राजनीति

    Showing 5,971-5,980 of 10,441 items.
  • दशैंको टीकाकै दिन राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा उडे

    काठमाडौं— राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ ।महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर–व्यवस्थापिका सङ्घ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत छ ।यही असोज २७ देखि कातिक १ गतेसम्म महासभामा

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 389 पटक पढिएको
  • दशैंमा बाढी पीडितलाई पीडा हुने गरी कार्यक्रम नगर्न तल्ला समितिलाई तीन दलको निर्देशन

    काठमाडौं— प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दशैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दशैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दशैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दशैंमा

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 534 पटक पढिएको
  • २०८४ को निर्वाचनमा माओवादीले सबै तहमा एकल प्रतिष्पर्धा गर्ने

    काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने स्पष्ट पारेका छन् ।दाहालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादीको पहिचान कमजोर पार्ने गरी अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्न नचाहेको बताएका हुन् ।  उनले आगामी मंसिरमा हुने उपनिर्वाचनबाट एकल प्रतिस्पर्धामा जानको लागि तयारी थालेको जानकारी दिए ।अध्यक्ष दाहालले प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले महत्त्वपूर्ण पहल गरिरहेको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा काम गर्दैछ भन्ने कुरामा दाहालले

    • प्रकाशित मितिः असोज १९, २०८१
    • 381 पटक पढिएको
  • प्रकाशचन्द्र लोहनीले भने- राजेन्द्र लिङदेनले अविवेकी र अमानवीय निर्णय गरे

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको आरोप लगाएका छन्। नेता लोहनीले महामन्त्री डा. धवलशमशेर राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका वेला संगठन विभाग प्रमुखबाट हटाएको भन्दै अध्यक्ष लिङ्देनको आलोचना गरेका हुन्। राणालाई  जिम्मेवारीबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको तर्क छ। ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ। यस्तो वेलामा  उहाँलाई संगठन  विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव द

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 467 पटक पढिएको
  • राप्रपाद्वारा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र मनोनयन

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै नयाँ मनोनयन गरेका छन्। पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा अध्यक्ष लिङ्देनले पार्टीका विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर र मनोनयन गरिएको जानकारी दिनुभएको छ। सङ्गठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता एवं उपाध्यक्ष ध्रुवबहादुर प्रधान, र राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नियुक्त भएका छन

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 662 पटक पढिएको
  • के हुन्छ आज अपरान्ह चार बजे प्रधानमन्त्रीले गर्ने पत्रकार सम्मेलनमा ?

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पत्रकार सम्मेलन गर्ने भएका छन् । अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका थिए ।  यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठकले विपतमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।यसैगरी, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित राष्ट्रिय झण्ड

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 573 पटक पढिएको
  • एमालेले सरकारी राहत कोषमा ५० लाख जम्मा गर्ने

    काठमाडौं— नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान गरेका छन् । 

    • प्रकाशित मितिः असोज १५, २०८१
    • 404 पटक पढिएको
  • एमालेले बोलायो केन्द्रीय कार्यालयको आकस्मिक बैठक

    काठमाडौं– नेकपा एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए ।बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 340 पटक पढिएको
  • कांग्रेसले बाढीपहिरो पीडितलाई ५० लाख दिने

    काठमाडौं– नेपाली कांग्रेसले बाढी पहिरो पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।आइतबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमार्फत विपदमा परेका नागरिकका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।कांग्रेसले सबै सांसदबाट १५ दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।यस्तै, कांग्रेसले पार्टीका सबै पूर्वघोषित कार्यक्रम स्थगित गरी राष्ट्रिय विपत्तिमा राहत र उद्धारमा जुट्न निर्देशन समेत दिएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 422 पटक पढिएको
  • विपद प्रतिकार्यमा एकजुट भएर लाग्न प्रचण्डको आह्वान

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन् ।अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको उल्लेख गरेका छन् ।तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले ठूलो वर्षाको पूर्वअनुमान हुँद

    • प्रकाशित मितिः असोज १३, २०८१
    • 473 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.