राजनीति

    Showing 2,261-2,270 of 10,434 items.
  • पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

    वीरगञ्ज— प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गरे । निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हज

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 437 पटक पढिएको
  • पूर्वन्यायाधीश कार्की आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन

    काठमाडौं— २०८२ साल भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित कार्की आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।आइतबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन्।झण्डै छ महिनासम्म विस्तृत अनुसन्धान र जाँचबुझ गरेपछि आयोगले आफ्नो निष्कर्षसहितको प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो।सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा उक्त जाँचबुझ आयोग गठन गरेको थियो। अनुसन्धानका क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखहरू तथ

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 547 पटक पढिएको
  • बर्दिया–१ मा रास्वपाका थारु विजयी

    बर्दिया— बर्दिया निर्वाचन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ठाकुर सिंह थारु विजयी भएका छन्। उनीले  ४९ हजार ६३१ मत पाएर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्दी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएका छन्।  यस्तै नेपाली कांग्रेसका संजय कुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिस्ट पार्टीका विष्णु प्रसाद चौधरीले ९ हजार २८५ मत पाएका छन्।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 509 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन् महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् ।११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्याप्त नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको उनले बताइन् ।प्रधानमन्त्री कार्की

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 501 पटक पढिएको
  • राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्षलाई उजाड बनाइदियोः पूर्ण बस्नेत

    काठमाडौं—  जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्ष र बलिदानीबाट निर्माण भएको दललाई उजाड बनाइदिएको टिप्पणी गरेका छन् ।प्रतिनिधि सभा सदस्यको निर्वाचनको परिणामबारे आफ्नो धारणा राख्दै बस्नेतले अहङ्कारी, उन्मादी र सन्की नेतृत्वले दलहरूलाई रसातलमा पु¥याएको बताएका हुन् ।बस्नेतले भने, ‘लुइ चौधौँले म नै राज्य हुँ भने झैँ हाम्रो राजनीतिक दलको नेतृत्वले ‘मैले जे गरे पनि हुन्छ म नै नीति हुँ’ भन्ने ठान्यो । जसले गर्दा आजको यो अवस्था आयो ।’कार्यकर्ता सार्वभौम हुन नसकेका कारण पार्टी नेतृत्वलाई ठिक ठाउँमा ल्याउन नसकिने अवस्था रहेकोमा नेतृ

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 475 पटक पढिएको
  • सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

    काठमाडौं— सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।उनले लेखेका छन्, ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना १ मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 409 पटक पढिएको
  • सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

    सिराहा— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् ।अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत, जनता समाजवादी पार्टी नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 471 पटक पढिएको
  • रामेछाप प्रतिनिधि सभा मतगणनाः रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा

    रामेछाप— रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।हालसम्म ५९ हजार ६७४ मत गणना हुँदा बुढाथोकीले १६ हजार ७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले पछ्याइरहेका छन्। ढुंगेलले हालसम्म ११ हजार ८२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ११ हजार ४३२ मत प्राप्त गरेका छन् ।यसैगरी नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ९ हजार २५९ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ५ हजार ४५४ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 419 पटक पढिएको
  • सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित

    सिराहा— सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 195 पटक पढिएको
  • डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

    अमरगढी। डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गर्नुभएको हो ।(रास्वपा) का उम्मेदवार डा जोशी सात हजार १० मतान्तरले विजयी हुनुभएको छ । उहाँले १९ हजार १३१ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको छ । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गर्नुभएको छ ।डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा जोश

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 302 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.