राजनीति

    Showing 4,191-4,200 of 10,435 items.
  • अन्तरिम सरकारबारे शितलनिवास छलफलको तयारी

    काठमाडौं –  शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ ।राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजस् नेतृत्वमा जारी विरोध प्रदर्शनको बीचमा यो भेला हुन लागेको भारतीय समाचार एजेन्स

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 529 पटक पढिएको
  • सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको छ : मुख्य सचिव अर्याल

    काठमाडौं – जेनजी आन्दोलन तथा प्रदर्शनका क्रममा भएको व्यापक क्षतिपछि सार्वजनिक सेवा प्रवाहलाई पुनः सञ्चालनतर्फ अघि बढाइएको नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारको अवलोकन पश्चात पत्रकारहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले आन्दोलनका क्रममा भएको जनधन तथा भौतिक संरचनाको क्षतिलाई ‘अत्यन्त अपूरणीय’ भन्दै त्यसको प्रारम्भिक मूल्यांकन सुरु गरिएको जानकारी दिए । उनका अनुसार, सिंहदरबारभित्र मात्र नभई बाहिरका धेरै सरकारी निकायहरूमा समेत गम्भीर क्षति पुगेको छ ।अधिकारीले भने, ‘अब नागरिकलाई सेवा प्रवाह निरन्तरता दिनका लागि पासपोर्ट, वैदेशिक रोजगार, इमिग्रेस

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 430 पटक पढिएको
  • जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा

    काठमाडौं— जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। उनलाई शुक्रबार बिहान नौबजे शीतल निवास बोलाइएको भए पनि केहीबेर अघि मात्रै उनले प्रवेश पाएका हुन्। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरूको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन्। अब नयाँ प्रधानमन्त्री नियुक्तिका सम्बन्धमा गुरुङसँग राष्ट्रपतिले छलफल गर्ने बताइएको छ।हामी नेपालका अध्यक्षसमेत रहेका जेनजी अभियन्ता गुरुङले नेपाली जनताको भावनाअनुसार अबको अन्तरिम सरकार बन्नुपर्ने बताउँदै आएका छन्।उनले वर्तमान संविधान खारेज नगरी, यसैभित्र रहेर सरकार गठन ग

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 738 पटक पढिएको
  • भ्रामक सूचनामा विश्वास नगर्न सेनाको आग्रह

    काठमाडौं— नेपाली सेनाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ ।सेनाले शुक्रबार विज्ञप्तिमार्फत विद्यमान परिस्थितिलाई लिएर नेपाली सेनासम्बन्धी विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेकाले भ्रामक र झुट्टा सूचनामा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।'विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा वि नगर्न

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 706 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई पूर्वमन्त्री भट्टराईको समर्थन

    काठमाडौं— पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमा कार्कीको फोटोसहितको वक्तव्य जारी गर्दै भट्टराईले कार्की सक्षम र स्वच्छ व्यक्तित्व भएको बताए  । कार्कीले वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका अन्त्य गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन–जीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई स

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 685 पटक पढिएको
  • जेन–जी आन्दोलनको अप्रिय घट्ना छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग

    काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले जेन–जी आन्दोलनले निम्त्याएको नयाँ परिस्थितिसँगै अब पार्टी पनि सोही अनुसार चल्नुपर्नेमा जोड दिएको छ । सङ्घका अध्यक्ष माधव चम्लागाईंले प्रेस विज्ञप्ति जारी गर्दै जेनजीको दुई दिने आन्दोलनले मुलुकको राजनीतिक सोच बदलिएको भन्दै कांग्रेसले पनि आफूलाई परिमार्जित गर्नुपर्ने उल्लेख गरेका छन् । विज्ञप्तिमा कांग्रेसले अब नयाँ पुस्ताका आवाजलाई सुनुवाइ गर्दै पुस्तान्तरणमा ध्यान दिएर पार्टीको संरचना र कार्यशैलीमा तत्काल परिवर्तन गर्नु पर्नेमा जोड दिइएको हो । साथै विज्ञप्तिमा जेन(जी युवामाथि गोली हान्नेलाई कारबाही गर्न माग

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 628 पटक पढिएको
  • जेनजीहरुले छानेको नेतृत्वमा बन्ने सरकारलाई कांग्रेसले सहयोग गर्छ : गगन थापा

    काठमाडौं –  नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनकारीहरुको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् । आज सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै उनले जेनजीहरुको मागलाई सम्बोधन नगरी देश अगाडि बढ्न नसक्ने भन्दै नेपाली काङ्ग्रेस पार्टी जेनजीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा तयार रहेको बताए । उनले भने, ‘यो बेला जेनजी आन्दोलनकारी साथीहरुले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ । अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ । आन्दोलन गर्ने साथ

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 494 पटक पढिएको
  • ९ बजेलाई बोलाइएको शीतल निवास वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

    काठमाडौँ ।  अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा अझै अन्योल छ । बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म च

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 217 पटक पढिएको
  • ‘अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक’ : डा. भट्टराई

    काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले जेन जेडले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।डा.भट्टराईले आज एक वक्तव्य जारी गर्दै भनेका छन्– ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेन जेडका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।’वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गरा

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 211 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री बन्ने पक्का

    काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले  बताए। ती स्रोतका अनुसार अन्यथा नभए शुक्रबार  विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 262 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.