राजनीति

    Showing 4,161-4,170 of 6,710 items.
  • अपडेट : भद्रपुरमा राजवंशीलाई पछाडि पार्दै पोखरेल

    बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । पोखरेलले एमालेका तर्फबाट उम्मेदवार बनेका असारु राजवंशीलाई पछि पार्दै अग्रता लिएका हुन् ।पोखरेलले २ हजार १२२ मत प्राप्त गरेका छन् भने एमालेका असारु राजवंशीको १ हजार ६३४ मत रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुको १ हजार ४६७ मत रहेको छ ।उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी १ हजार ९५० मतसहित अगाडि  रहेका छन् । त्यस्तै दोस्रोमा रहेकी एमालेकी कौशिल्या अधिकारीको १ हजार ५६७ र राप्रपाकी राधा कार्कीको १ हजार ५०७ मत रहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 387 पटक पढिएको
  • बिर्तामोडको मत गणना ३ बजेबाट पुन:सुचारु हुने

    बिर्तामोड / विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मतगणना आज आइतबार अपरान्ह ३ बजेदेखि सुचारु हुने भएको छ ।निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार सम्बद्ध राजनीतिक दल , उम्मेदवार , प्रशासन समेतको सर्वदलीय सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।वडा नं १ को बाँकी रहेको मतपत्रबाट मत गणना पुन: सुचारु गरिने समेत निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 71 पटक पढिएको
  • ९ पालिकामा एमालेको जित

    काठमाडौँ / हालसम्म २२ वटा पालिकाको नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेले ९ वटा पालिका जितेको छ । से फोक्सुण्डो गाउँपालिका– डोल्पा , चामे गाउँपालिका – मनाङ , ङिस्याङ गाउँपालिका– मनाङ , घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ र लोमन्थाङ गाउँपालिका–मुस्ताङमा एमालेले प्रमुख र अध्यक्षमा जित तय गरेको छ । त्यस्तै , बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–मुस्ताङ , खुम्बु पासाङल्हामु गाउँपालिका–सोलुखुम्बु , साइपाल गाउँपालिका–बझाङ र बौदीकाली गाउँपालिका,नवलपुरमा समेत एमालेले मेयर र अध्यक्षमा विजयी भएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 67 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडि पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १८०० मत गन्दा गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी ८ सय ६८ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट कांग्रेसका भोजराज सिटौलाले ६ सय ६ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौलाले आठ सय ५० र गठबन्धनबाट माओवादीका सीपी कडरियाले तीन सय ६१ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालेले आठ सय १० र कांग्रेसले ६ सय ५६ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 170 पटक पढिएको
  • अपडेट : बाह्रदशीमा एमालेलाई पछि पार्दै गठबन्धन

    विर्तामोड / झापाको बाह्रदशीमा ३१०२ मत गणना गर्दा गठबन्धनका तर्फबाट काँग्रेसले अग्रता लिएको छ । ३१०२ मत गणना गर्दा प्रमुखमा काँग्रेसले ११९३ , एमालेले १०९५ र राप्रपाले ४२५ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 91 पटक पढिएको
  • झापाका ६ वडाको नतिजा सार्वजनिक

    विर्तामोड  /  झापाका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै काङ्ग्रेस र एमालेले तीन-तीन वडाध्यक्ष सहित प्यानल नै जितेका छन् । कचनकवल-१ मा काङ्ग्रेसका महावीर लिम्बु (रञ्जित)ले १४४२ मत ल्याएर राप्रपा उम्मेदवारलाई हराउँदै विजयी भएका छन्  ।त्यसैगरी कमल गाउँपालिका-१ मा काङ्ग्रेस उम्मेदवार केदार कटुवाल विजयी भएका छन् । उनले १७८६ मत ल्याएर एमाले उम्मेदवारलाई हराएका हुन् ।बाह्रदशी-१ मा काङ्ग्रेस उम्मेदवार टेकबहादुर राजवंशी विजयी भएका छन् । उनले ५७९ मत ल्याएर एमाले उम्मेदवार शम्भुसिंह राजवंशीलाई पराजित गरेका हुन् । दमक-१ मा एमाले उम्मेदवार हरि न्यौपाने विजयी भएका छन

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 160 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा अग्रता कायम गर्दै एमालेकी पवित्रा

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी सात सय मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले चार सय ७७ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६ सय ८९ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले दुई सय ९४ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालले ६ सय ५६ र काँग्रेसले पाँच सय २० मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 120 पटक पढिएको
  • अपडेट : बिर्तामोडमा एमालेको अग्रता कायमै

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले गठबन्धनलाई पछाडी पार्दै अग्रता कायम गरेको छ । पछिल्लो परिणाम अनुसार १४७० मत गन्दा गठबन्धनलाई पछाडी पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईले सवै भन्दा बढी ५ सय ६९ मत प्राप्त गरेकी छिन् । त्यस्तै , दोस्रोमा गठबन्धनको तर्फबाट काँग्रेसका भोजराज सिटौलाले ४७४ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद संग्रौलाले ६९४ र गठबन्धनबाट माओवादीका सीपी कडरियाले २९४ मत प्राप्त गरेका छन् । त्यस्तै , वडाध्यक्षमा एमालले ६५६ र काँग्रेसले ५२१ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 151 पटक पढिएको
  • अपडेट : भद्रपुरको प्रमुखमा गठबन्धन कै अग्रता

    विर्तामोड / झापाको भद्रपुर नगरपालिकाको प्रमुख पदमा २३०८ मत गन्दा गठबन्धनले अग्रता कायम गरेको छ । भद्रपुरको प्रमुखमा गठबन्धनका उम्मेदवार काँग्रेस नेता गणेश पोखरेल ७७८ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । त्यस्तै , प्रमुखमा नै एमालेले ६४९ र राप्रपाले ६०० मत प्राप्त गरेको छ भने उपप्रमुखमा माओवादीले ७२६ , एमालेले ५९८ , राप्रपाले ५८२ प्राप्त गरेको छ ।भद्रपुरको वडा नम्बर एकबाट वडा अध्यक्षमा एमालेले ७६८ ले मत प्राप्त गरेको छ । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 409 पटक पढिएको
  • अपडेट : कमलमा कांग्रेसको अग्रता कायमै

    विर्तामोड / कमल गाउँपालिका -१ मा ९७६ मत गणना गर्दा कांग्रेसले अग्रता कायम राखेको छ । गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले ५१७ मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।नेकपा एमालेका उम्मेदवार भिम राईले २९० मत प्राप्त गरेका छन् भने राप्रपाका विक्रम अधिकारी ३४ मत ल्याएका छन् ।उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले २९२ र उनका प्रतिद्वन्द्वी एमालेकी प्रमिला तिवारीले २८९ मत ल्याएकी छन् भने राप्रपाकी तारा देवी अधिकारीले ५६ प्राप्त गरेकी छिन् । 

    • प्रकाशित मितिः वैशाख ३१, २०७९
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा