राजनीति

    Showing 6,041-6,050 of 10,441 items.
  • जुस पिउँदै पूर्वमुख्यमन्त्री कार्कीको अनशन सकियो

    काठमाडौं–कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचारको माग राखेर शुरु गरेको अनशन तोडेका छन् ।विराटनगर महानगरपालिका–६ की निर्मला शर्माका ४२ दिनका छोरा उपचारको खर्च अभावमा ७ दिन विराट नर्सिङहोम बस्न बाध्य भएपछि कार्कीले अनशन सुरु गरेका थिए । सरकारसँगको सहमतिपछि उनै शिशुको हातबाट जुस पिउँदै उनले अनशन समाप्त गरेका हुन् । पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको नि:शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बै

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • 469 पटक पढिएको
  • आज गण्डकी प्रदेशसभाको बैठक बस्दै

    काठमाडौं–गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्नेगरी बोलाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेपछि स्थगित भएको बैठक लगभग दुई महिनापछि पुन: सुरु हुन लागेको हो । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवदीका अनुसार बैठक प्रदेश सरकारको सिफारिसमा आह्वान गरिएको हो । हाल बैठकमा जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक र निजी फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् । साथै, साझेदारी फर्मको नियमन तथा व्यवस्थापनका लागि प्रस्तावित विधेयक पनि केही दिन अघि प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 468 पटक पढिएको
  • आज नेम्वाङको प्रथम स्मृति दिवस, प्रधानमन्त्री ओलीले मित्र भन्दै यसरी सम्झिए

    काठमाडौं– आज संविधानसभा अध्यक्ष र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो। ललितपुरको च्यासलस्थित नेकपा एमाले कार्यालयमा अपराह्न ३ बजे स्मृतिसभा आयोजना हुँदैछ। स्मृतिसभामा पार्टीका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ, जसको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार, स्मृतिसभामा पार्टीका अन्य वरिष्ठ नेता पनि सहभागी हुनेछन्। नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य, र २०५६, २०७४, र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा सं

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 532 पटक पढिएको
  • माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढेको दाहालको दाबी

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति देशभरि आकर्षण बढिरहेको दाबी गरेका छन् । महोत्तरीको रामगोपालपुरमा विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूलाई स्वागत गर्दै उनले पार्टीको ‘एजेण्डा’ र सरकारको कामका कारण यो आकर्षण बढेको दाबी गरेका हुन् । उनले माओवादी केन्द्रलाई पहिचान, सुशासन, सामाजिक न्याय, र समृद्धिका पक्षमा लड्ने पार्टीको रूपमा चित्रण गर्नुभयो। उहाँले जनयुद्धदेखि संविधान निर्माण, संघीयता, र समानुपातिक प्रतिनिधित्वजस्ता परिवर्तनका काम माओवादीकै एजेण्डा भएको बताए । कार्यक्रममा जसपाका श्यामबाबु य

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 365 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक बस्दै

    काठमाण्डौ । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन” सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तथा “विधायन सम्

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 559 पटक पढिएको
  • पार्टी सुदृढ गर्दै देशव्यापी भ्रष्टाचारविरुद्ध आन्दोलन गर्छौ : अध्यक्ष दाहाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरण गर्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने बताएका छन् । सिरहामा भएको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई सशक्त बनाउन र भ्रष्टाचारको जरो उखेल्न जनतालाई साथमा लिएर आन्दोलन गर्ने सोचमा रहेको बताए । अध्यक्ष दाहालले मधेस प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा मुलुकको मुख्य समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै अनुचित लेनदेन (मिटरब्याज) जस्ता बेथितिहरूविरुद्ध सङ्घर्ष थाल्ने संकल्प पुन: व्यक्त गरेका छन् । उनले गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 482 पटक पढिएको
  • संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य : दाहाल

    काठमाडौं–पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको सक्रिय निगरानी आवश्यक भएको बताएका छन् । सिरहामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले संविधानको कार्यान्वयनमा जनताको सहयोग अपरिहार्य रहेकोतर्फ जोड दिएका हुन् । उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न ठूलो प्रयास गरेको उल्लेख गर्दै यसको पूर्ण कार्यान्वयनबाट जनताको स्थिति बदल्नुपर्ने बताए । विसं २०७० को निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका ज

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 597 पटक पढिएको
  • सत्तारुढ दलहरूबीच सरकारको कामलाई प्रभावकारी बनाउने सहमति

    काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक बसेको छ‚ जसमा सरकार र संसद्को कामलाई थप प्रभावकारी‚ सन्तुलित र व्यवस्थित बनाउने सहमति भएको छ।बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सत्ता पक्ष कसरी एकीकृत रूपमा अघि बढ्ने भन्नेबारे छलफल भएको जानकारी दिए। साथै‚ कांग्रेस र एमालेबीचको सात बुँदे सहमतिका आधारमा न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको उनले बताए।एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधान संशोधनलाई भ्रमपूर्ण रूपमा प्रस्तुत गरेको विषयमा बैठकमा समीक्षा भएको जानकारी दिएका छन्।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओ

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 549 पटक पढिएको
  • संघीय संसदका दुवै सदनको बैठक आज

    काठमाडौं–संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेबाट प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभा बैठक हुनेछ ।प्रतिनिधि सभामा मौखिक प्रश्न उत्तर, बैंकिङ कसूर विधेयकको प्रतिवेदन र सार्वजनिक सेवा प्रसारण विधेयकमाथि छलफल हुनेछ । राष्ट्रिय सभामा प्रधानमन्त्रीले महान्यायाधिवक्ताको प्रतिवेदन पेस गर्ने, समितिको प्रतिवेदन पेस गर्ने, र सभापति पदको निर्वाचन मिति तोक्ने कार्यसूची छन् । सूचना हेर्नुहोस् 

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 412 पटक पढिएको
  • बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी

    काठमाडौं–प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली‚ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा‚ जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई‚ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर‚ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरूको सहभागिता रहेको छ। 

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 440 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.