राजनीति

    Showing 6,011-6,020 of 9,634 items.
  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक  बस्नेछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट)विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुहुने छ । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिकाे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ।मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,

    • प्रकाशित मितिः असार १३, २०८०
    • 303 पटक पढिएको
  • रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा बैङ्कर अनिल शाह

    काठमाडौँ / पूर्व बैङ्कर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । पार्टीको बनस्थलीस्थित नयाँ कार्यालयमा आयोजित कार्यक्रममा उनी रास्वपा प्रवेश गरेका हुन् । शाहलाई पार्टी प्रवेशलगत्तै प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । पार्टी स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा शाहलाई पार्टी सभापति रवि लामिछानेले रास्वपाको लोगो लगाइदिएका छन् ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 111 पटक पढिएको
  • आज समाजवादी मोर्चाको घोषणा हुँदै

    काठमाडौँ / आज समाजवादी मोर्चाको घोषणा हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सो मोर्चाको घोषणा हुन लागेको हो । आज राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुनेछ । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा माओवादी, जसपा

    • प्रकाशित मितिः असार ४, २०८०
    • 214 पटक पढिएको
  • एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच बालकोटमा भेटवार्ता

    झापा / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न चौधरी आज बिहान बालकोट पुगेका थिए ।भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा रेशमलाई अन्याय भएको बताएको रेशमको भनाइ छ । सो क्रममा ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए । उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के- कस्ता यातना दिएको थियो भन्ने कुरा स्मरण गरेको चौधरीले बताए । गणतन्त्र दिवसमा रा

    • प्रकाशित मितिः असार ४, २०८०
    • 193 पटक पढिएको
  • वामदेव गौतम एमालेमा जान तयार

    काठमाडौं / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले) मा जान तयार भएका छन् । आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुन् । “म पार्टी एकताका लागि तयार छु । मलाई तपाईं पछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे भने, “अरु साथीहरूको सम्मानजनक व्यवस्था हुनुपर्छ ।”

    • प्रकाशित मितिः असार ३, २०८०
    • 301 पटक पढिएको
  • अनेरास्ववियु झापा अध्यक्षमा गिरी

    बिर्तामोड / नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो । सहमति विफल भएपछि हिजो जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो ।  त्यस्तै कमिटीको उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् ।सचिवमा बालचन्द्र कार्की , सह- सचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • 239 पटक पढिएको
  • अदालतको आदेशसँगै टोपबहादुरको सांसद पद निलम्बन

    काठमाडौं । नेकपा (एमाले) का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएसँगै उनको पद निलम्बनमा परेको हो ।प्रतिनिधिसभा नियमावली अनुसार फौजदारी अभियोगमा पक्राउ परेको सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ ।नेकपा एमालेले भने यसअघि नै सचिव पदबाट टोपबहादुरलाई निलम्बन गरिसकेको थियो ।

    • प्रकाशित मितिः असार २, २०८०
    • 326 पटक पढिएको
  • शुक्रबार समाजवादी केन्द्र घाेषणा

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरले केही वामपन्थी दलको समन्वयमा आगामी असार १ गते समाजवादी केन्द्र घोषणा गरिने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समाजवादी प्रेस सङ्गठन नेपालको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आज आयोजित कार्यक्रममा उनले अहिले केन्द्रमा आबद्ध आफ्नो पार्टीलगायतका दलहरूबीच कार्यगत एकता गरिने जानकारी दिए ।पार्टी कार्यालयमा सचिवसमेत रहनुभएका नेता तुलाधरले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन केन्द्रको महत्व हुने उल्लेख गर्दै तुलाधरले केन्द्रमा रहने दलबीच लामो गृहकार्

    • प्रकाशित मितिः असार १, २०८०
    • 196 पटक पढिएको
  • अदालत बाहिर प्रदर्शन गरेका विप्लवका कार्यकर्ता पक्राउ

    काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो । 

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 283 पटक पढिएको
  • संसद भवन अगाडि नेविसंघको प्रदर्शन

    काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐनलगायतका विभिन्न शिक्षा सम्बन्धी ऐन पारित गर्न दबाब दिँदै प्रदर्शन गरेको छ ।बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।प्रदर्शनका क्रममा उनीहरूले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३२, २०८०
    • 258 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.