वृद्धि गर्दै दिगो विकास लक्ष्यपूर्तिमा थप गति दिन योगदान दिएको बताएका हुन् । प्रधानमन्त्री ओलीले उक्त सम्मेलनपूर्व यही असार १४ गते प्रतिनिधिसभाको बैठकमा सम्मेलन र भ्रमणका कार्यसूचीबारे जानकारी गराएका थिए । सम्मेलनका लागि प्रधानमन्त्री ओलीले यही असार १४ गते त्यसतर्फ प्रस

    • प्रकाशित मितिः असार २३, २०८२
    • 313 पटक पढिएको
  • लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८१ सर्मपर्ण समारोहलाई सम्बोधन गर्दै उनले सुशासनको प्रत्याभूतिसहित शान्ति, न्याय र स्वतन्त्रताको अनुभुति आम नागरिकमा गराउन जरुरी रहेको बताएका हुन् ।राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिकारुपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै यसको जरा अझ गहिरो बनाउनु आजको आवश्यकता भएको बताए । उनले सामाजिक न्याय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 160 पटक पढिएको
  • गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटबार्ता

    काठमाडौं – गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिस बीच सोमबार भेटबार्ता  भएको छ । परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेका गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिस सहितको प्रतिनिधि मण्डलले सोमबार भेटबार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।भेटमा गृहमन्त्री लेखकले दुई देशबिचको मित्रवत् सम्बन्ध,नेपालको विकास निमार्ण र शान्ती प्रक्रियामा स्वीटजरल्याण्डको सहयोगको प्रशंसा गरेको उनले बताए । ‘भेटमा दुई देशको विकास, आर्थिक मुद्धाहरुमा साझेदारी गर्ने लगायतका विषयमा कुराकानी भएको छ । ’ प्रवक्ता

    • प्रकाशित मितिः असार २३, २०८२
    • 243 पटक पढिएको
  • आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

    काठमाडौं— सांसदहरुले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुनःनिर्माणलाई तीव्रता दिन र आन्दोलनरत चिकित्सकको मागप्रति गम्भीर हुन सरकारको ध्यानार्कषण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा उपलब्ध आकस्मिक समयमा सांसद डा। सुनिलकुमार शर्माले देशभरको सरकारी अस्पतालको सेवा प्रभावित हुँदा सेवाग्राही मारमा परेकोबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए ।उपभोक्ता अदातलसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको आन्दोलनले बहिरङ्ग (ओपिडी) सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेको उनको भनाइ छ । आन्दोलनरत चिकित्सकहरुको मागप्रति गम्भीर हुन सरकारसँग आग्रह गर्दै सांसद डा शर्माले चिकित्सकको दरब

    • प्रकाशित मितिः असार २३, २०८२
    • 467 पटक पढिएको
  • असार लागेपछि नेपालमा मल र मन्त्री हराउने स्थिति छ : गोकुल बाँस्कोटा

    काठमाडौं – नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले असार लागेपछि मल र मन्त्री दुवै हराउने स्थिति दोहोरिएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति नेपालमा हुने गरेको बताएका हुन् ।उनले भने,‘कृषिमन्त्रीज्यू रन्किनुहोला, म यहीँ छु भनेर । यहाँ एउटा अभिषप्त इतिहास र नियती दोहोरिन्छ । असार लागेपछि मल र मन्त्री हराउनुपर्ने स्थिति हुन्छ । भूकम्पबाट राहत बाँड्याजस्तो १० केजी राहत बाँडेर कृषिको उत्पादन वृद्धि कसरी हुन्छ ? तत्काल मलको प्रवन्ध गरियोस् ।’साथै उनले तत्काल मलको प्रवन्ध गर्न समेत आग्रह गरे ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 287 पटक पढिएको
  • २१ दिनको समय दिएर निजामती विधेयकमा भएको चलखेलको छानबिनको विशेष समिति गठन भयो

    काठमाडौं— संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ। सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिलाई २१ दिनको समय दिइएको छ। समितिमा नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहेका छन्।त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि  रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट  रोशन कार्की रहेका छन्।शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर

    • प्रकाशित मितिः असार २३, २०८२
    • 576 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा