राजनीति

    Showing 3,931-3,940 of 10,435 items.
  • प्रचण्ड भन्छन जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो

    चितवन— नेकपा (माओवादी केन्द्र) का महाधिवेसन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनेरेशन जेड आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन् । बिहीबार बिहान चितवनको भरतपुर कृष्णपुरस्थित जिल्ला पार्टी कार्यालय प्राङ्गणमा पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा सम्बोधन गर्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए ।उनले भने, ‘युवाहरुले उठाएका मागहरू हाम्रो आन्दोलनसँग

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 701 पटक पढिएको
  • मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै

    सर्लाही— मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौति

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 605 पटक पढिएको
  • निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    काठमाडौं— आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ ।आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ ।गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ । निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 605 पटक पढिएको
  • आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ । बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए ।सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन् । बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन् । एजेन्डा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेश

    • प्रकाशित मितिः असोज ३०, २०८२
    • 635 पटक पढिएको
  • बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी

    सर्लाही— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध सिरहामा पनि उजुरी दर्ता भएको छ ।नेकपा (एमाले) निकट भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दर्ता गराएका हुन् । उनीहरूविरुद्ध राजनीतिक आचारसंहिता विपरीत अभिव्यक्ति दिएको र समाजमा विभाजन पैदा गर्ने गतिविधि गरेको आरोप उजुरीमा उल्लेख गरिएको छ ।राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।घटनापछि स्थानीय तथा राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । जिल्ला प्रह

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 787 पटक पढिएको
  • एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने ओलीको प्रस्ताव

    काठमाडौं— आफैं तेहेरिने योजनामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसायिक विषय समेटिएको प्रतिवेदन पेश गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् ।पूर्वप्रधानमन्त्री ओली तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेश गरेपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।ओलीले आफू कुनै हालतमा एमालेको नेतृत्व छाड्ने पक्षमा नरहेको बताएका छन् । उनले बुधबार सम्बोधनका क्रममा फेसबुकमा कसैले लेख्दैमा अध्यक्ष नछाड्ने बताए ।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 644 पटक पढिएको
  • एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव

    काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको बताए।एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।‘कसैका चौतारीमा छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौं  कार्यकर्ता भएको पार्टी हो। यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 693 पटक पढिएको
  • एमाले सरकारबाट हटेको भ्रममा नपर्न केपी शर्मा ओलीको चेतावनी

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटी बैठकलाई बुधबार सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो चेतावनी दिएका हुन् ।उनले नेकपा एमालेले राम्रो काम गरेकै कारण निशानामा परेको भन्दै सरकारमा रहँदा एमालेले देश र जनताको हितमा काम गरेको दाबी गरे ।‘हामी सरकारबाट हट्यौ, कसैलाई मान्छे मन नपर्नु, कसैलाई पार्टी मन नपर्नु बेग्लै कुरा हो’, उनले भने– ‘तर देशका लागि नेकपा एमाले चाहिन्छ । एक छिन हामी सरकारबाट हट्दा सधैँका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ ।’ सरक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 510 पटक पढिएको
  • राजनीतिक अस्थिरता र षड्यन्त्रका विरुद्ध पार्टी एकजुट हुनुपर्छः शंकर पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।उनले भने, ‘राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ । षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 455 पटक पढिएको
  • पूर्व सभामुख महराको बयान सुरु

    काठमाडौं—  पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा उनको बयान सुरु भएको छ ।सोमबार सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो । २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।&nbs

    • प्रकाशित मितिः असोज २९, २०८२
    • 630 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.