राजनीति

    Showing 5,901-5,910 of 6,724 items.
  • प्रदेश नं २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    काठमाडौँ  / प्रदेश नं २ का प्रदेश प्रमुखमा महोत्तरीका हरिशंकर मिश्र नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मिश्रलाई आज प्रदेश प्रमुखमा नियुक्त गरेकि हुन् ।यसअघि राष्ट्रपतिले सरकारको सोमबारकै सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झालाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 96 पटक पढिएको
  • संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौँ//सरकारले एमाले फुटाउन अध्यादेश ल्याउने भएको छ। एमालेको माधवकुमार नेपाल समूहलाई सजिलो पार्ने उद्देश्यसहित राजनीतिक दल संशोधन अध्यादेश ल्याउन छलफल शुरु भएको छ । दुबै संसद अधिवेशन अन्त्यका लागि  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एकाएक राष्ट्रपतिसमक्ष सिफारिस समेत गरिसकेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।सरकारले संसदलाई पर्याप्त बिजनेश नदिएपछि सरकारले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेर अधिवेशन अन्त्य गरेको स्रोतले बताएको छ। सरकारले कानुनविज्ञ तथा सत्ता गठबन्धन दलका नेताहरुसँग छलफल गरिरहेको देउवा निकट एक नेताले

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 97 पटक पढिएको
  • प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र, अहिराज पद मुक्त

    बिर्तामोड / सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुख राजेश अहिराजलाई बर्खास्त गरी मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाणले कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसांसद मिश्रलाई प्रदेश २ को प्रमुख नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको जानकारी दिए । 

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 171 पटक पढिएको
  • भूपू ब्रिटिस गोर्खाहरूलाई आमरण अनशन फिर्ता लिन सरकारको आग्रह

    बिर्तामोड / सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आमरण अनशन फिर्ता लिन आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतमा जारी आमरण अनशन फिर्ता लिन गोर्खालाई आग्रह गरेको हो । बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिँदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, – ‘आमरण अनशन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलाई आह्वान गरेका छाैँ ।’आफूहरू विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरू बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन्

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 166 पटक पढिएको
  • अफगानिस्तान युद्ध : नेपालीलाई छिटो उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

    बिर्तामोड / सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेकाे छ। बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै सो निर्णय गरेको हो।सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठककाे निर्णय सुनाउँदै भने, – ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै, त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि समन्वयात्मक रूपले काम गर्न निर्देशन दिएका छाैँ ।’

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • 140 पटक पढिएको
  • गण्डकीका मुख्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र  प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तरता दिन आग्रह गरेको हो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको जानकारी दिए ।उनले भौतिक पूर्वाधारका १५ मध्ये १० योजना अघि बढाउने प्रक्रियामा रहेको र  ३८ अर्ब रुपैयाँको बजेट ३० अर्ब रुपैयाँमा खुम्चिएको जानकारी दिए । भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले अघि

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 98 पटक पढिएको
  • एमालेले बनायो गण्डकीमा छाया सरकार

    काठमाडौँ / नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको अधिकारीले जानकारी दिए ।सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोश

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 104 पटक पढिएको
  • लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान

    काठमाडौँ / लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नवौँ अधिवेशन आव्हान गरेका छन् । प्रदेश प्रमुख शेरचनले आज (शनिबार) भदौ १ गते एक बजेका बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले  जारी दिए ।साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले नयाँ अधिवेशनमा विश्वासको मत लिने तयारी गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 111 पटक पढिएको
  • गाईलाई पीठो बोकेर मन्त्री पुग्दा......

    काठमाडौं  / असहाय गाईबाच्छा संरक्षण अभियानले वरिपरि फलामे तारले घेरिएको ठूलो चौरमा एक सय ५३ असहाय गाईबाच्छा जम्मा गरेर पालन पोषण गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिका –८ स्थित गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको यो जग्गामा अभियानले सडकमा खुला छाडिएका गाई बाच्छालाई राखेको हो । आज वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल आफैँ एक बोरा पीठो बोकेर पुगे ।विसं २०७५ जेठ १ गते मानव अधिकार, सामाजिक न्याय, वाग्मती सफाइ लगायत अभियानमा लागेका उत्तम पुडासैनीले सो अभियान सुरुआत गरेका थिए । सुरुमा त्रिभुवन विमानस्थलसँग जोडिएको वाग्मती नदी किनारको भागमा गाईबाच्छा जम्मा गरिएको थिय

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 76 पटक पढिएको
  • कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्दै

    काठमाडौँ / सामूहिक राजीनामा दिएका कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक आज बस्ने भएको छ । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राख्दै राजीनामा दिएका २२ जना केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) १२ बजे बस्ने भएको हो ।बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए । पौडेलका अनुसार अमेरिकामा रहेका आनन्द बिष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन् । शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। 

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 140 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा