बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने लगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए ।उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न
काठमाडौं / नेकपा (एमालें)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसीसी सम्झौता पारित गर्ने प्रक्रियाबाट बञ्चित गरिएको टिप्पणी गरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताएका छन् ।सभामुखको बलमिच्याइँ र व्यवहारले उनी पदमा बस्न लायक नभएको पनि एमालेको जिकिर छ।
काठमाडौं / नेकपा (एकीकृत समाजवादी)ले एमसीसीसँगै अनुमोदन गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पु¥याउबाट रोकिएको दाबी गरेको छ ।मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने खतरा रहेको बताइएको छ ।‘यदि हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी कम्प्याक्ट जस्ताको तस्तै अनुमोदन हुने खतरा थियो र त्यसले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउन सक्दथ्यो,’ प्रेसनोटमा भनिएको छ, ‘त्यसो हुनबाट रो
काठमाडौँ / जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक फागुन २८ गते बस्ने भएको छ । संघीय परिषद् बैठकपछि पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्ने भएको हो ।फागुन २९ र ३० गते काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा संसदबाट भएको एमसिसी अनुमोदनको समीक्षा, स्थानीय चुनाव, सामूहिक नेतृत्व प्रणालीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले बताए ।
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको जारी बैठकले अध्यक्ष उपेन्द्र यादवले विगतमा प्रयोग गर्दै आएको अधिकार कटौती गरेको छ ।पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘सामूहिक र समावेशीको नेतृत्व’ को माग गर्दै आएका असन्तुष्ट डा।बाबुराम भट्टराई पक्षधरको दबाब बढ्दै गएपछि अध्यक्ष यादवको अधिकार पहिलोपटक कटौती भएको हो ।जारी बैठकले स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्षको अधिकार कटौती गर्दै हस्ताक्षरको अधिकार पार्टीका केन्द्रीय बोर्ड सदस्य अशोक राईलाई दिएको छ । ‘स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्षको हस्ताक्षर चल्दैन, सो हस्ताक्षरको जिम्मेवारी अशोक रा
काठमाडौँ / एकजना शिक्षिकामाथि बलात्कार आरोपमा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित हुने भएका छन् ।जुम्ला घर भएकी माओवादी नेतृ एवम् शिक्षिकालाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा उनलाई बाँके प्रहरीले सोमबार साँझ नेपालगञ्जबाट पक्राउ गरेको थियो । प्रहरीले बानियाँलाई पक्राउ गरेको औपचारिक जानकारी दिएपछि सांसद बानियाँ निलम्बित हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
कञ्चनपुर / नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए उनका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत प्राप्त गरेका छन् ।प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् । सचिवमा जनक बुढा (बझाङ), सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कञ्चनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमलकुमारी शाह (बाजुरा) विजयी भएका छन् ।निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सि
बिर्तामोड / जनता समाजवादी पार्टीका झापा जिल्लाका सचिव पुष्प पौडेलले पार्टी त्याग गरेका छन् । एमसीसी पास गराउन भूमिका खेलेको भन्दै आफ्नै पार्टी र शीर्ष नेतासँग असन्तुष्ट भई जसपाका झापा जिल्ला सचिव पौडेलले पार्टी त्याग गरेका हुन ।सत्ता गठबन्धनमा सामेल जसपा समेतको समर्थनमा प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता आइतबार राति पास भएको थियो ।उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।अबोप्रान्त स्वतन्त्र सामाजिक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका उनले डा। भट्टराईलाई देशको आदर्श मानेर विगतमा नयाँ शक्ति पार्टी स्
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।आज दिउँसो १ बजे जर्मन हाउस, गठ्ठाघर भक्तपुरमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ(आफ्नो धारणा सार्वजनिक गरेका थिए ।एमालेले कारवाही गरेका माधव नेपाललगायतका १४ सांसदलाई बखास्त गर्नुपर्ने
काठमाडौँ / राष्ट्रिय जनमोर्चाले पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग बाहिरिने भएको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको राष्ट्रिय जनमोर्चाले जनाएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमुलक तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पु¥याएको उल्लेख छ ।एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पु¥या
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.