राजनीति

    Showing 5,891-5,900 of 10,441 items.
  • संबिधान संशोधनमा स्थिर सरकारको बहस सुरु

    झापा :नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।उनले ५ वर्ष संसदमात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि ५ वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेकोमा जोड दिए।‘संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन,’ शर्माले भने, ‘हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब ५ वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो।अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन।’

    • प्रकाशित मितिः पुस १७, २०८१
    • 264 पटक पढिएको
  • १०० दिनले नपुगेर कांग्रेसले एक महिना थप्यो विशेष अभियानको समयावधी

    काठमाडौं— नेपाली कांग्रेसले सय दिने विशेष अभियानमा काम नसकेका जिल्लाहरुका लागि समयावधि एक महिना थपेको छ । ७ असोजबाट सुरु भएर १६ पुसमा सक्ने गरी समय निर्धारण गरिएको थियो ।अभियानका प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । ती जिल्लाहरूले शहीद दिवसका दिन १६ माघमा समापन गर्ने गरी समयावधि थपिएको पौडेलले बताए ।जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्न/गराउन निर्धारित केन्द्रल

    • प्रकाशित मितिः पुस ११, २०८१
    • 288 पटक पढिएको
  • सरकारविरुद्ध खबरदारी सभा गर्दै राप्रपा

     काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकार ६ महिना नपुग्दै असफलताउन्मुख रहेको भन्दै खबरदारी सभा गर्ने भएको छ।प्रवक्ता मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर पार्टीले आफ्ना पक्षमा जनमत सिर्जना गर्न र आन्दोलन तयारी गर्न पुस र माघ महिनाभर प्रदेश, जिल्ला र स्थानीय तहमा विरोधका कार्यक्रम र खबरदारी सभा गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।‘एमाले-कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदको पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो।’राप्रपाले कांग्रेस र ए

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 268 पटक पढिएको
  • के छन् एमालेले आज बोलाएको सचिवालय बैठकका एजेण्डा

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बोलाइएको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने गौतमले बताए। बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने बताइएको छ।एमालेले पौषको अन्तिम साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमाले विधानअनुसार केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने प्रावधान छ। यस अगाडि केन्द्रीय कमिटी

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 290 पटक पढिएको
  • रास्वपामा अब संसदीय दलको नेता को ?

    काठमाडौं— पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सांसदबाट निलम्बित भएसँगै रास्वपामा संसदीय दलको नेता को भन्ने बहस सुरु भएको छ ।रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ । सहमहामन्त्री सुमना श्रेष्ठले मंगलबार पार्टीभित्र अब आफू संसदीय दल नेतामा आउन इच्छुक रहेको खुलेरै प्रकट गरेकी छन् ।‘टीका लगाएर नेता बन्

    • प्रकाशित मितिः पुस १०, २०८१
    • 398 पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बन

    पोखरा । सम्पत्ति शुद्धिकरणको मुद्दा किनारा नलागेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले बताएकी छन्। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 378 पटक पढिएको
  • एकीकृत समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज ९ जना

    बिराटनगर  ।  नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । उपमहासचिव उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।कोशी प्रदेशमा सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ । कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 433 पटक पढिएको
  • रविको हिरासतको तस्वीर मैले खिचेको हुँ भनेर डा. ढकालको दाबी

    काठमाण्डौ  ।   अहिले सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर भन्दै एउटा तस्वीर भाइरल भइरहेको छ । जसमा रवि दावी गरिएका व्यक्ति सुतिरहेका देखिन्छन् ।उक्त तस्वीर रविको हो वा होइन भन्ने विषयमा अहिले जनमानस दुई पक्षमा बाँडिएका छन् । रास्वपाका नेता कार्यकर्ता र समर्थकले तस्वीर रविकै भएको र उनीमाथि हिरासतमा पनि निगरानी भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् भने कोहीले तस्वीर नक्कली भएको बताइरहेका छन् ।

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 499 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य

    काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् । आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् । वैद्यलाई सन्तबहादुर नेपालीले महासचिवमा प्रस्ताव गरेका थिए । हेमन्तप्रकाश ओलीले समर्थन गरेका थिए । वैद्य आगामी पाँच वर्षका लागि महासचिव बनेका हुन् ।  बन्दसत्रले ११७  सदस्यीय केन्द्रीय समिति रहने साङ्गठनिक प्रतिवेदन समेत पारित गरेको छ । केन्द्रीय समितिको एक तिहाइ पोलिटब्युरो, पोलिटब्युरो

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 597 पटक पढिएको
  • विराटनगरमा शेखर गुटको भेला- देउवाले भने, ‘थाहै छैन’

    विराटनगर  ।    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरमा कांग्रेसकै इतर अर्थात डा. शेखर कोइराला गुटले गरेको भेलाका बारेमा अनभिज्ञता प्रकट गरेका छन् ।विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भेलाका बारेमा आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन् । पार्टी केन्द्रीय समितिको सर्कुलर विपरीत कोइराला पक्षले गत मंगलबार विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरुको भेला आयोजना गरेको थियो ।भेलाको बन्दसत्र भने बेलबारीको ड्रीमल्याण्ड पार्कमा भएको  थियो । सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्

    • प्रकाशित मितिः मंसिर २१, २०८१
    • 493 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.