राजनीति

    Showing 3,001-3,010 of 7,682 items.
  • अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।यही फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको बैठकले उक्त प्रतिवेदनमा केन्द्रीय सदस्यको सुझाव समावेश गरी परिमार्जनसहित पारित गरेको हो । पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू अनुमोदन गर्दै बैठक सम्पन्न गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 292 पटक पढिएको
  • मुलुकभर आज प्रजातन्त्र दिवस मनाइँदै

    काठमाडौँ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा  जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 253 पटक पढिएको
  • प्राप्त उपलब्धिलाई अक्षुण राख्नु आजको आवश्यकताः उपराष्ट्रपति यादव

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको संविधानमा व्यवस्था भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानता, समावेशिता, धर्मनिरपेक्षता, कानुनी राज्य, सार्वभौमसत्तालाई अक्षुण्ण राख्नु आजको आवश्यकता भएको बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरिबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ्नु हाम्रा लागि निर्विकल्प भएको बताएका छन् ।‘लोकतन्त्र, शासनको रूपमा मात्र सीमित हुनुहुँदैन । मुलुकमा सामाजिक आदर्श, चरित्र, परम्परा, संस्कृति, सद्भाव र मूल्यलाई अजम्बरी बनाउनतर्फ पनि लोकतन्त्रलाई केन्द्रित गर्नुपर्द

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 251 पटक पढिएको
  • जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोतः राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज शुभकामना दिँदै उनले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको बताएका छन् ।‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ’, राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी ने

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • 241 पटक पढिएको
  • अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको हो । सो प्रतिवेदन यही फागुन ८ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।बैठकले अध्यादेश देश र जनताको हितमा नभएकाले संसद्मा निर्णयार्थ प्रस्तु

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 237 पटक पढिएको
  • जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बाः बस्नेत

    काठमाडौं । नेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले जनयुद्ध नेपाली क्रान्तिको प्रमुख खम्बा भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आयामहरु भएको भन्दै जनयुद्ध नै यसका जग हो भन्दा समस्या नहुने बताए । उनले भने, ‘नेपाली जनक्रान्ति जनयुद्धमा मात्र सिमित छैन । हामीले यो कुरा पनि बुझ्नु पर्छ, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनक्रान्तिको परिणामको रुपमा हासिल गरेका छौ । नेपाली जनक्रान्तिको एउटा क्षेत्र जनयुद्धमा मात्र सिमित छैन् । जनयुद्धको जगमा खडा भएको जनआन्दोलन र शान्ति सम्झौता जनक्रान्तिको आया

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 226 पटक पढिएको
  • भारतमा रहेका विद्यार्थीको सुरक्षा प्रत्याभूतका कूटनीतिक पहलको माग

    काठमाडौँ । भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले भारतको उडिसा राज्यको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) वुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरेका हुन् ।सांसदहरु छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले प्रकृति लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआइआइटी विश्वविद्यालयमा अध्ययन

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 235 पटक पढिएको
  • स्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ ।विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’  अनुसार आचारसंहिता तोकिएको बताए ।उनका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 303 पटक पढिएको
  • दुई सदनबीच द्वन्द्व निम्त्याउने काम भयोः सांसद पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण निर्माण गर्न नहुने बताएका हुन् । उनले भने, ‘प्रतिनिधिसभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैंमा दुःखद् हो । यसबाट पाठ सिकौं, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने काम नगरौं, संविधानले दुई संसदीय प्रणाली अंङ्गिकार गरेको छ ।  दुई सदन छन् । यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भ

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 252 पटक पढिएको
  • पूर्वाधार सडक र स्थानीय तहमा अस्पताल निर्माण सरकारको प्राथमिकतामाः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् ।प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरुवात गरेको स्मरण गराउँदै आफूपछिका सरकारहरूले ती कार्यक्रमहरू रद्द गरेपछि निर्माण रोकिएको बताए ।‘सबै सडक र अस्पतालहरूको निर्माण सम्पन्न गर्न ठूलो बजेटको आवश्यकता पर्छ । ती अस्पतालहरू केही सङ्ख्यामा निर्माण सम

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा