राजनीति

    Showing 2,331-2,340 of 7,672 items.
  • पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 291 पटक पढिएको
  • अदालतको अवहेलना मुद्दामा ‘दृष्टि अनलाइन’का सञ्चालक र सम्पादकमाथि धरौटी माग

    काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा

    • प्रकाशित मितिः असार १३, २०८२
    • 336 पटक पढिएको
  • कांग्रेस–एमाले गठबन्धन असंवैधानिक र अलोकतान्त्रिक : प्रभु साह

    काठमाडौं -  आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको वर्तमान सत्ता गठबन्धनलाई ‘अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक’ भन्दै तत्काल कोर्स करेक्सन गर्नुपर्ने बताएका छन्।बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार जनताका लागि ‘बोझ’ भएको टिप्पणी गरे। उनले भने, "केपी ओलीजस्तो नाटककारलाई कांग्रेसले बोकिरहँदा देशले दुःख पायो। शेरबहादुर देउवाले तुरुन्त कोर्स करेक्सन गर्नुपर्छ। स्वाभाविक गठबन्धनमै देशको हित हुन्छ।"ओलीमाथि थप आरोप लगाउँदै साहले भने, "उनी अझै पनि विर

    • प्रकाशित मितिः असार १३, २०८२
    • 232 पटक पढिएको
  • गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् । यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले त्यसमा कुनै प्रगति नभएको बताएका छन् । यसैबीच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।गाजाको पुनर्वास योजनाको हिस्साको रूपमा, इ

    • प्रकाशित मितिः असार १३, २०८२
    • 104 पटक पढिएको
  • मन्त्री पौडेलले गराए नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको बताए ।नागरिक परिचय पत्रमा जनसंख्यासम्बन्धी जानकारी आबद्ध गराउन थालिएको र स्वास्थ्यलाई समेत जोडेर एकीकृत तथ्यांक लिन नेपालले काम गरिरहेको उनले बताए ।मन्त्री पौडेलले भने, ‘एकीकृत तथ्यांक अभावमा नीति

    • प्रकाशित मितिः असार १३, २०८२
    • 171 पटक पढिएको
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ ।शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 178 पटक पढिएको
  • हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ ।’

    • प्रकाशित मितिः असार १३, २०८२
    • 201 पटक पढिएको
  • श्रम क्षेत्रलाई ब्यवस्थित गर्न डिजिटलाजेसन गर्दैछौं: श्रम मन्त्री

    काठमाडौं, १२ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले श्रम क्षेत्रलाई व्यवस्थित गर्न सम्पूर्ण सेवाहरु डिजिटलाइजेसन हुनुपर्ने बताएका छन । बिहिबार ललितपुरमा कोरिया इन्टरनेशनल कर्पाेरेसन एजेन्सी (कोइका) ले आयोजना गरेको हामी एप सार्वजनिक एवम आप्रवासन सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सेवाहरु डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिएका हुन । उनले नेपाली श्रमिकले बगाएको पसिनाका कारण गन्तव्य मुलुकको विकास भएको भन्दै सम्मानित श्रम र सुरक्षित आप्रवासनलाई जोड दिदैं  नेपाली श्रमिकको सम्मान हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः असार १३, २०८२
    • 157 पटक पढिएको
  • रास्वपाले संसदीय दलको बैठक बोलायो

    काठमाडौं— प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले

    • प्रकाशित मितिः असार १३, २०८२
    • 381 पटक पढिएको
  • विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

    काठमाडौँ, १२ असारः श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ ।परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट आज शुभारम्भ गर्नुभएको हो । उक्त एपमा विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति सङ्ख्यामा नेपाली रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवम् श्रम मन्त्रालयलाई गर्न सहज ह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 261 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा