राजनीति

    Showing 2,331-2,340 of 10,434 items.
  • देशभर शान्तिपूर्ण मतदान, केही स्थानमा सामान्य विवाद

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतदान समग्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समेत भएको थियो । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष० तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन् ।प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 463 पटक पढिएको
  • अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ

    रौतहट—  रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 485 पटक पढिएको
  • दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जाको प्रयास भएपछि अर्को मितिमा मतदान हुने

    रामेछाप— दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ ।बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्।कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए । नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 426 पटक पढिएको
  • दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो

    काठमाडौं— निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ ।आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ । मतदान बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ ।प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्यांकमा उल्लेख छ ।उपत्यकाभित्रका तीन जिल्लाम

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 440 पटक पढिएको
  • बाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम

    बाजुरा— बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । जिल्लामा ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो ।विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।विहान ७ बजेदेखि दिउँसो १ बजे करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए।जिल्ला निर्वाचन अधिकारी भीमबहादु

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 519 पटक पढिएको
  • मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो

    मुगु— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा मुगुमा ४३.५८ प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।जसमा ८हजार ९७ महिला र ७हजार ६ सय ८ पुरुषले मताधिकार प्रयोग गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 460 पटक पढिएको
  • वडाध्यक्षमाथि एमाले कार्यकर्ताद्वारा कुटपिट

    कैलाली— कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु)माथि आक्रमण भएको छ।वडा नम्बर–१० स्थित शंकर प्राबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा वडाध्यक्ष शाहीमाथी आक्रमण भएको हो।उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।२०७९ को निर्वाचनमा शाहीसँग एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको बताइएको छ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 493 पटक पढिएको
  • बर्दिवासमा लफडापछि मतदान स्थगित, सुचारु गर्ने प्रयास जारी

    बर्दिवास— महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ बर्दिवास नगरपालिका ७ स्थित राष्ट्रिय मा.वि. प्रेमनगरमा रहेको मतदान केन्द्रमा दोहोरो विवादपछि मतदान स्थगित भएको छ ।उक्त केन्द्रमा पुनः मतदान सुचारुको प्रयास भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । केहि कुरामा असहमति भएकोमा निर्वाचन टोलीले असहमति सुल्झाउने प्रयास गरिरहेको पनि उनको भनाइ छ । सोहि मतदान केन्द्रमा वडाअध्यक्ष भोरिल यादव सामान्य घाईते भएको स्थानियहरुले जनाएका छन् । महोत्तरीमा हालसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भैसकेको जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 527 पटक पढिएको
  • गृहमन्त्रीसहित उच्च अधिकारीको टोलीबाट निर्वाचनको मनिटरिङ

    काठमाडौं—  गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्च अधिकारीहरुको टोलीले निर्वाचनको सुरक्षा सन्दर्भमा मनिटरिङ गरेका छन् ।मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्ट्रोल रुममा बसेर सबै निर्वाचन क्षेत्रहरूको मनिटरिङ समन्वय र सहकार्य गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 441 पटक पढिएको
  • ओमप्रकाश अर्यालले गरे मतदान, देशभर शान्तिपूर्ण मतदान भइरहेको दाबी

    काठमाडौं—  गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । ललितपुर महानगरपालिका–स्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । उनले अहिलेसम्म अधिकांश स्थानमा सामान्य तरिकाले मतदान भइरहेको र सरकार निर्वाचन गराउन सफल भएकोमा उत्साहित रहेको बताए ।

    • प्रकाशित मितिः फागुन २१, २०८२
    • 470 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.