राजनीति

    Showing 3,451-3,460 of 10,435 items.
  • मोरङ ३ बाट कांग्रेस उम्मेदवारमा सुनिल शर्माको नाम एकल सिफारिश

    काठमाडौं— नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले आसन्न निर्वाचनका लागि मेडिकल व्यवसायी डा.सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको शनिबार बसेको बैठकले शर्माको नाम एकल उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।पार्टीको केन्द्रीय सर्कुलर अनुसार प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि बैठकमा उपस्थित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरूले समेत शर्मालाई नै प्रस्ताव गरेपछि उनी एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।क्ष

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 520 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

    काठमाडौं— अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदैछ। दुई पक्षबीच आज दिउँसो ३ बजे वार्ता हुन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।प्रसाईंले सरकारसँग राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन्। उनले ती मागहरू पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिइसकेको अवस्थामा आजको वार्तालाई राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ।यो वार्ता प्रधानमन्त्री र आन्दोलनकारी पक्षबीच देखिएको गतिरोध अन्त्य गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 529 पटक पढिएको
  • डा.तारा प्रसाद जोशी भन्छन जनताको विखण्डित मनोविज्ञानलाई एउटै विकास–एजेन्डामा जोड्न चुनौति छ

    काठमाडौं— लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय रहेका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका तारा प्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रिय सदस्य छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पूराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो धारणा स्पष्ट पारे  । उनका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन्  र  पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदैछन् ।जोशी भन्छन्,‘एमालेबाट प

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 561 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

    बाजुरा— नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए ।पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यी

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 532 पटक पढिएको
  • सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 572 पटक पढिएको
  • गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् । आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए । उनले भने,‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन् । जेननी आन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 568 पटक पढिएको
  • समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक छः बस्नेत

    धनगढी— गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन् ।धनगढीमा आयोजित ‘उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान शासकीय पद्धतिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कारण निराशा बढेको र नयाँ राजनीतिक अभ्यास आवश्यक परेको बताएका हुन् ।बस्नेतले पार्टीले सातवटा मुख्य एजेन्डा सार्वजनिक गरिसकेको उल्लेख गर्दै ती नै देशको समतामूलक समृद्धिको आधार हुने दाबी गरे ।उनका अनुसार ती एजेन्डामा सुशासन र भ्रष्टाचार शून्यको लक्ष्य, संघीयत

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 571 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए । प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 558 पटक पढिएको
  • रवि लामिछानेलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नख्खु कारागारमा

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार आइतबार नख्खु कारागार पुगेर सहकारी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।लामिछानेलाई भेट्न पुगेका सुनारसँगै हालै रास्वपामा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व एआईजी विश्व पोख्रेल पनि उपस्थित रहेको स्रोतले जनाएको छ। भेटमा पछिल्लो राजनीतिक परिस्थिति र लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी विषयमा छलफल भएको बताइन्छ।सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका कारण लामिछाने अहिले नख्खु कारागारमा रहेका छन्।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 602 पटक पढिएको
  • वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्कवृद्धि फिर्ता लिन ट्रेड युनियन कांग्रेसको माग

    काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ ।संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 308 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.