राजनीति

    Showing 2,321-2,330 of 7,672 items.
  • भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही

    काठमाडौं  -  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् । उनले संसदमै आवाज उठाउँदै यो विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।शाहीले भिजिट भिसा प्रकरण कुनै राजनीतिक दाउपेचको विषय नभएको स्पष्ट पारे ।उनले भने, ‘लामो समयदेखि संसदमा भिजिट भिसा प्रकरणमा छानविन गरौं भनिरहेका छौं । यो कुनै राजनीतिक दाउपेचको कुरा होइन् । म सरकारमा रहेका दलहरुलाई पनि मेरो अनुरोध छ त्यहाँ भिजिट भिसामा विक्रीमा परेका मान्छेहरु  रास्वपा, राप्रपा र अन्य दलका मात्रै होइनन् । त्यहाँ क

    • प्रकाशित मितिः असार १५, २०८२
    • 250 पटक पढिएको
  • प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

    काठमाडौं  -  गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल प्रहरीको जवान, हवल्दारलाई आधारभुत तह भनि कानूनमा उल्लेख गर्नुपर्ने बताएका छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरी संगठनमा तल्लो तहको कर्मचारी भन्ने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै यसलाई आधारभुत तह भनिनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी खास गरेर कार्यालय सहयोगी, प्रहरी जवान, हवल्दारलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नया शब्द प्रारम्भ गरेको छु । प्रहरीको ती कर्मचारीहरुलाई आधारभुत तह भनिनुपर्छ भनेर भनेको छु किनभने प्रहरीको प

    • प्रकाशित मितिः असार १५, २०८२
    • 218 पटक पढिएको
  • म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल

    काठमाडौं -   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरुले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौं । यहाँ काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो ।’उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग

    • प्रकाशित मितिः असार १५, २०८२
    • 298 पटक पढिएको
  • कांग्रेस महाधिवेशन निर्धारित समयमा हुनुपर्छ : शेखर कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताए । जसले गर्दा महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको उनको भनाइ छ ।अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको बताउँदै उनले महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको गरे ।फरक प्रसङ्गमा कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरू छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, ‘विपक्षील

    • प्रकाशित मितिः असार १५, २०८२
    • 231 पटक पढिएको
  • माधव नेपालबारे रामकुमारी झाँक्री– काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन

    काठमाडौं -  नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले 'अर्ली महाधिवेशन' गरेर अध्यक्ष फेर्नुपर्ने प्रस्ताव राखेकी छन् । शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा झाँक्रीले माधव नेपालप्रति गम्भीर प्रश्न उठाउँदै संकटबाट भाग्न नहुने बताएकी हुन् ।“पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ?,” उनले भनिन्, “पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन ।”उनले काँधमा 'मरेको सिनो' राखेर जान नसकिने टिप्पणीसमेत गरिन् । “अब अर्ली महाधिवेशन गरौँ । कानुनी संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,” झाँक्रीले भन

    • प्रकाशित मितिः असार १५, २०८२
    • 149 पटक पढिएको
  • प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

    काठमाडौं  -  प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी थिए । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 292 पटक पढिएको
  • इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु

    काठमाडौं -  इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 176 पटक पढिएको
  • शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

    काठमाडौं -  असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताए  ।कृषिलगायत सबैखाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा

    • प्रकाशित मितिः असार १५, २०८२
    • 162 पटक पढिएको
  • देउवाको भनाइ: कांग्रेस एकढिक्का भए बहुमत सम्भव

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत प्राप्त हुन सक्ने दाबी गरेका छन्।चितवनको नारायणगढमा शुक्रबार आयोजित लोकतान्त्रिक आन्दोलनकी अग्रणी योद्धा गौरीदेवी प्रधानको श्रद्धाञ्जलि सभामा बोल्दै देउवाले हालको निर्वाचन प्रणालीले कुनै एकल पार्टीलाई स्पष्ट बहुमत दिलाउन कठिन बनाएको उल्लेख गरे। तर, कांग्रेस एकढिक्का भएर अघि बढे बहुमत सम्भव हुने उनको भनाइ थियो।उनले कुनै पनि पार्टीलाई एकल बहुमत नआएकै कारण गठबन्धनको अपरिहार्यता रहेको बताए। साथै, देउवाले वर्तमान संविधान समावेशी र समानुपातिक प्रणालीमा आधारित भएकाले यसलाई अझ सशक्त बनाउनु आवश्य

    • प्रकाशित मितिः असार १३, २०८२
    • 371 पटक पढिएको
  • परराष्ट्रमन्त्री आरजु राणा देउवा इटाली प्रस्थान

    काठमाडौं -  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ सत्रमा सहभागी हुन इटालीको रोम प्रस्थान गरेकी छन्। सम्मेलन आगामी जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुँदैछ।मन्त्री राणा एफएओ सम्मेलनका प्रमुख सत्रहरू र अन्य उच्चस्तरीय कार्यक्रमहरूमा नेपाल सरकारको तर्फबाट सम्बोधन गर्नेछिन्। उनका प्रेस सल्लाहकार एकराज पाठकका अनुसार, सम्मेलनमा उनले खाद्य सुरक्षासम्बन्धी नेपालका धारणासहित विभिन्न अन्तर्राष्ट्रिय पहलहरूमा नेपालको सहभागिताबारे प्रकाश पार्नेछिन्।मन्त्री राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, स

    • प्रकाशित मितिः असार १३, २०८२
    • 197 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा