राजनीति

    Showing 2,301-2,310 of 10,434 items.
  • झापा ५ः बालेन ओलीभन्दा दोब्बर मतभन्दा बढीले अगाडि

    काठमाडौं— झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ५ हजार २५४ मत प्राप्त गरेका छन् ।बालेन केपी ओलीभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् । एमालेका अध्यक्ष ओलीले १ हजार २४८ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 540 पटक पढिएको
  • गुल्मी–१ः रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी १ मा अग्रता लिएका छन् ।ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारी भने १०५ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 470 पटक पढिएको
  • काठमाडौं ३ मा राजुनाथ पाण्डेको अग्रता कायमै

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन् ।पाण्डेको प्रतिस्पर्धीका रुपमा उज्यालो नेपाल पार्टीको अध्यक्ष कुलमान घिसिङ रहेका छन् । पाण्डे ३६ सय ३६ मतको अग्रताले लिएका हुन् ।रास्वपाका गोकर्णेश्वर नगरपालिकाका सभापति भागवत सापकोटाका अनुसार गोकर्णेश्वर नगरपालिकाको १ देखि ७ नम्बर वडा सम्मको मत गणना समापन भइसकेको छ ।‘८ नं वडाको मत गणना सुरु भएको छ । रास्वपाका पाण्डेको हाल ९ हजार २३ र कुलमान ५ हजार ३८७ मत प्राप्त भएको छ । कांग्रेस तेस्रो स्थानमा एमाले चौथो स्थानमा यी दुई पार्टीको मत २ हजार माथि मत प्राप्त गरेका छन्,’ उनले भने ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 500 पटक पढिएको
  • काठमाडौं–९ मा डीपी अर्यालको उत्साहजनक अग्रता कायमै

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डीपी अर्यालले अग्रतालाई थप मजबुत बनाएका छन् । ८,५९२ मत गणना भइसक्दा अर्यालले ५,५५९ मत प्राप्त गरी आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि छाडेका छन् ।नेपाली कांग्रेसकी नानुमैया बस्नेत १,१२६ मतका साथ दोस्रो र नेकपा एमालेका अजयक्रान्ती शाक्य ९७० मतका साथ तेस्रो स्थानमा छिन् । यसअघिका निर्वाचनमा एमाले र कांग्रेसको वर्चस्व रहेको यस क्षेत्रमा अहिले ‘घण्टी’ अर्थात् रास्वपा धेरै स्थानमा अगाडि रहेको छ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 430 पटक पढिएको
  • काठमाडौं ९ मा रास्वपाका अर्याल भारी मतले अगाडि

    काठमाडौं— काठमाडौं क्षेत्र नम्बर ९ मा मत गणना जारी छ । पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्यालले ५५५९ मत प्राप्त गरेका छन् ।हालसम्म ८५९२ मत गणना हुँदा अर्यालले ५५५९ मत प्राप्त गरेका हुन् ।अर्यालका प्रतिस्पर्धी कांग्रेसकी नानुमैया बास्तोलाले ११२६ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका अजयक्रान्ति शाक्यले ९७० मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 542 पटक पढिएको
  • धादिङ १ः आशिका तामाङ अग्रता, एमाले दोस्रो

    काठमाडौं— धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन् ।अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन् ।एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन् । नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 471 पटक पढिएको
  • रन्जु दर्शना छोराको न्वारन सकेर समर्थकलाई भेट्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ ।उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा रहेक

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 535 पटक पढिएको
  • झापा अपडेटः क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता

    झापा— झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 506 पटक पढिएको
  • रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि

    काठमाडौं— प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।रास्वपा काठमाडौं  १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 527 पटक पढिएको
  • बालेन प्रवेशसँगै रास्वपामा छाएको लहर

    काठमाडौं । जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।यो चुनावले सर्वाधिक धक्का दिएको छ, एमालेलाई । अहिलेसम्म एमाले ३ सिटमा अग्रताको स्थानमा छ । अन्तिम परिणाम आउँदासम्म, अनि समानुपातिक तर्फको मत गन्दासम्म एमालेले केही सन्तोषजनक स्थान बनाउन सक्छ । तर

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.