राजनीति

    Showing 5,851-5,860 of 10,441 items.
  • गंगाजल छर्केर सहिदको शालिक शुद्धिकरण गरियो

    काठमाडौं । मधेशी सहिदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् ।माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका सहिदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाहरुले गंगाजल छर्केर शुद्धिकरण गरेका छन् ।मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरुले मधेशी सहिदको अपमान गर्दैै आएको गम्भीर आरोप लगाएका छन् ।उनले मधेशी युवाहरुलाई हत्या गर्ने ठूला दलका नेताहरुको पाउँपुजा गर्नेहरुले सहिदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धिकरण गरिएको दाबी गरे ।नेताहरु उपेन्द्र यादव

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 322 पटक पढिएको
  • ‘चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा’

    काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपाल–चीनबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताएकी छन् । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौँमा आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकाले उच्च प्राथमिकता दिँदै आएको धारणा राखेकी हुन् ।‘नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ’, उनले भनिन्, ‘हामी दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौँ र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ।’उपसभामुख रानाले नेपाल सधैँ एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहो¥

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 285 पटक पढिएको
  • भ्रष्टाचारको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको र्‍याली

    काठमाडौं ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली निकालेको छ ।आइतबार शान्तिवाटिकामा उनीहरुले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्ध विरोध र्‍याली गरेको  हो ।उक्त र्‍यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गर लगायत प्लेकार्डहरु प्रदर्शन गरि आन्दोलन गरेको छ । साथै  र्‍यालीमा  सहकारी पीडितलाई न्याय देउ लगायत नाराहरु लगाएर प्रदर्शन गरेका थिए ।

    • प्रकाशित मितिः माघ ६, २०८१
    • 387 पटक पढिएको
  • बलिदानी दिवसः मधेश प्रदेश सरकारले तीन करोड ६१ लाख दिने घोषणा

    जनकपुर । मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सहिद परिवारका सदस्यलाई ३ करोड ६१ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।विगत सात वर्षदेखि माघ ५ गते मधेश प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ । सोही क्रमलाई निरन्तरता दिँदै गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी सहिद प्रतिष्ठानको आयोजनामा मधेश प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ । मधेश ओन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको सम्झना र सम्मानमा यो दिवस मधेश प्रदेश सरकारलगायत मधेशवादी दल र नेताहरुले मनाउँदै आएका छन् ।कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले प्रदेशका आठवटै जिल्लाबाट आएका सहिद

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 336 पटक पढिएको
  • आगामी स्थानीय निर्वाचनमा २५० पालिका जित्छौंः प्रचण्ड

    मोरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताए । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनैतिक महत्वको विषय भएको उल्लेख गरे । उनले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौं, अब ग्रामथान थपिएपछि यो स

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 220 पटक पढिएको
  • प्रधानमन्त्री ओलीका हप्ता दिनः एकैदिन चारवटा कार्यक्रममा भाषण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त भइरहेका छन् । ओली भरसक कार्यक्रम छुटाउँदैनन् । पछिल्लो हप्ता ओलीले एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याए । भेटघाट, सार्वजनिक मन्चमा भाषण र आफ्नो दल एमालेका बैठकहरुमा उनको समय व्यथित भइरहेको छ । कहिले पूर्व त कहिले पश्चिमका जिल्लामा पुगेर सम्बोधन, उद्घाटन, शिलन्यासमा समय कटाइरहेका उनको पछिल्लो उद्घाटन, भाषण र एक अर्कालाई घोचपेच गर्नमै व्यस्त भएको तालिकाले स्पष्ट पार्छ । हप्ताको पहिलो दिन आइतबार पुस २८ गते ओली विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठक

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 288 पटक पढिएको
  • मधेश सरकारले आज बलिदानी दिवस मनाउँदै

    जनकपुर । मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गरेर सो दिवस मनाइने गरेको मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ । बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप

    • प्रकाशित मितिः माघ ५, २०८१
    • 325 पटक पढिएको
  • शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

    काठमाडौँ । संसद्मा प्रतिपक्षमा रहेका दलहरूले सङ्घीय संसद्को नियमित हिउँदे अधिवेशन तत्काल आह्वानको  माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी (आजपा) र नेपाल समाजवादी पार्टी (नेसपा)को आज यहाँ भएको संयुक्त बैठकले  शीघ्र अधिवेशन आह्वान गर्न माग गरेको हो । सङ्घीय संसद्को नियमित अधिवेशन बोलाएर कानुन निर्माण नगरी, संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयक फिर्तासमेत नलिई अध्यादेश जारी गरेकामा बैठकले विमति जनाएको छ । बैठकले

    • प्रकाशित मितिः माघ ४, २०८१
    • 316 पटक पढिएको
  • कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दैछ ।बिहीबार बिहान ८ः०० बजे देउवा निवास बुढानिलकण्ठमा सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री÷राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने सो बैठकमा दलबाट सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 290 पटक पढिएको
  • अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँः रास्वपा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ ।आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदातलबाट निस्किने क्रममा त्रिपाठीमाथि हातपात भएको थियो । उक्त घटनाप्रति ध्यानार्कषण जनाउँदै रास्वपाले प्रेस विज्ञप्ति जारी गरेको छ ।रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले राजनीतिक दलको लागि यस किसिमको व्यवहार स्वीकार्य नभएको भन्दै यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको बताएका छन् ।‘यस विषयमा पार्टीको अनुशासन विभागको ध्यानार्कषण भएको छ र सो घटनामा यदि दलक

    • प्रकाशित मितिः माघ २, २०८१
    • 379 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.