राजनीति

    Showing 3,311-3,320 of 7,698 items.
  • माओवादीको कोशी प्रदेश परामर्श बैठक उदयपुरमा

    उदयपुर- नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशस्तरीय परामर्श बैठक उदयपुरको बेलका नगरपालिकामा सुरु भएको छ ।  आज र भोली दुई दिन चल्ने बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ ।पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न भइसकेको छ । कोशी प्रदेशको बैठक सकिएलगत्तै मधेश प्रदेश, केन्द्रीय सल्ल

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 357 पटक पढिएको
  • प्रचण्डप्रति बास्कोटाको कटाक्ष : स्विजरल्याण्ड बनाउँछु भन्थे‚ बंगलादेश पुगे

    काठमाडौं–नेकपा एमालेका पूर्वमन्त्री एवं नेता गोकुल बास्कोटा  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा प्रहार गरेका छन् । उनले प्रचण्डले बंगलादेश बनाउने धम्की दिएको भन्दै उनको विगतका भाषण र कार्यशैलीसँग तुलना गर्दै कटाक्ष गरेका हुन् ।बास्कोटाले प्रचण्डले पहिला नेपाललाई स्वीट्जरल्याण्ड बनाउने ठूलो सपना देखाउने गरेको स्मरण गराए । तर अहिले आएर उनी बंगलादेश बनाउने भन्दै देशबासीलाई डरत्रास फैलाउने काममा लागेको उनको आरोप छ ।बास्कोटाका अनुसार‚ प्रचण्डले आफ्नो राजनीतिक जीवनमा तास खेल्ने‚ जुवा खेल्ने र महिला हिंसा गर्नेलाई कारबाही गर्ने भन्दै ठूला नारा लगाउने गरेका थिए। तर अह

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 467 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको अध्यक्षतामा संविधान दिवस २०८१ तीन दिन मनाइने

    काठमाडौं – नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस)‚ २०८१ को अवसरमा तीन दिनसम्म विशेष कार्यक्रम गरी भव्य रूपमा मनाउने निर्णय गरेको छ। संविधान दिवस असोज ३ गतेको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन भएका छन्।समितिले असोज २‚ ३‚ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। संविधान दिवसका दिन असोज ३ मा विशेष समारोहको आयोजना हुनेछ। असोज २ मा संविधानका विषयमा केन्द्रित विशेष संवाद‚ परिसंवाद‚ रे

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 465 पटक पढिएको
  • प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने भएका छन् ।हिजो बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निणर्य गरेको हो । आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा हुने महासभामा भाग लिनका लागि प्रधानमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् । त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 321 पटक पढिएको
  • सङ्घीय निजामती विधेयकमाथि संसदीय समितिमा छलफल सुरु, छिटो पारित गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौं- सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल प्रारम्भ भएको छ ।प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल शुरु भएको हो । छलफलमा भाग लिदै सांसदहरुले संङ्घीय निजामती सम्बन्धी विधेयक नहुँदा कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको भन्दै छिटोभन्दा छिटो पारित गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले विधेयकमा तीन तहको कर्मचारीलाई व्यवस्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 297 पटक पढिएको
  • समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव छैनः नारायणकाजी श्रेष्ठ

    काठमाडौं- नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवाद उन्मुख नभइकन राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताएका छन् । आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका पूरा भएको आफ्नै मौलिकताको पुँजीवादी जनवादी क्रान्ति रहेको भन्दै पुँजीवादी बाटोबाट राष्ट्रिय पुँजीको विकास सम्भव नरहेको बताए । उनले समाजवादको आंशिक पक्षहरुको कार्यान्वयन गर्दै त्यसलाई बिस्तारित गर्दै एउटा बिन्दुमा पुग्नुपर्ने धारणा राखे ।  उनले भने, ‘एउटा कुरा प्रस्ट भन्न चाहन्छु, हामीले पहिला जस्तो राष्ट्रिय पुँजीको वि

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 247 पटक पढिएको
  • हामी कसैको हैकम मान्नेवाला छैनौं : अग्नि सापकोटा

    काठमाडौं- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन् । आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिलेको परिस्थितिमा पुनः एक पटक वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन जरुरी रहेको बताए । सापकोटाले विगतमा एकता गरेर पनि रक्षा गर्न नसकिएको भन्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवाललाई अगाडि बढाउन आवश्यक रहेको जिकिर गरे । उनले राष्ट्रियताको सवाल धेरै पेचिलो भएको भएको उल्लेख गर्दै सबै एकतावद्ध अघि बढ्न आवश्यक रहेको बताए । नेपाल नेप

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 260 पटक पढिएको
  • जलवायु परिवर्तन मुद्दाको अगुवाई वामपन्थीले गर्नुपर्छः ज्ञवाली

    काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई  वामपन्थीहरुले गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उनले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताएका हुन् । ज्ञवालीले जलवायु संकटका एकमात्र कारक दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताए । ज्ञवालीले भने, ‘केही नयाँ इस्युहरु आएका छन् । जुन इस्युहरुको लिड वामपन्थीहरुले, समाजवादीहरुले लिनुपर्छ । जलवायु संकट, जलवायु परिवर्तनको तहबाट जलवा

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 238 पटक पढिएको
  • संविधान विपरीत अभिव्यक्ति दिने छुट कसैलाई नभएको दाहालको भनाई

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानविपरीत अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको स्पष्ट गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहिदद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा सम्बोधन गर्दै दाहालले संविधानको माओवादी जनयुद्धलाई सशस्त्र सङ्घर्षको रूपमा मान्यता दिएको बताए । उनले संविधानको व्याख्यात्मक टिप्पणीमा सबै दलहरूको हस्ताक्षर भएको भन्दै संविधानविपरीत जनयुद्धलाई हिंसा, हत्या, आतङ्कका रूपमा चित्रण गर्नेहरूलाई प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन् । उनले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रूपमा स्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 261 पटक पढिएको
  • कांग्रेस सभापतिमा कोइरालाको दाबी‚ भन्छन् : अब सोच्ने कुरै छैन

    काठमाडौं–नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले महाधिवेशनको तयारीमा रहेको र सभापतिका लागि आफ्नो उम्मेदवारी सुनिश्चित भएको स्पष्ट पारेका हुन् । कोइरालाले अहिलेसम्म कुनै निर्वाचन नहारेको दाबी गर्दै यसपटक पनि पार्टी सभापति निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले आफू सभापतिको उम्मेदवार भएको बताउँदै यसमा सोचिरहनुनपर्ने तर्क गरे । साथै, नेता कोइरालाले महाधिवेशन समयमा नै हुनुपर्नेमा जोड दिँदै सभापति शेरबहादुर देउवाको निर्णय प्रतीक्षामा रहेको बताए । नेपाली कांग्रेसको आगामी अभियान अब महाधिवेशन र निर्वाचनमा केन्द्रित हुन

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 371 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा