राजनीति

    Showing 5,431-5,440 of 10,435 items.
  • कांग्रेसबाट निकालिएका कर्ण मल्ल अन्ततः राजावादी मोर्चामा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः राजावादी मोर्चामा पुगेका छन् । आफ्नै गृहजिल्ला डडेल्धुराका काग्रेस सभापति मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए । नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बनेका थिए । अहिले भने उनले राजावादी मोर्चा रोजेका छन् । देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन् । “म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ । राष्ट्रवादी भएकैले म

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 340 पटक पढिएको
  • राजावादी आन्दोलनः पक्राउ परेका नेता रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा

    काठमाडौं— राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरूलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धतासभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् । सामूहिक गिरफ्तारीको अगुवाइ आफूले गर्ने उनले बताए । उनले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख गर्दै उनले अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको बताए । गुरु

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 384 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ ।कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन ।सभापति रबि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रिय कार्यालयमा सचिवालय बैठक बोलाएको हो । 

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 446 पटक पढिएको
  • आईजिपी दीपक थापा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष: राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मंगलवार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रहरी प्रमुख आईजिपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भिर आरोप लगाएका छन् ।लिङदेनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे । उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाए।लिङदेनले भने, ‘त्यो दिन चैत १५ मा जसरि राज्यले हिंसा भड्कायो मा होइन दुई दर्जनभन्दा बढी मानिसलाई गोली लाग्यो । दुई जनाको ज्यान

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 509 पटक पढिएको
  • आज मधेश प्रदेश सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। सोही क्रममा ओलीले मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेपछि हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जाने बताइएको छ। सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमा राजधानी फिर्ता हुनेछन्

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 427 पटक पढिएको
  • राप्रपाको प्रदर्शन काठमाण्डौको बल्खुमा, दुई हजार प्रहरी परिचालन

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्दैछ।उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने  राप्रपाले दाबी गरेको छ । राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी ने

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 375 पटक पढिएको
  • संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताएका छन् ।फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलग’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताए ।‘पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्’, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, ‘संविधानकै व्य

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 295 पटक पढिएको
  • शिक्षकसँगको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी गर्न माओवादीको माग

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपायबाट सो ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे ।शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रले विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य सर्त भएको जनाएको छ ।मा

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 371 पटक पढिएको
  • आज रविलाई थुनामा पठाइँदै

     काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार (आज) अदालत उपस्थित गराइँदैछ। शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।लामिछानेलाई कार्यालय समय सुरू भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।उनका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइन्छ।सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछान

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 430 पटक पढिएको
  • चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई महामन्त्री शर्माको चुनौती

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजालाई चुनौती दिएका छन् । झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजित गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा आज उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आपूmसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाई जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।महामन्त्री शर्माले भने, ‘चौरासी सालमा चुनाव हुँदैछ । यदि तपाईलाई आपूmसँग जनता छन् भन्ने लागेको छ भने श्रीपेच चुनाव चिह्नमा मत माग्नुहोस् । दुई तिहाई ल्याएर जनता आपूmसँग भएको देखाउनुहोस्, अनि संविधान संशोधन गरेर चाहे

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 376 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.