राजनीति

    Showing 5,991-6,000 of 10,441 items.
  • गृहमन्त्रीको निर्देशन पछि रास्वपाले डाक्यो आकस्मिक बैठक, रवि लामिछाने पक्राउ पर्नसक्ने आशंका

    काठमाडौं- सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकको निर्देशन पछि रास्वपाले आकस्मिक बैठक डाकेको छ। काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको हो ।रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई यथासक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् ।केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले भने,‘प्रदेश सभापतिले मेसेज गरेपछि हामीहरु भेला हुँदैछौं ।’ रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।सहकारी

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 381 पटक पढिएको
  • जनअपेक्षा अनुसार संशोधन नभए संविधान नै भाँचिन्छ

    नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे घिमिरेले सत्ता गठबन्धनको सहमतिले संविधान संशोधन गर्ने भए पनि संशोधन जनअपेक्षा अनुसार हुनुपर्ने बताएका छन् । जनअपेक्षा अनुसार संविधान संशोधन गर्न नसके संविधान नै भाँचिने घिमिरेको तर्क छ । वरिष्ठ अधिवक्तासमेत रहेका घिमिरेले प्रधानन्यायाधीश र न्यायाधीशहरूको संसदीय सुनुवाइ हुनु नहसने बताएका छन् । उनले उच्च अदालतलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन् । संविधान संशोधनको विषय राजनीतिक वृत्तमा पेचिलो बनिरहेका बेला संशोधनको अवधारणासहित बार अध्यक्षले आफ्ना तर्क राखेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्ने बताइरहेका छन् भने नेकपा (माओवादी क

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 589 पटक पढिएको
  • राजमोर्चाले भन्यो : रवि लामिछानेलाई बचाउन समिति गठन, संघीयताविरुद्ध आन्दोलनको घोषणा

    काठमाडौं–राष्ट्रिय जनमोर्चा पार्टी (राजमोर्चा) ले ‘सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति’ ले तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बचाउने उद्देश्यले प्रतिवेदन तयार गरेको आरोप लगाएको छ । असोज ४ र ५ गते बुटवलमा बसेको केन्द्रीय पार्षद् बैठकले यो निष्कर्ष निकालेको हो । पार्टीका अध्यक्ष चित्रबहादुर केसीका अनुसार, समितिले लामिछानेलाई जोगाउन ठगी र अपचलनको आरोपमा प्रमाणित तथ्यहरूलाई ध्यानमा राखेर प्रतिवेदन तयार गरेको छ । राजमोर्चाले प्रतिवेदनलाई दृढतापूर्वक कार्यान्वयन गर्न र दोषीहरूलाई कडा कानुनी कारबाही गर्न माग गरेको छ । यसका साथै, बैठकले चैत २४ गते राजधानीमा संघीयता

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 411 पटक पढिएको
  • संविधानका प्रगतिवादी कुरालाई पश्चगामी ढंगले संशोधन गरे अर्को जनआन्दोलन हुन्छः झलनाथ खनाल

    काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि हुनेगरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । संविधान बनाएको ९ वर्ष पूरा भएको भन्दै खनालले संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरुलाई तलमाथि गर्नेकुरा सह्य नहुने बताए । उनले संविधान एउटा सम्झौता भएकाले संविधानको रक्षाका लागि आन्दोलन गर्ने घोषणा गर्नुभयो । उहाँले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको जिकिर गरे ।&

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 402 पटक पढिएको
  • प्रचण्ड भन्छन्— नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको महत्व बढ्दै गयो

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेण्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’ उनले भने, ‘तर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 334 पटक पढिएको
  • एमालेद्धारा अधिवेशनमा प्यानल बनाउन रोक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टी अधिवेशनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। महासचिव शंकर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ अनुसार कुनै पनि कमिटीमा उम्मेदवारले व्यक्तिगत रूपमा मात्र प्रस्तुत हुन पाउनेछन्।पार्टीले ११औं महाधिवेशनसम्म १० लाख सदस्यता पु-याउने लक्ष्य राखेको छ। यो लक्ष्य पूरा गर्न जनसंगठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिहरूलाई नयाँ सदस्यता विस्तारमा जोड दिइने उल्लेख छ। सदस्यता व्यवस्थापनमा पारदर्शिता ल्याउन आगामी वर्षदेखि ‘अनलाइन’ प्रणाली प्रयोग गरिनेछ। नयाँ सदस्यता लिएका सबैलाई आधारभूत तहको प्रशिक्षण अनिवार्

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 284 पटक पढिएको
  • संविधान संशोधनबाट राजनीतिक अस्थिरता समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ओली

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमार्फत राजनीतिक तहमा देखिएको अस्थिरता समाधान गर्न सकिने बताएका छन् । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा रहेका सबै दलको सहमति जुटाएर संविधान संशोधन अघि बढाइने बताएका हुन् । उनका अनुसार संविधानलाई समयानुकूल बनाउँदै राजनीतिक स्थायित्वको लागि संविधान संशोधन आवश्यक छ । यसका लागि सबै दलको सहमति प्राप्त गर्न अधिकतम प्रयास हुनेछ । प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताएका हुन् । समारोहमा राष्ट्रपति र

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 267 पटक पढिएको
  • लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा आज स्वतन्त्रताको उपभोग गर्दै भविष्य सुरक्षित गर्न सबैलाई आह्वान गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले संविधान निर्माणका लागि गरिएको दशकौं लामो संघर्ष र सयौंको बलिदानको महत्वलाई जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले जनताले आफैंले तय गरेको शासन प्रणाली र संविधानसभाले निर्माण गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताउँदै यसले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरूलाई संरक्षण गरेको उल्लेख गरेका छन् । संविधानको संरक्षण गरेर मात्र उपभोग गरेका अधिकारको रक्षा गर्न सकिनेमा उनको जोड छ

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 408 पटक पढिएको
  • अध्यक्ष दाहालद्वारा संविधान कार्यान्वयनमा जोड, सबैलाई एकताबद्ध हुन आह्वान

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा संविधानको कार्यान्वयन र जनताको अधिकारहरूको रक्षा गर्न आग्रह गरेका छन्। आजको संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले संविधानले जनतालाई प्राप्त अधिकारहरूको संरक्षण र उपयोग गर्दै जनताको अवस्था सुधार्नका लागि दृढता अपनाउनुपर्नेमा जोड दिएका छन्। उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोमा समाजवाद निर्माणको अभियानलाई अघि बढाउनु आवश्यक रहेकोतर्फ जोड दिएका हुन् । दाहालले संविधान निर्माणमा योगदान दिने सम्पूर्ण नेपालीलाई सम्मान गर्दै महान जनयुद्

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 418 पटक पढिएको
  • संविधानले राष्ट्रिय एकता र सामाजिक न्याय सुनिश्चित गरेको छ : राष्ट्रपति पौडेल

    काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाबाट उत्पन्न विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सामाजिक न्यायमा आधारित समाज निर्माण गर्ने लक्ष्य राखेको उल्लेख गरेका हुन् ।राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन मात्र पर्याप्त नभएको भन्दै राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा पनि परिवर्तन आवश्यक भएको बताए । साथै, संविधानले प्रतिवद्ध गरिएका सेवासुविधा र सामाजिक सुरक्षाको

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 367 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.