राजनीति

    Showing 2,991-3,000 of 7,682 items.
  • आजदेखि नेमकिपाको आठौँ महाधिवेशन

    भक्तपुर । आजदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठाँै महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताए । उनले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उनले जानकारी दिए ।आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठ

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 307 पटक पढिएको
  • पाथीभरा आन्दोलनमा भएको दमनविरुद्ध उत्रिन राजेन्द्र महतोको आब्हान

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । सम्मेलनमा अध्यक्ष महतोले मुकुम्लुङ ९पाथीभरा० संघर्षमा  राज्यद्धारा दमन, अन्याय विरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन् । उनले सरकारबाट स्थानीय राई, लिम्बु समूदायहरुमाथि जातीय संहार गरेर मानव अपराध गरेको बताए । उनले भने,‘मुकुम्लुङ ९पाथीभरा० संघर्षको आन्दोनलमा मुकुम्लुङ बचाउ पद यात्रा पश्चात फागुन ८, ९ र १० गते  राज्यद्वारा गरिएको निर्मम दमनले लिम्बुहरुमाथिको जा

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • 321 पटक पढिएको
  • पाथीभरा केवलकार विवादमा वार्ता आव्हान

    काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आज पुनः आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आग्रह गरिएको जानकारी दिए ।उनले सोमबार राति सूचना जारी गरेका थिए । सूचनामा भनिएको छ, ‘निर्माण कार्य स्थगित गर्ने र पाथीभरा क्षेत्रमा केबुलकार निर्माणका क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधानका लागि आन्दोलनरत पक्षलाई गम्भीर भई वार्ता एवं संवादमा आउनका लागि यो वार्ता

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 322 पटक पढिएको
  • जनताको त्याग र योगदानलाई माओवादी केन्द्रले सम्हाल्न सकेनः प्रचण्ड

    मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र युवादेखि ज्येष्ठ नागरिकसम्मको पार्टी भएको बताएका छन् ।मोरङको कानेपोखरीमा आयोजित सभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले माओवादीमा जनमतलाई प्रभाव पार्ने गरी प्रवेशको लहर चलेको दाबी गरे । उनले माओवादी पार्टीलाई बलियो बनाउने काममा लाग्न पनि सबैमा आग्रह गरे । ‘माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै देशमा विकास र समृद्धि प्राप्त हुन्छ’, प्रचण्डले भने । उपनिर्वाचनमा कोशी प्रदेशमा माओवादी एक नम्बर पार्टी भएको उनले बताए । ‘पूर्वबाट रातो सूर्य उदाएको छ, हामीले यसको लागि प्रयत्न गरिरहेका छौँ, त्यसैको परिणामस्वरूप मधेस केन्द्रित ज

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 187 पटक पढिएको
  • सांसद पौडेलको प्रश्नः कुलमानले के गल्ती गरे ?

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे, भन्दै प्रश्न गरे । उनले भने,‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्न

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 258 पटक पढिएको
  • नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

    काठमाडौं । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ । सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच फागुन ९–१० गतेको बैठकबाट पारित समसामयिक प्रस्तावहरू सार्वजनिक गरिएको हो । बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, बिनियमहरु, विभिन्न निर्देशिकाहरु, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना रसङ्गठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको थियो ।१७६ जनाले छलफलमा भाग लिएका थिए भने वाँकीले लिखित सुझावहरु पेश गरेका थिए । उक्त बैठकले निम्न निर्णयहरु गरेको छः१. वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र हाम

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 210 पटक पढिएको
  • झापाको कचनकवलबाट जनतासँग माओवादी तराई–मधेश जागरण अभियान सुरु हुँदै

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् ।अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् ।कहाँ–कहाँ कहिले–कहिले छ अभियान ?कोशी प्रदेशझापा– फागुन –१२ गते, मोरङ– फागुन १३ गते, सुनसरी – फागुन १५ गते,मधेश प्रदेशसप्तरी – फागुन १६ गते, सिरहा – फागुन १७ गते, धनुषा – फागुन १८ गते, महोत्तरी – फागुन १९ गते, सर्लाही– फागुन २१ गते, रौतहट– फागुन २२ गते, बारा– फागुन २३ गते, पर्सा– फा

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 353 पटक पढिएको
  • पाथीभरा केबलकार निर्माणमा राजनीति छिर्योः योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा ९मुकुम्लुङ० क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकको बोल्दै उनले धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गर्दा र राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँदा त्यसले विवादको ठूला रुप लिएको बताएका हुन् ।उनले भने, ‘ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरु आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांगातिक हमला गर्ने काम भयो । उनीहरु घाइते छन् । उनीहरुको संयमताले अन्य गतिविधि र थप नोक्सानी

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 146 पटक पढिएको
  • प्रधानमन्त्री ओली फेरी पनि संसद विघटन गर्ने प्रयासमा छन्ः प्रवक्ता सापकोटा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी पनि संसद विघटन गर्ने जमर्को गरिरहेको आरोप लगाएका छन् । आइतबार प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनलाई सम्बोधन गर्दै पहिला आफू सभामुख भएको बेला पनि ओलीले झम्टीझम्टी दुई पटक संसद विघटन गरेको भन्दै फेरी पनि त्यही बाटोमा उद्धत भएको बताएका हुन् ।  उनले भने, ‘अझै पनि ठूला ठूला घट्ना घटाउन सक्छन् । म आफैँ सभामुख भएको बेला दुई पटक सदन विघटन गर्न खोजिएको थियो र आज पनि त्यतैतिर उद्दत छ सरकार र अहिलेका प्रधानमन्त्री । फेरि पनि विघटन गरेर चुनावमा गएँभने बहुमत ल्य

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 160 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्रले ०८४ को चुनाव लड्ने हिम्मत गरुन्ः न्यौपाने

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा नै आउने चाहना भए ०८४ को निर्वाचनमा भाग लिन चुनौती दिएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उनले कसैको कृपाले सत्तामा फर्किने नसोच्न पनि आग्रह गरेकी हुन् ।उनले भनिन् ,‘नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपाले आएको  होइन, नेपाली जनताको शक्तिले हासिल गरेको हो । गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन, त्यति कुरा भन्न पाउने अधिकार यही लोकतन्त्रको देन हो । सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 221 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा