काठमाडौं – सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उनले भनिन्, ‘आजको बैठकमा न्याय परिषद्को चलानी नम्बर २९ को पत्रअनुसार मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरी नेपालको संविधानको धारा २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि नाम प्राप्त भएकोमा संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० तथा संसदीय सु
काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनला
काठमाडौं – प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् ।चलचित्र निर्देशक मनोज पण्डितको संयोजकत्वमा बसेको चलचित्र सभाले चलचित्र क्षेत्रको सुदृढ विकासका लागि २० बुँदे पुनरावलोकन प्रस्तावसहित विधेयक संसदबाट फिर्ता लिन आग्रह गरेको हो ।चलचित्रकर्मीहरूका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको हस्तक्षेपकारी भूमिका झल्कने गरी विधेयक निर्माण गरिएको छ । उनीहरूले चलचित्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनको जिम्मेवारी संस्कृति मन्त्रालयअन्तर्गत रा
काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गरेका छन्। नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेलसँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याए । ‘कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन ,म
काठमाडौं – सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।बिहान ११ बजे बस्ने उक्त बैठकले आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने छ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने, सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिने लगायतको कार्यसूची छ ।यसैगरी ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स गएका छन् । पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका हुन् । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुंगा सावित हुनेछ ।तिलौराकोटको ऐतिहासिक र पुरातात्
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले हामीले हाम्रा परम
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी छ । गत असार १६ देखि शुरू भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।हिजोको बैठकमा सह महामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदीप्रसाद पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू— गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् । राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढि खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भने, ’यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञावली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि यो कामले औपचारिकता पाएको बताउनु भएका ओलीले सरकारको प्रस्तावल
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।अर्थ समितिको आइतबारको बैठकमाउनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए । ‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो । बैंकमा प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.