बिर्तामोड / नेकपा एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय १० सदस्यीय कार्यदललाई बल प्रदान गर्न तेस्रो पुस्ता जन्मिएको छ ।एमालेको दुवै समूहमा रहेका सांसदहरुको एकता अभियान भित्रभित्रै सक्रिय भएको छ । अभियानले १० सदस्यीय कार्यदलका नेताहरुसँग आज एमालेका सांसदहरुले छलफल गर्ने भएका छन् ।एमाले विभाजन हुन नदिन र पार्टीमा सुदृढ एकता कायम गर्न गठित सांसदहरुको अनौपचारिक अभियानले कार्यदललाई सहमतिमा पुग्न दबाब दिने भएका छन् । सांसद तथा एमाले पर्वतका अध्यक्ष पदम गिरीले १० बुँदे सहमति मान्दिन भन्ने नेताहरुलाई कार्यदलले क्रस गर्न सक्छ कि सक्दैन भनेर आफूहरु प्रष्ट हुन चाहेको बताएका छन् ।अभियानमा सक्रिय एक सांसदल
काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बैठक बोलाएको छ । मध्यान्ह १२ बजेपछिलाई महामन्त्री शशांक कोइरालाको निवासमा बैठक बोलाईएको हो । १४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफलमा केन्द्रित हुने कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन् । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय गर्न छलफल गर्न लागिएको छ ।वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको आजको
काठमाडौँ / नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन् । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताएका छन् ।उनले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखे । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो य
काठमाडौँ / प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरलाई भेटेका छन्। शनिबार विप्लव र पार्टीका नेता खड्कबहादुर विश्वकर्म ‘प्रकाण्ड’ अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटमा पछिल्लो राजनीति घटनाबारे कुरा भएको बताइएको छ ।विप्लवले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरिरहेका छन् ।
काठमाडौँ / देशभर १२ साउनमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले हालका लागि स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशन अब कहिले गर्ने भन्ने निर्णय हुन बाँकी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए । उनले भने, ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन । अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । कांग
काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताएका छन् । उनले भने “त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।” उनले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेकार त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरेको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए । मन्त्री शर्माले संसद्मा पेश भएको बजेट अध्यादेशको ट
गण्डकी / गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले शपथ लिएका छन् । उनीहरुलाई शुक्रबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।मन्त्री हुनेहरुमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री रहेका छन् । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् । यसअघि विन्दुकुमार थापाको स्थानमा दोबाटे विकको नाममा थियो । तर, अन्तिम अवस्थामा आएर मन्त्रीको सूचिबाट दोबाटेको नाम काटिएको थियो ।यस्तै माओवादी केन्द्रबाट रामज
काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका हुन् । आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्छौं ।’ प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।
बिर्तामोड / नेपाली काँग्रेसले गण्डकी प्रदेशमा मन्त्री हुनेको नाम टुंगो लगाएको छ । कांग्रेसबाट कास्कीका बिन्दु कुमार थापा, स्याङ्जाका मेखलाल श्रेष्ठ, र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्ने भएका हुन् ।काँग्रेसमा गूट उपगूटका कारण मन्त्री चयनमा विवाद भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको थियो । यसअघि कांग्रेसका तर्फबाट कुमार खड्का सरकारमा सहभागि भएका छन् । काँग्रेसको भागमा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।काँग्रेसले तीन
काठमाडौं / नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ ।कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अधिवेशनको अन्य तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए । दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनः बस्ने पदाधिकारी बैठकले महाधि
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.