राजनीति

    Showing 2,281-2,290 of 7,672 items.
  • नेपालगञ्जमा हस्ताक्षर गरेका सई खड्का काठमाडौं तानिए

    काठमाडौं — नेपालगञ्जमा ड्युटीकै क्रममा रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालयले काठमाडौं तानेको छ।बाँके दरबन्दी रहेका सई खड्काले ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानमा सहभागी भएर वर्दीमै हस्ताक्षर गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि अनुशासनको सवाल उठाइएको हो।प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रहरी आचारसंहिताविपरीत कार्य गरेकाले खड्कालाई आवश्यक छानबिनका लागि बोलाइएको हो। प्रहरी ऐन २०१२ अनुसार, कुनै पनि प्रहरी कर्मचारीलाई राजनीतिक गतिविधिमा सहभागी हुन अनुमति छैन।

    • प्रकाशित मितिः असार २०, २०८२
    • 528 पटक पढिएको
  • आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ, कुन कुन विषयमा होला छलफल ?

    काठमाडौं— आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ ।कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम

    • प्रकाशित मितिः असार २०, २०८२
    • 454 पटक पढिएको
  • जिल्ला प्रशासनमा फोटो र भिडियो खिच्न अनुमति लिनुपर्ने

    मकवानपुर – मकवानपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरभित्र पत्रकारलाई अनुमति बिना फोटो तथा भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन्। कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ भन्ने सूचनासहितको पोष्टर टाँसिएको छ।बुधवार नेपाल पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रजिअ श्रेष्ठले प्रशासन कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयता कायम राख्नका लागि यस्तो निर्णय लिइएको दाबी गरिन्।“प्रशासन कार्यालय संसदजस्तो होइन। यहाँ विभिन्न प्रकृतिका मानिसहरू आउँछन्। उनीहरूको गोपनीयता र सुरक्षालाई ख्याल गरेर मात्र यो

    • प्रकाशित मितिः असार १९, २०८२
    • 251 पटक पढिएको
  • स्पेनबाट प्रधानमन्त्रीले भने: सहमतिभन्दा अगावै देउवालाई पद सुम्पिन्छु

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहमति अनुसार तोकिएको अवधिभन्दा केही अगावै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पन आफू तयार रहेको बताएका छन्।स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्।ओलीले भने, "मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति हो। तर त्यो अवधि पूरा भएपछि मात्र सत्ताको हस्तान्तरण गर्नुपर्छ भन्ने होइन। बरु १०–१५ दिन अघिनै देउवाजीलाई पद हस्तान्तरण गर्न तयार छु।"उनले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको गठबन्धन आगामी २०८४ सालको निर्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 291 पटक पढिएको
  • ट्रम्पद्वारा फेड प्रमुख पावेलको राजीनामा माग

    वासिङ्टन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा माग गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, "धेरै ढिला भइसक्यो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!"ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पावेललाई फेडको अध्यक्ष पदमा मनोनीत गरेका थिए। तर, ब्याजदर नघटाएको भन्दै उनले पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने विषय प्रस्ट छैन।यसअघि वर्षको सुरुमा ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए, तर पछिल्लो अभिव्यक्

    • प्रकाशित मितिः असार १९, २०८२
    • 306 पटक पढिएको
  • कमल थापा भन्छन्: "मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था आवश्यक छ"

    काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक गम्भीर रूपमा भ्रष्टाचारमा फसेको भन्दै राजसंस्था पुनःस्थापनाको आवश्यकता औंल्याएका छन्।बुधवार राजधानीमा पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार भयावह रूपमा बढेको आरोप लगाए। उनले भने, "मुलुक अहिले अभिभावकविहीन अवस्थामा छ, जसका कारण विदेशी हस्तक्षेप र चलखेल तीव्र बनेका छन्।"थापाले धर्मनिरपेक्षताको नाममा व्यापक धर्म परिवर्तन भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। “राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न राजसंस्था आजको आवश्यकता हो,” उनले जोड दिए।उनले देश

    • प्रकाशित मितिः असार १९, २०८२
    • 319 पटक पढिएको
  • रामकुमारी झाँक्रीसँग पार्टीले माग्यो स्पष्टीकरण, कारण यस्तो

    काठमाडौं— नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण दिन पार्टीले अल्टिमेटम दिएको छ ।नेतृ झाँक्रीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला अध्यक्षलक्षित अभिव्यक्ति दिएकी थिइन् ।उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ। पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले

    • प्रकाशित मितिः असार १८, २०८२
    • 583 पटक पढिएको
  • राष्ट्रपति पौडेलसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट

    काठमाडौं— सात वटै प्रदेशका प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेका हुन्। हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ रहेका थिए। भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए। 

    • प्रकाशित मितिः असार १८, २०८२
    • 559 पटक पढिएको
  • मध्य रातमा प्रदेश सांसद ललिता दासमाथि आक्रमणको प्रयास

    लहान— जनता समाजवादी पार्टी नेपालकी मधेश प्रदेश सांसद ललिता दासमाथि मध्य रातमा आक्रमण प्रयास भएको छ। घटनास्थल सिरहाको लहान नगरपालिका–१ मा पर्ने पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा उनी माथि आक्रमण भएको हो।मंगलबार राति करिब १२स्३० बजेको समयमा प्रदेश राजधानी जनकपुरधामबाट फर्किएकी सांसद दास लहानस्थित बस स्ट्यान्डमा ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले उनीमाथि सांघातिक आक्रमण गर्ने प्रयास गरेका थिए। ती युवाहरूले सांसद दासलाई लखेटेपछि भागेर ज्यान जोगाएकी थिइन्।“भाग्दै घर पुगेर ज्यान जोगाएँ,” सांसद दासले भनिन्, “प्रदेशसभामा दलित, महिला तथा अन्यायमा परेका नागरिकको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छु। त्य

    • प्रकाशित मितिः असार १८, २०८२
    • 559 पटक पढिएको
  • सांसदले गल्ती गर्ने अनि कर्मचारीहरुलाई दोष देखाउने प्रबृत्ति गलत छ : सुमना श्रेष्ठ

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले समितिका सांसदहरुले प्रतिवेदनहरु नपढि बैठकमा बोल्ने गरेको र गल्ती हुँदा कर्मचारीहरुको दोष देखाउने गरेको बताएकी छन् । मंगलबार सभामुखसँगको छलफलपछि कुलिङ पिरियडबारे भएको छेडखानीबारे बोल्दै उनले सांसदहरुले बैठकमा प्रतिवेदनहरु नपढिकन बोल्दा गल्ती भएको बताएकी हुन् । उनले भनिन्, ‘मुल विधेयकमा बाहेक भन्ने शब्द हटाइन् । त्यतिबेलासम्म त्यो कायम रहन्छ रहिरहयो । कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरु उम्किन खोज्ने मात्र हो । मिडियामा आएको विषयमा, नपढिकन र बाहिर आएका कुरा मात्र बोल्ने वा कुनै एक नेताले भनेको कुराको आधारमा बोल्न

    • प्रकाशित मितिः असार १७, २०८२
    • 265 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा