राजनीति

    Showing 4,631-4,640 of 10,435 items.
  • पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसुचना पाउनेछन् : गृहमन्त्री

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसुचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् । उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 587 पटक पढिएको
  • सरकारको तयारीप्रति श्रेष्ठको विरोध– बहुविवाह कानुनी बनाउन नखोज

    काठमाडौँ - पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरंग र असन्तोष उत्पन्न भएको उल्लेख गरे।श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 443 पटक पढिएको
  • जनमतले भन्यो– रुपन्देही ३ मा एक्लै लड्छौँ, मोर्चा चुनावी गठबन्धन होइन

    काठमाडौं –  सङ्घीय लोकतान्त्रिक मोर्चाबाट सिके राउत नेतृत्वको जनमत पार्टी अलग भएको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मोर्चामा आबद्ध ६ दलले साझा उम्मेदवार तय गर्ने सहमति भएपनि जनमत अलग भएको हो।जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रुपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउने अध्यक्ष सिके राउतले बताएका छन्।उनले पार्टी पङ्क्तिलाई भ्रममा नपर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन।’सङ्घीय लोकतान्त्रिक मोर्चासँग संविध

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 518 पटक पढिएको
  • बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति कांग्रेस गण्डकीको आपत्ति

    पोखरा— नेपाल सरकार कानून तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।विभागद्वारा पोखरामा आयोजित महिलाहरुको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।सो पत्रमा महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धित कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिइएको छ ।सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 515 पटक पढिएको
  • श्रीलंकाका कार्यवाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यवाहक राजदूत चामीरा मुनासिंघेले शिष्टचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यवाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् ।उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगमानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्याएको योगदानका लागि धन्यवाद दिए । साथै आगामी दिनमा नेपाल– श्रीलंकाबिचको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै जानुपर्नेमा जोड दिए । यस्तै कार्यवाहक राजूदतले पनि नेपाल–श्रीलंकाबिचको सम्बन्ध थप प्रगाढ भएर जाने विश्वास व्यक्त गरे । श्रील

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 466 पटक पढिएको
  • संघीयताको बारेमा नीतिगत रुपमा गम्भिर हुनुपर्छ : मन्त्री न्यौपाने

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीयताको बारेमा नीतिगत रुपमा के समस्याहरु छन् भन्ने विषयमा गम्भिर हुनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संघीयतालाई सुदृढ बनाउनको लागि तीन तहको बीचमा समन्वय हुनुपर्ने भन्दै यसमा नीतिगत रुपमा के समस्याहरु छन् त्यसमा गम्भिर हुनुपर्ने बताईन् । उनले भनिन्, ‘प्रशासनिक संघीयतालाई सुदृढ बनाउनुपर्ने छ । हाम्रो संघीयतालाई सुदृढ बनाउनुपर्ने छ त्यसको लागि तीन तहको बीचमा समन्वय गर्नुपर्ने छ । कर्मचारी समायोजन, व्यवस्थापनका कुराहरु छन् । यी सबै पाटोलाई राम्रो गरि अध्यन गर्नुपर्छ भन्ने म

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 335 पटक पढिएको
  • सात रोपनी ट्राफिक कार्यालयको जमिन साट्ने तयारी, बालेनले मागे साइबर व्युरो भवन

    काठमाडौं –  नेपाल प्रहरीको साइबर व्युरो कार्यालय रहेको भोटाहिटीस्थित भवनमा काठमाडौं महानगरपालिकाको वडा कार्यालय राख्नका लागि मेयर बालेन्द्र साह (बालेन) ले माग गरेका छन् । त्यसको बदलामा रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी जमिनमध्ये पाँच रोपनी प्रहरीकै स्वामीत्वमा रहने गरी दिन उनी तयार भएका छन् ।प्रहरी महानिरीक्षक दीपक थापासहितको प्रहरी टोलीसँग मंगलबार भएको भेटका क्रममा बालेनले भोटाहिटीको भवन मागेका हुन् । प्रहरी टोली भने महानगरको स्वामीत्वमा रहेको रामशाहपथस्थित घोडा तवेलाको जमिनमा रहेको ट्राफिक कार्यालयको जमिनको स्वामीत्व माग गर्न बालेनलाई भेट्न पुगेको थियो ।सात रो

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 709 पटक पढिएको
  • ‘बझाङको बाघ’ रविन्द्र ढाँटलाई राष्ट्रपति पौडेलको सम्मान

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ को उपाधि विजेता एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गरेका छन्।‘बझाङको बाघ’ उपनामले परिचित ढाँटलाई बधाई दिँदै राष्ट्रपति पौडेलले उनको जितले देशकै गौरव बढाएको बताए।सो अवसरमा राष्ट्रपति पौडेलले खेलाडीहरूको भविष्य खेलकुद क्षेत्रमै सुरक्षित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।उनले भने, ‘देश विदेशका प्रतियोगितामा प्रतिस्पर्धा र प्रशिक्षणको अवसरसँगै आवश्यक सुविधा दिएर खेलाडीको सम्मान गर्न सके मात्रै हाम्रा खेलाडीहरूले कीर्तिमान र सफलता हासिल गर्न सक्दछन्।’खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 653 पटक पढिएको
  • वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता

    काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ बीच भेटघाट र छलफल भएको छ।बुधबार श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको करिब एक घण्टा भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको छ ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 521 पटक पढिएको
  • माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छ : महासचिव गुरुङ

    काठमाडौं –  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार काठमाडौंमा एक अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिए ।गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिहरुबीचको एकता अत्यावश्यक भएको बताए ।‘अहिले विप्लवजीको पार्टीसँग मात्रै नभएर देश, जनता  र समयको मागअनुसार नेकपा (एस) सँग पनि एकताका लागि छलफल चलेकोछ,’ गुरुङले भने ।नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकोले पनि छिटो

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 507 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.