राजनीति

    Showing 6,081-6,090 of 10,441 items.
  • बारले आज सर्वोच्च अदालतमा धर्ना दिदै

    काठमाडौं- कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले सर्बोच्च अदालत परिसरमा धर्ना दिने भएको छ । हिजो न्याय परिषद् घेराउसहित धर्ना दिएको बारले आज सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार अब निरन्तर आन्दोलनमा उत्रेको बताए ।  संशोधित न्याय परिषद् नियमावलीविरुद्ध बारले  यसअघि प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाएको थियो ।  आफूहरूले संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले बाध्य भएर आन्दोलनमा उत्रेको महासचिव अन्जिता खनालले

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 536 पटक पढिएको
  • उपेन्द्र यादवको आरोप : काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दियो

    काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाएका छन् । वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्ट पार्टीले लिनुपर्ने बताएका हुन् । पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था  आएको भन्दै यादवले, ‘साराका सारा युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजिमा । गाउँमा युवाहरु भेटिँदैनन् । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 539 पटक पढिएको
  • एकीकृत समाजवादीमा उपनिर्वाचनको तयारी तीव्र‚ प्रदेशस्तरीय कमिटी गठन

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिरमा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ। पार्टीले भूगोललाई केन्द्रित गर्दै कमिटी गठन गरेको जानकारी पोलिटब्यूरो सदस्य मोहन गौतमले दिएका छन्। उक्त कमिटीमा पार्टीका उपाध्यक्ष‚ उपमहासचिव‚ र सचिव पनि रहेका छन्।कोशी प्रदेशमा उपाध्यक्ष जगन्नाथ खतिवडा‚ मधेसमा धर्मनाथप्रसाद साह‚ बागमतीमा डा. गङ्गालाल लुलाधर‚ गण्डकीमा पार्टी सचिव श्रीनाथ बराल‚ लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी‚ कर्णालीमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला‚ र सुदूरपश्चिम प्रदेशमा भानुभक्त जोशीला

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 385 पटक पढिएको
  • प्रस्तावित राजदूतको सुनुवाइ आजपनि जारी

    काठमाडौं- संसदीय सुनुवाई समितिमा आजपनि प्रस्तावित राजदुतहरुको सुनुवाई जारी छ । आज इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको समितिले जनाएको छ ।समितिमा प्रस्तावित राजदूतको कार्ययोजनामाथि छलफल हुनुका साथै सदस्यहरुले प्रश्न गर्नेछन् । सरकारले १४ साउनमा १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालबाहेक १७ देशका प्रस्तावित राजदूतहरुको नाम मात्र समितिमा पुगेको छ ।सरकारले सिफारिस गरेर पठाएको नामावली अनुसार समितिले आइतबारदेखि सुनुवाइ सुरु गरेको थियो ।

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 277 पटक पढिएको
  • सरकारी सन्चारमाध्यमलाई सेतो हात्ति जसरी पाल्न सकिदैन : सन्चारमन्त्री गुरुङ

    काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमहरु आर्थिक रुपमा आफैँ सक्षम हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि भएको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुले रेडियो नेपाल र नेपाल टेलिभिजनजस्ता सरकारी सञ्चारमाध्यमहरु विगतमा जनताको सेवाको लागि मात्रै स्थापना गरिएको भएपनि अब बदलिदो परिवेश अनुसार यि संस्थाहरुले आर्थिक आयआर्जन पनि गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो संगठनहरु पञ्चायतकालमा एक खालको

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 644 पटक पढिएको
  • कुटनीतिक मर्यादाभित्र रहेर काम गर्नेछु : डेनमार्कका लागि प्रश्तावित राजदुत तुलाधर

    काठमाडौं- डेनमार्कका लागि प्रस्तावित राजदुत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छन् । आईतवार संसदीय सुनुवाईको क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै उनले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गरेकी हुन् । प्रश्तावित राजदुत तलाधरले युवाहरुको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन् । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरुलाई त्यसबारे जानकारी गराउने विषयमा पनि

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 430 पटक पढिएको
  • बीआरआई परियोजना अघि बढाउन भूमिका खेल्छु : चीनका लागि प्रश्तावित राजदुत ओली

    काठमाडौं- चीनका लागि प्रश्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेको निणर्य कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् । आइतवार संसदीय सुनुवाईका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिदै प्रस्तावित राजदुत ओलीले परियोजनाबारे सरकारले गरेको निणर्य कार्यान्वयनका लागि राजदुतका रुपमा आफू प्रयत्नशील रहने बताएका हुन् । ओलीले नेपालले उत्तर-दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे । उनले चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भ

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 498 पटक पढिएको
  • नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज

    काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुटेपछि २३ साउनदेखि जारी बैठक ७ भदौदेखि अवरुद्ध भएको थियो ।बैठकमा थापाको चुनावी गठबन्धन नगर्ने प्रस्ताव उनको भावना कायम राख्दै पारित गरिनेछ । शर्माको एक्जिट पोलिसीलाई संविधान संशोधनको समयमा बहसका लागि राख्ने तयारी गरिएको छ ।बैठक दिउँसो ३ बजे सुरु हुनेछ, जहाँ बाँकी पाँचजना सदस्यहरूले धारणा राखेपछि सभापति शेरबहादुर देउवा र अन्य नेताहरूले अन्तिम निर्णय गर्नेछन् । त्यसअघि, १५औं महाधिवेशनको कार्यतालिका निर्धारण तथा संविधान संशोधन मस्यौदा समिति गठन गर्नेलगायत विषयमा सहमति

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 414 पटक पढिएको
  • प्रचण्डलाई जवाफ दिँदै प्रधानमन्त्रीले भने : मैले १७ हजार मान्छे मारेको हो र ?

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्ने भनेर दिएको चेतावनीको जवाफ फर्काएका छन् । प्रचण्डले नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै हुने अभिव्यक्ति दिएपछि ओलीले आफूले १७ हजार मान्छे नमारेको भन्दै खुट्टा नकमाउने बताएका हुन् ।शनिबार क्याप्टेन रामेश्वर थापाको ‘इन्ट द फायर’ को पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले बेथिति आजको समयमा चलाउन नसकिने तर्क गरेका छन् । बंगलादेशमा केही भयो भनेर नेपालमा त्यहीँ हुने नेपाल कुनै देशको फोटोकपी मेसिन होइन भन्ने उनको प्रश्न थियो । प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानको संरक्

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 525 पटक पढिएको
  • कांग्रेसका शीर्ष नेताहरूको बैठक निष्कर्षविहिन

    काठमाडौं–नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक कुनै ठोस निष्कर्षमा नपुगी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा छलफल भए पनि पूर्ण सहमति जुट्न नसकेको हो । बैठकमा चुनावी तालमेल‚ महाधिवेशन तालिका‚ र एक्जिट पोलिसीलगायत विषयहरूमा कुराकानी भएको एक नेताले जानकारी दिएका छन् । नेताहरूबीच आउँदो चुनावमा कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने उद्देश्यसहित मैदानमा उत्रनेबारे चर्चा भएको थियो । शीर्ष नेताहरूको बैठक आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको थियो । १५औं महाधिवेशनको कार्यतालिका केन्द्रीय

    • प्रकाशित मितिः भदौ १५, २०८१
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.