काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए ।एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।
रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रत
काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालनको तयारी पूरा गरिएको छ। पार्टीको महत्वपूर्ण आन्तरिक छलफल हुने बन्दसत्रलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।बन्दसत्र स्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप चौर क्षेत्रको चारै दिशाबाट सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।महाधिवेशनको बन्दसत्रमा पार्टीको सांगठनिक तथा राजनीतिक एजेन्डामाथि गहन छलफल हुने बताइएको छ।
पोखरा— कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जान
काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।
भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको काख सल्लाघारीमा कलात्मक ढङ्गबाट बनाइएको मञ्च आकर्षणको केन्द्र बन्यो ।
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए।उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टी
काठमाडौं— नवनियुक्त चार मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित समारोहबीच चार मन्त्रीले शपथ लिएका हुन् । मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् । उनीहरूलाई अन्तरिम सरकार प्रमुख सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।यो अन्तरिम सरकार प्रमुख कार्कीको चौथो मन्त्रिपरिषद् विस्तार हो । मन्त्रीमा सिफारिस भएका यी व्यक्तिहरुको कार्यकाल पुग–नपुग ३ महिनाको मात्र रहनेछ । अब कार्की मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।सूची :
काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा, राजश्व संरक्षण तथा विपद् व्यवस्थापनमा प्रभावकारी रुपमा काम गरेको दाबी गरेको छ ।२०८० कार्तिक १ गतेदेखि सुरु गरिएको सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम तथा बोर्डर एरिया डेभलपमेन्ट प्रोगाममार्फत सीमा क्षेत्रमा सहकार्य, विकास र अपराध नियन्त्रणका विविध कार्यक्रम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।६३८ ठाउँमा धार्मिक स्थल, विद्यालय, खेलमैदान, बाटोघाटो, कुलो–पैनीको सरसफाइ तथा स्तरोन्नति, ६० स्थानमा यात्रु प्रतिक्षालय, धारा–ट्याङ्की, सार्वजनिक शौचालय तथा घर मर्मत, २५ प्रकारका सीपमूलक तालिम, १७ जिल्लामा, १७१ लाभग्राही
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको पनि बताएका हुन् ।उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।उनले मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.