राजनीति

    Showing 5,981-5,990 of 10,441 items.
  • माओवादी केन्द्रद्वारा बाढी, पहिरो पीडितको उद्धारमा जुट्न अपिल

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबान पीडितहरूको उद्धारमा जुट्न पार्टीका सदस्य, मोर्चा र आम नागरिकलाई अपिल गरेको छ। आज जारी विज्ञप्तिमा, विपत्को घडीमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेकाहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।विज्ञप्तिमा भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको छ। मनसुनजन्य विपत्तिबाट धेरै मानवीय क्षति भएको छ र पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तुरुन्त कदम चाल्नु आवश्यक छ भनिएको छ ।पार्टीले चाडपर्वको समयमा बन्द रहेका सडकमार्गहरू यथासक्य छिटो खुलाउन पनि सरकारलाई आग्रह गरेको छ। 

    • प्रकाशित मितिः असोज १२, २०८१
    • 456 पटक पढिएको
  • सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा बैठक आह्वान गरेका हुन् ।कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार जारी गरेको विज्ञप्तिमा बैठकको जानकारी दिइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 444 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचन: मङ्सिर २ गते उम्मेदवारी दर्ता

    काठमाडौं–स्थानीय तह उपनिर्वाचनका लागि आगामी मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ। निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिने जनाइएको छ।आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मङ्सिर ३ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ, र ४ गतेसम्म उजुरीको जाँचबुझ गरी निर्णय गरिनेछ। मङ्सिर ५ गतेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्, र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। निर्वाचन चिह्न पनि त्यही दिन प्रदान गरिनेछ।मतदान मङ्सिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ,

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 385 पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    काठमाडौं–निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आवेदन दिन सकिने जानकारी दिएको हो । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता गराउन आग्रह गरिएको आयोगले स्पष्ट पारेको छ । उपनिर्वाचन मंसिर १६ गते हुँदैछ भने उम्मेदवारी दर्ता मंसिर २ गते गर्ने कार्यसूची रहेको छ । स्थानीय तहमा ४३ पद रिक्त रहेको र दल दर्ताका लागि निवेदन दिने समयमा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 435 पटक पढिएको
  • राप्रपा परम्परावादी शक्ति भएपनि उदार छ : बुद्धिमान तामाङ

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरुको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन् । आफूहरु परम्परावादी शक्ति भएपनि उदार भएको उनको तर्क छ । तामाङले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पार्दै राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताए । आफूहरु सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उनको भनाई

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 354 पटक पढिएको
  • जलवायु परिवर्तन सँग प्रदेश सरकार एक्लै लड्न सक्दैन : मुख्यमन्त्री सिंह

    काठमाडौ- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको भन्दै तीन तहका सरकारले समन्वयकारी भुमिका निभाउनुपर्ने बताएका छन् । मंगलवार महोत्तरीको बर्दिवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । जलवायु अनुकुलनको क्लाइमेट डेभलपमेण्ट डायलग र प्रकृति रिसोर्स सेन्टरको आयोजनामा भएको कार्यक्रममा उहाँले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन जरुरी रहेको उल्लेख गरे । उनले तीन तहका सरकार मिलेर काम गर्नसके मात्रै जलावयु परिवर्तनबाट नेपाललाई परेका असरहरुको न्युनिकरण गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 418 पटक पढिएको
  • देशको अवस्था भयावह देखिरहेको छु

    नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा स्पष्ट रुपमा दुई लाइन संघर्ष सधैँ चलिरहेको देखिन्छ । यसलाई कतिले गुट, खेमा समूह भनेर बुझ्दछन् । अहिले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोईरालाको नेतृत्वमा स्पष्ट रुपमा कांग्रेस वृत्त बाँडिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्नुपर्छ भनेर प्रखर वकालत गर्दै आएका शेखर कोईरालाले आफूले भनेको जस्तै सरकार बनेपनि निरंकुश हुन थालेको चिन्ता व्यक्त गरे । नेता कोईरालाले वर्तमान सरकार मुल एजेण्डाबाट बाहिर गएर काम गर्न थालेको टिप्पणी गरे । जनतालाई छिटो छिटो डेलिभरी दिनुपर्नेमा अलमलिएको आरोप लगाए । संविधान संशोधनको मुल एजेण्डामा सरकार प्रवेश नै गर

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 754 पटक पढिएको
  • संविधान संशोधनका लागि छलफल सुरु भइसकेको सभामुखको भनाइ

    काठमाडौं– सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलहरूबीच छलफलको पहल सुरु भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संशोधन कसरी गर्ने‚ प्रक्रिया के हो‚ कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताएका हुन् ।उनले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको भन्दै निजामती सेवा ऐन‚ प्रहरी सङ्गठन सञ्चालनसम्बन्धी ऐन र शिक्षा ऐन निर्माण गर्न सके संविधान कार्यान्वयनमा देखिएका समस्या समाधान हुने स्पष्ट पारेका छन् । अहिलेसम्म संसद्ले २० वर्षदेखि अधुरो रहेको शान्ति प्रक्रियालाई टुंगो लगाउने विधेयक पास ग

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 341 पटक पढिएको
  • पक्राउको सूचना सुनेका रविले भने- सरकारको ध्यान बचत फिर्ता गराउनेमा होइन रास्वपालाई सिध्याउने छ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको ध्यान आफुलाई जेल हाल्ने र रास्वपालाई सिध्याउनमा रहेको बताएका छन् ।आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चारकर्मीहरुसँग भने, 'सरकारको ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ।'गिरफ्तारीको चर्चाबिच सभापति लामिछानेले करिब राति १० बजेतिर शुभेच्छुकलाई सम्बोधन गरेका थिए। उनले राज्यका सबै निकाय र संसद्को छानबिनले आफ्नो संलग्नता नरहेको स्पष्ट पारे पनि प्रतिशोध साध्न खोजिएको गुनासो गरे।मैले राजनीतिक प्रतिवेदनबाट समेत सरकारलाई स्पष्ट भनेको छु, मलाई तपाईं

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 398 पटक पढिएको
  • चीन भ्रमणमा गएका सांसद र नेताहरूलाई रास्वपाले फिर्ता बोलायो, आजै फर्किने

    काठमाडौं— चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका रास्वपाका नेताहरू सोमबारै आकस्मिक रूपमा स्वदेश फर्किने भएका छन्  ।पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम,

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 317 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.