राजनीति

    Showing 2,271-2,280 of 7,045 items.
  • किन पुगे रवि उच्च अदालत बुटवल?

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।लामिछानेले दिएको निवेदन दर्ता भइसकेको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।‘सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारेखमा रिहा हुनुपर्ने आशयको माग राखेर उहाँले निवेदन दिनुभएको छ,’ कुँवरले भने, ‘निवेदन दर्ता भइसकेको छ ।’लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 442 पटक पढिएको
  • राजा फर्कने कुरा असम्भवः सापकोटा

    काठमाडौं  । नेकपा माओवादी केन्द्रले जनताले रगतको पोखरीमा पौडी खेल्दै गणतन्त्र ल्याएकाले राजा फर्कने कुरा असम्भव रहेको जनाएको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपनि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नी सापकोटाले संसारभरी नै अहिले अराजकता र अन्यौल जस्तो स्थिति रहेको भन्दै धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर सोच बनाउनु सपना मात्र हुने बताए । उनले भने,‘ हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौ नि त । हामीलाई जनताप्रति धेरै विश्वास छ । संसारभरी अहिले अराजकता छ । अन्यौल जस्तो स्थिति छ । यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 308 पटक पढिएको
  • सरकार सञ्चालनमा कुनै समस्या छैनः सभापति देउवा

    सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताउनुभयो । उनले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।’कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 205 पटक पढिएको
  • महानगरले पठाएको जरिवानापत्र राप्रपाले अझै पाएन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 301 पटक पढिएको
  • जसपा नेपालमा पदाधिकारी र कार्यकारिणी सदस्य थपिँदै

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालमा केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गरिने भएको छ ।केन्द्रीय समितिको बैठकबाट पार्टी विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्न जसपा नेपालका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार, जातीय, सामुदायिक तथा लैंगिक समावेशीतालाई आधार मानी पदाधिकारी तथा कार्यकारिणी सदस्य थप गर्न लागिएको छ । संशोधित विधानानुसार थप दुई उपाध्यक्ष र एक महासचिव तथा ११ केन्द्रीय कार्यकारिणी सदस्य थप गरिनेछ ।अब केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 165 पटक पढिएको
  • ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा बैठकमा विपक्षी दल सहभागी नहुने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभाको बैठकमा अहिलेकै परिस्थिति रहे विपक्षी दलहरू सहभागी नहुने भएका छन् ।प्रधानमन्त्री ओलीले भोली दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाका विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) ले सो बैठकमा अनुपस्थित रहनेबारे छलफल अगाडि बढाएका हुन् ।विपक्षी दलहरूसँग प्रदेश सरकारले कुनै छलफल नगरेको, विपक्षीले उठाएका प्रश्नको उत्तर मुख्यमन्त्रीले नदिएको र विपक्षीप्रति सरकार उदासीन भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्नसक्ने जनाएका हुन् । यसअघि आइतबार ब

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 309 पटक पढिएको
  • चैत १ गते एकीकृत समाजवादीले आन्दोलनको घोषणा गर्ने

    काठमाडौं— नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार ११ बजेपछि बस्ने गरी बोलाएको एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने सो पार्टीका नेताहरूले बताएका छन् । सो पार्टीले आगामी चैत १ गते पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।  सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको एकीकृत समाजवादीका नेताहरूले बताउँदै आएका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 242 पटक पढिएको
  • सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन शुरू गर्दै

     काठमाडौं— सरकारले संवैधानिक आयोगहरुको पुनरावलोकन थाल्ने भएको छ।  संविधानको भाग २७ मा व्यवस्था भएका आयोगहरुको संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलकोन गर्ने संविधानमै व्यवस्था गरिएको छ। २०७२ साल असोज ३ गतेबाट प्रारम्भ भएको संविधान आगामी असोजमा कार्यान्वयनमा आएको १० वर्ष पूरा हुन्छ।  यस विषयमा राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले छलफल सुरु गर्न लागेको हो।आज बिहान ११ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुको पुनरावलोकनका बारेमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ। बैठकमा कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, लोकसे

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 228 पटक पढिएको
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्दैछ ।बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 253 पटक पढिएको
  • यो संविधान कुनै व्यक्तिले दिएको होइनः प्रधानमन्त्री

    धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाका विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गरेका हुन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै प्रधानमन्त्री ओली

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 243 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा