राजनीति

    Showing 3,901-3,910 of 10,435 items.
  • दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

    काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए । उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु ।

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 420 पटक पढिएको
  • केन्द्रीय समितिले पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसक्यो: मनोजमणि आचार्य

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणी गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गरी महाधिवेशन टार्ने कार्य स्वीकार्य नहुने पनि उनले चेतावनी दिए । विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै आचार्यले केन्द्रीय समितिको बैठक अस्वभाविक रूपमा लम्बाएको आरोप पनि लगाए । उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्न

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 618 पटक पढिएको
  • मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छः गुरु घिमिरे

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मंसिर मसान्तभित्र पार्टी महाधिवेशन गर्नैपर्नेमा जोड दिएका छन् ।विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरूले पार्टीको महाधिवेशन अविलम्ब हुनुपर्ने माग गर्दै आइतबार बिहान काठमाडौंमा पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्ने नेतृत्व बदल्नैपर्ने बताए ।उनले विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराएपछि इन्तु परन्तु भन्ने कुनै सुविधा नरहेको बताए । विधान बमोजिम विशेष महाधिवेशनको माग गर्ने सार्वभौम अधिकार महाधिवेशन प्रतिनिधिहरुमा निहित रहेकाले यसको अवमूल्यन गर्ने वा टार्ने, छल्ने छुट कसैलाई पनि नभएको बताए ।उनले अहिले केन

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 627 पटक पढिएको
  • नेकपा एसको पोलिटब्युरो बैठक कात्तिक ११ गते, माओवादीसँगको एकता र पार्टी भविष्यबारे छलफल हुने

    काठमाडौं— माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको चर्चा चुलिँदै गएको बेलामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पोलिटब्युरो बैठक बोलाएको छ। पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, पोलिटब्युरो बैठकपछि कात्तिक १२ देखि १४ गतेसम्म केन्द्रीय कमिटी बैठक पनि बस्नेछ। दुबै बैठक काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा आयोजना हुनेछन्।बैठकमा हालैको जेनजी विद्रोहपछिको राजनीतिक परिस्थिति, संभावित पार्टी एकता, र आगामी निर्वाचनमा पार्टीको रणनीति लगायत विषयमा गम्भीर छलफल हुने जनाइएको छ।नेकपा एस भित्र नेतृत्वको विषयमा दबाब चुलिँदै गएको छ। अध्यक्ष माधवकुमार नेपालमाथि नेतृत्व हस्तान्तर

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 511 पटक पढिएको
  • मोहन वैद्यले महासचिवबाट दिए राजीनामा

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य 'किरण'ले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि उनले पार्टी नेतृत्वको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पने निर्णय गरेका हुन्।वैद्यको राजीनापछि अब पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता सीपी गजुरेलले सम्हाल्ने भएका छन्। गजुरेलका अनुसार वैद्यले पार्टी नछाडे पनि अब सल्लाहकारको भूमिकामा रहनेछन्।'स्वास्थ्यका कारण उनले पदबाट मात्र राजीनामा दिएको हो, पार्टी छोडेको होइन,' गजुरेलले भने, 'उनी सल्लाहकारका रूपमा रहने र महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि सहभागी रहने छन।'केन्द्रीय समिति बैठकबाट गजुरेललाई

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 668 पटक पढिएको
  • असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ: प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएका छन् ।माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।‘गत भदौ २३ गते जेन–जीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गर

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 391 पटक पढिएको
  • नेता भण्डारी भन्छन पार्टीभित्रको गुटबन्दी बन्द गर्दै विगतका मापदण्ड बदल्नुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको गुटबन्दी बन्द गर्नुर्नेमा जोड दिएका छन‍् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले विगतका मापदण्ड बदलेर गुटबन्दी अन्त्य गर्नुपर्ने बताए । उनले अब पार्टीभित्र नाटक र अलमल गर्ने समय नभएको पनि बताए । उनले भनेका छन्,‘विगतका मापदण्ड बदल्नु पर्दछ । गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ ।नाटक अब चल्दैन ।नेतृत्व कसिमा उत्रनु पर्दछ। अब अलमल गर्नु हुँदैन । खरानी हात परेको छ । सफा अब गर्नै पर्दछ ।’

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 622 पटक पढिएको
  • जेनजी आन्दोलनपछि देशभर १५ हजार बढी मजदुरहरुको रोजगर प्रभावित : महासचिव राई

    ब्राजिल । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव  तथा आईटिएफ , लण्डनका बोर्ड सदस्य अजयकुमार राईले नेपालका हरेक आन्दोलन र परिवर्तनहरुमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ )लण्डनको विश्व कार्य समितिको ब्राजिलको रिय द जेनरियोमा आयोजित बैठकमा भाग लिन पुगेका राईले नेपालमा भएको जेनजी आन्दोलन बाट श्रमिकहरु पनि प्रभावित भएको बताए । उनले आन्दोलनका कारण देशभर हजारौ को संख्यामा मजदुरहरु प्रभावित भएको र १५ हजार बढिले रोजगारी गुमाएको जानकारी दिए ।अन्तर्राष्ट्रिय बैठकमा विशेष समय लिएर बोल्दै फेडेरेसनका बोर्ड सदस्य राईले वर्तमान नेपालको

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 234 पटक पढिएको
  • शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् ।उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुनपनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 345 पटक पढिएको
  • क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबार

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 282 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.