राजनीति

    Showing 6,051-6,060 of 9,634 items.
  • भ्रष्टाचारमा ओली संलग्न रहेको आरोप लागेपछि एमाले सांसदले सदन अवरुद्ध

    काठमाडौं। भ्रष्टाचारमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएको भन्दै प्रमाणित गर्न चुनौती दिँदै सरकारको जवाफ मागेर एमाले सांसदले सदन अवरुद्ध गरेका छन् ।शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।त्यसपछि गिरीले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाम मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।उनले सुनको जलहरीमा पित्तल राखेको भनेर सत्तारुढ दलकै सांसदबाट अभिव्यक्तिप्रति सरकारको

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 205 पटक पढिएको
  • संसद बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित

    काठमाडौं । एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज फेरि सुरु हुन नसकेरै शनिबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने र पारित गर्ने कार्यसूची थियो ।तर, १० पुसमा नीति था कार्यक्रममाथि छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीमा अनियमितता भएको बताएको विषयमा आपत्ति जनाउँदै नेकपा एमालेले संसद बैठक अवरोध गरेको हो ।शुक्रबार दिनभर दलहरूबीच बैठक सञ्चालनका लागि छलफल भए पनि सहमति हुन नसकेपछि शनिबार ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 191 पटक पढिएको
  • प्रचण्डविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन सर्वाेच्चमा रिट

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा निवेदन परेको छ ।लेनिन विष्टसमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्ड, डा. भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन दिएका हुन् । उनीहरुले आफूहरुलाई बालावस्थामा युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाइनुपर्ने जिकीर रिट निवेदनमा गरेका छन् ।साथै आफूहरुल

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 252 पटक पढिएको
  • शनिबार कर्णालीमा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन गरिँदै

    काठमाण्डौ   ।    पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णालीमा अभिनन्दन गरिने भएको छ । शनिबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने अभिनन्दन कार्यक्रममा उनी आउँदैछन् ।शनिबार दिउँसो १ बजे घण्टाघरको पश्चिमतर्फको मैदानमा नागरिक अभिनन्दन गर्न लागिएको मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले बताए । शाहले कार्यक्रममा सम्बोधन पनि गर्ने छन्।पूर्वराजाको स्वागतका लागि सुर्खेत विमानस्थलदेखि कार्यक्रमस्थलसम्म नेपालको झण्डा, ज्ञानेन्द्रको तस्बिर र स्वागतद्वारले सजाइएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 162 पटक पढिएको
  • रेशम चौधरीलाई माफी दिने सरकारको तयारी, जनमोर्चाको आपत्ती

    कोशी   ।   सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी अन्तिम चरणमा पुर्याएको छ।२०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्युका जिल्ला र उच्च अदालतबाट मुख्य योजनाकारका रुपमा ठहरिएर जन्मकैदको सजाय सुनाइएका चौधरीलाई केही समयअघि सर्वाेच्चले पनि उक्त फैसला सदर गरेको थियो। तर, पूर्वसांसद समेत रहेका चौधरीको बाँकी कैद सजाय मिनाहाका लागि माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयसमक्ष पुर्याइएको छ।हाल चौधरीकी पत्नीमसेत रहेकी रन्जिता श्रेष्ठ मन्त्रीसमेत रहेकी छन्। र, उनी श्रीमानको रिहाईको सर्तअनुसार नै गठबन्धनमा सामेल भएर मन्त्री बन

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 518 पटक पढिएको
  • प्रधानमन्त्रीले नीति तथा कार्यक्रमकमाथि उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफनो धारणा राखेपछि प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८०
    • 241 पटक पढिएको
  • रास्वपा सांसद रवि लामिछाने विरुद्ध सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट दर्ता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ ।लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले रिट दायर गरेका हुन् । रिटको सुनुवाई जेठ १७ गतेका लागि तोकिएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 219 पटक पढिएको
  • नीति तथा कार्यक्रमाथी आज पनि छलफल जारी

    काठमाडाैँ । सरकारको नीति तथा कार्यक्रमा माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो । बैठक बिहान ११ बजे बस्नेछ।राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।स

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 262 पटक पढिएको
  • एमाले अध्यक्ष ओली आज संसदमा बोल्दै

    झापा   ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीको सचिवालयले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको बताएको छ। ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 212 पटक पढिएको
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दै प्रदर्शनमा एकीकृत समाजवादी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै नेकपा एकीकृत समाजवादीले प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा केन्द्रीय मोर्चा संगठन विभागले प्रदर्शन गरेको हो ।समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर लगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।समाजवादीको मोर्चा संगठनले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र समेत बुझाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीदेखि

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 206 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.