राजनीति

    Showing 5,961-5,970 of 9,634 items.
  • समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

    काठमाडौं । सरकारमा सम्मिलित चार दलीय मोर्चा समाजवादी मोर्चाले सातै प्रदेशमा प्रदेशस्तरीय सभा गर्ने भएको छ । सोमबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ ।बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । उनका अनुसार, भदौं ८ गते वीरगञ्जमा, भदौं १२ गते बुटवलमा र भदौं १३ गते धनगढीमा सभाको आयोजना हुने छ ।त्यस्तै भदौं १४ गते सुर्खेतमा, भदौं १५ गते पोखरामा, भदौं २३ गते हेटौंडा र भदौं २५ गते विराटनगरमा सभाको आयोजना गरिने निर्णय भएको हो ।सरकारको नेतृत्वकर्ता

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 224 पटक पढिएको
  • भ्रष्टाचारविरुद्धका कुरा उठ्दा नकारात्मक प्रतिक्रिया दिनु एमालेको धर्म; माओवादी नेता पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेकपा एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको बताएका छन्। पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।उपमहासचिव पुनले भने,‘भ्रष्टाचारविरुद्धका कुरा उठ्दा, सुशासनका कुरा उठ्दा होस् वा वैदेशिक सम्बन्धमा कुरामा होस् सकारात्मक विषयमा पनि प्रतिपक्षी भूमिका निर्वाह गर्ने नाममा नकारात्मक प्रतिक्रिया दिनु एमाले नेतृत्वको धर्म जस्तै भएको छ। तीन वर्ष सत्ता बाहिर बस्नुपर्दाको छटपटाहट संसद् र बाहिर र भित्रबाट सकारात्मक कामको विरोध गर्नुले पुष्टि गर्छ।’उपमहासचिव प

    • प्रकाशित मितिः भदौ ४, २०८०
    • 222 पटक पढिएको
  • भ्रष्टाचार, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिदैनौ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरुलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दाबी गरेका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९÷०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।उनले सरकार सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताए ।गृहमन्त्री श्रेष्ठले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व सर्तको रूपमा लिए भ्रष्टाचार, दण्डहीनता, ठगी अपराध विरुद्धमा कोही पनि निर्दोष नफसुन् र

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 141 पटक पढिएको
  • एमालेको प्रदेश अधिवेशनको मिति तय, कहिले र कहा

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले असोज मसान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ ।  सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ । जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ । त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज ११२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘असोज मशान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्नेछौं । यसल

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 170 पटक पढिएको
  • माओवादीले तयार गर्यो नेताहरुको कार्यविभाजनदेखि, कार्ययोजना

    काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको निर्णय अनुसारको सर्कुलर जारी गरेको छ । नयाँ सर्कुलरमा नेताहरुको कार्यविभाजनदेखि, कार्ययोजना र अभियानबारे प्रष्ट निर्देशन दिइएको छ।माओवादीको साउन १७ देखि २१ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो ।   अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा ३ महिने वडास्तरीय संगठन विस्तार अभियानलाई केन्द्रविन्दु बनाएर नेताहरुको कार्यविभाजन गरिएको छ ।  माओवादीले विभागहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।    हाल सरकारको जिम्मेवारीमा रहेका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रे

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 150 पटक पढिएको
  • कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन ; राहुल महरा

    काठमाण्डौ   ।   कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन राहुल महरा भन्छन। महराले भने हाम्रो विषयमा  केही दिनयता विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौँ। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौँ।सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो । सञ्चारमाध्यमबाट एकोहरो आक्रमण हुनु को पछाडि हामीले बुझ्न सकेक

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 200 पटक पढिएको
  • सभामुखप्रति रबि लमिछानेको आक्रोश, "सम्सद हाइज्याक भयो"

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरोध गर्ने र सभामुखले एमालेका सांसदलाई मात्रै बोल्न दिने गरेको आरोप लगाउँदै रास्वपाले सभामुखको भूमिका तटस्थ हुन नसकेको टिप्पणी गरेको हो ।  आज पनि एमालेले संसद अबरोध गरेपछि रास्वपाका सभापति रवि लामिछानेले संसद ‘हाईज्याक’ भएको टिप्पणी गरेका छन् । सुन तस्करी प्रकरणमा छानबिन आयोगको माग गर्दै नेकपा एमालेले निरन्तर रूपमा संसद् अवरुद्ध पार्दै आएकोमा त्यसप्रति असन्तुष्टि जनाउँदै सभापति लामिछानेले सो कुरा बताएका हुन्।‘सम्माननीय सभामुखको

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 205 पटक पढिएको
  • माधव नेपाल आज स्वदेश फर्किंदै

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्टाएर सोमबार स्वदेश फर्किने भएका छन् ।साउन २२ गते युरोप गएका अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेको थियो ।मुलुकको बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल साउन २९ गते सोमबार(आज) नेपाल फर्कन लागेको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले क्रोएसिया र बेलायत जाने कार्यक्रम रद्द गरेका छन् ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • 179 पटक पढिएको
  • प्रधानमन्त्री र गृहमन्त्रीले कांग्रेससँग प्रतिशोध साँध्न खोजे, छानबिन समिति आवश्यक छ

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएको बताएका छन् । नेता कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न छानबिन समिति आवश्यक रहेको बताएका हुन् ।नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको दाबी गर्दै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति जरुरी रहेको दाबी गरे । नेता कोइरालाले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए ।नेकपा एमालेले किन उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ भनेर कहिल्यै सोच्यौं हामीले भन्दै नेतृत्वलाई प्रश्न गरे ।सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले राजनीति प्रतिशो

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 280 पटक पढिएको
  • बालकोट पुगेर सांसद सुनिल शर्माले भने शेरबहादुर दाइ र ओली बालाई प्रधानमन्त्री बनाउने हो

    काठमाडौं ।  अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।ओलीसँग भेटेपछि बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताएका छन ।उनले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको शर्माले बताए । आफूले जनताको पक्षमा बोलेकाले ज्यानको सुरक्षामा खतरा रहेको उनले बताउदै शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए ।कांग्रेसको नेतृत्व

    • प्रकाशित मितिः साउन २८, २०८०
    • 245 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.