राजनीति

    Showing 5,841-5,850 of 10,441 items.
  • राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ ।कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय  कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ । बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ ।समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुनेछ ।

    • प्रकाशित मितिः माघ १०, २०८१
    • 187 पटक पढिएको
  • वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको आज बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उनले जानकारी दिए ।साथै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने र पार्टीको

    • प्रकाशित मितिः माघ ९, २०८१
    • 241 पटक पढिएको
  • सरकार हाम्रो प्राथमिकता होइनः अध्यक्ष प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् । । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गईदिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अह

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 278 पटक पढिएको
  • राष्ट्रपतिद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार  दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनका अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 250 पटक पढिएको
  • रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

    पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो ।उक्त इजलाशले लामिछाने लगायतका प्रतिबादीहरुलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिए

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 296 पटक पढिएको
  • एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गराउन देउवाले पहल गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् ।केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  मंगलबार गैरआवासीय नेपाली संघ एक समूहका अध्यक्ष डा।बद्री केसीसँगको भेटमा देउवाले भने, ‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।ʼदेउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा।केसीले सरकारले विदेशमा ब

    • प्रकाशित मितिः माघ ८, २०८१
    • 307 पटक पढिएको
  • स्ववियु निर्वाचन चैत ५ गते हुने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहेका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । ‘वर्तमान कार्यसमितिको दुई वर्षको कार्य

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 324 पटक पढिएको
  • ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ पेस भएको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो अध्यादेशसँगै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको शर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्ताव गर्दै प्रदेश सरकारले गर्ने मानवीयदेखि अन्य कामलाई सहज बनाउन यो ऐन ल्याएको बताए । उनले सरकारले विपद्का क्षेत्रमा धेरै काम गर्नु पर्ने र मौजुदा ऐनमा भएको त्रुटिले काम गर्न समस्या भएकाले सो अध्यादेश ल्याएको जानकारी दिँदै सरकार शान्ति सुरक्षाका विषयमा गम्भीर छ भने । मन्त्री भण्डारीले पूर्वमुख्यमन्त्री ए

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 256 पटक पढिएको
  • सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायोः महासचिव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सदनमा गिरीबन्धु टी टिस्टेटको जग्गा प्रकरणबारे बहस भइरहेको बेला सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर शंका पैदा हुने काम गरेको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलनमामा उनले विधेयकहरुको अध्यादेश जारी गरेर कानून संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए । ‘अहिले सरकारले हतारो गरेर जसरी अध्यादेश ल्याइरहेको छ, यो अध्यादेश ल्याउनुका पछाडिको सरकारको नियत प्रष्ट हुन्छ । गिरीबन्धु टी टिस्टेटका सवालमा त्यहाँको जमिन सट्टापट्टा गर्ने र प्लटिङ गरेर बिक्री गर

    • प्रकाशित मितिः माघ ७, २०८१
    • 240 पटक पढिएको
  • नेतृत्व चयनको तयारीमा अखिल क्रान्तिकारी, अध्यक्षमा महतोको दाबेदारी

    काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने भएको छ । यही माघ १२ गते सातै प्रदेश र क्याम्पसहरुबाट एकसाथ मतदानमार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको छ । केन्द्रीय कमिटी अध्यक्षको तयारीमा रहेका संजय कुमार महतोले युग सुहाउँदो शैक्षिक प्रणालीको विकासका लागि उम्मेदवारीको तयारी गरिरहेको जानकारी दिए । ‘म संगठनको तल्लो इकाइ हुँदै केन्द्रिय सचिव भइसकेको छु । अब अध्यक्षको तयारीमा छु । मेरो सक्रियता, निरन्तरता र जिल्ला एवम क्याम्पस इकाइका साथीहरुको माया पाइरहेकाले चुनाव जित्छु भन्नेमा विश्वस्त छु,उनले अगाडि भने,‘हामी विद्यार्थी आन्दोलनको तौर तर

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 370 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.