काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत प्राप्त गरेकी छन् ।तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।
काठमाडौं— रुपन्देही–२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् ।रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।
रुकुमपूर्व— हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो ।यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उम्मेदवार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।
रौतहट— रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्
काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ। हालसम्म १३ स्थानमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको निर्वाचन आयोगको आधिकारिक जानकारीले जनाएको छ । जसमध्ये १० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। २ स्थानमा नेकपा एमाले र एक स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।काठमाडौं १ मा रास्वपाकी रञजु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्। भक्तपुर १ मा रुकेश रन्जित, बाँके १
तनहुँ— तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवाती अग्रता बनाएका छन्। दुई हजार ७६७ मत गणना भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले एक हजार ३५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत पाएकी हुन्। एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो। १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। तनहुँ–२ मा केहीबेरमा सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी भइरहेको छ।
दार्चुला— दार्चुलाको एक मतदान केन्द्रमा मतदाता उपस्थित नभएपछि निर्वाचन कर्मचारी रित्तो मतपेटिका बोकेर फर्किन बाध्य भएका छन्। स्थानीय तहको उपनिर्वाचनअन्तर्गत उक्त मतदान केन्द्रमा मतदानका लागि सबै तयारी पूरा गरिए पनि दिनभरि एक जना पनि मतदाता मतदान गर्न नआएपछि कर्मचारीहरूले मतपेटिका रित्तै फिर्ता ल्याएका हुन्।निर्वाचनका लागि खटिएका कर्मचारी बिहानैदेखि मतदान केन्द्रमा उपस्थित भई मतदान प्रक्रिया सञ्चालन गर्न तयार अवस्थामा बसेका थिए। तर दिनभरि मतदाता नआएपछि साँझ मतदान समय सकिएसँगै मतपेटिका सिल गरी कार्यालयमा फिर्ता गरिएको बताइएको छ।
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृहमन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।मन्त्री अर्यालले प्रतनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् ।उनले मतदातासँग दोहोरो कुराकानी समेत गरेका छन् । हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रशंसा गर्दै बधाई दिएका थिए । केही मतदाताले अँगालो मारेर खुशी आदन–प्रदान गरे । मन्त्री अर्यालले पन
झापा— प्रतिनिधिसभाको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिए। उनले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिए।जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.