राजनीति

    Showing 2,981-2,990 of 7,682 items.
  • राष्ट्रिय सभाबाट चार विधेयक पारित

    काठमाडौं । राष्ट्रिय सभाबाट एकै दिन चार वटा विधेयक पारित भएको छ ।आइतबार बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पति भएको विधेयक हो । अब यो विधेयक प्रतिनिधि सभामा जान्छ । यसबाहेक थप तीन वटा विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएको छ ।भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पुनः पारित भएका हुन् । यी तीन वटै विधेयक राष्ट्रिय सभामा उत्पति भएका विधेयक हुन् ।राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले पनि पारित गरेर फिर्ता

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 234 पटक पढिएको
  • प्रचण्ड भन्छन् मधेसी जनताको मुक्तिका लागि माओवादीले ठूलो बलिदान गर्यो

    काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको मुक्तिका लागि ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताएका छन् ।धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा अध्यक्ष प्रचण्डले अब सो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताएका हुन् ।उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको बताए । साथै मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 296 पटक पढिएको
  • पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् ।मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद र देखा परेका समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको उल्लेख गरे । उनले भने, ‘सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहन्छ, त्यसका लागि सम्बन्धित पक्षसँग वा

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 221 पटक पढिएको
  • प्रधानमन्त्री भन्छन्— अनुशासित र राष्ट्रप्रेमी युवा चाहियो

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्। आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गरे। उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताए।राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा त

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 372 पटक पढिएको
  • नेकपा माओवादी केन्द्रको इनरुवा नेतृत्वमा पौडेल

    धरान— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इनरुवा नगरपालिकाको अध्यक्षमा गोबिन्द पौडेल निर्वाचित भएका छन्।सुनसरीको जल्पापुरमा शनिबार भएको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ४७ सदस्य कार्यसमिति निर्वाचित गरेको माओवादी इनरुवा नगरका इन्चार्ज ओके दाहालले जानकारी दिए। कमिटीको उपाध्यक्षहरूमा शंकर सापकोटा, मोक्तार अन्सारी, राजकुमार उराँव, सचिवमा गुनराज सुवेदी, सहसचिव गंगा खत्वे, कोषाध्यक्ष लिला दाहाल निर्वाचित भएको माओवादी पार्टीका सुनसरी इन्चार्ज अनिता परियारले जानकारी दिए। बिहीबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अधिवेशनको उद्घाटन गरेका थिए

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 325 पटक पढिएको
  • मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छः प्रचण्ड

    सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको यसको समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 290 पटक पढिएको
  • शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरेः सुमना श्रेष्ठ

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् ।शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन् । ‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो । उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन,’सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिजृना नभएको उल्लेख गरेकी छिन् । व्यवहारिक शिक्षाको आवश्यक्ता औँल्याएकी श्रे

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 355 पटक पढिएको
  • ‘राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छ’

    लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  तथा पूर्वउपप्रधानमन्त्री डा भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् ।लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले देश राजनीतिक र आर्थिक रुपमा सङ्कटोन्मुख अवस्था रहेकाले यसको समाधानका लागि सबै एकजुट हुनुपर्ने बताए । ‘कुनै दल वा व्यक्तिगत स्वार्थमा नलागी देश, जनताको पक्षमा सबै एकजुट हुनुपर्ने बेला आएको छ’, उनले भने, ‘राजनीति  दलहरुले देश र जनताको लागि काम गर्न नसक्दा सङ्कट पैदा भएको छ, यस्ता सङ्कटबाट पार पाउनका लागि सबैको हातेमालो जरुरी छ ।’देशलाई सही दिशामा लैजानका लागि दुई ठ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 327 पटक पढिएको
  • ‘चुनाव जित्ने अनि थन्किएर बस्नका लागि संगठनमा नआएको राम्रो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले चुनाव जित्न, नेता उत्पादन गर्न र त्यसपछि थन्किएर बस्न संगठन आवश्यक नभएको बताएका छन् । शुक्रवार पार्टी कार्यालयमा शपथ ग्रहण समारोहमा बोल्दै उनले जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्न पार्टीका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्न संगठन आवश्यक रहने बताएका हुन् । उनले भने, ‘हामीले हाम्रो जनप्रतिनिधिहरुलाई क्षमता अनुसार काम गर्नको लागि खुल्ला छाड्ने छौं । साथै संगठनका तर्फबाट सहयोगी भुमिका निर्वाह गर्नको लागि संगठन आवश्यक छ । संगठन मात्र चुनाव जित्ने, नेता उत्पादन गर्ने र त्यसपछि थन्किएर बस्नका ल

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 320 पटक पढिएको
  • ‘सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै !’

    सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।  मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने ब

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 225 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा