राजनीति

    Showing 6,111-6,120 of 10,441 items.
  • एमाले सचिवालय बैठक भोलि बस्दै, के-के छन् एजेन्डा?

    काठमाडौँ- नेकपा एमालेले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेन्डा’ तय गरेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ।केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो। बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए। एमालेले भोलि दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 458 पटक पढिएको
  • बक्यौता उठाउनुपर्छ भन्दा कुलमानलाई कारबाही गर्नु हुदैन : अर्जुन नरसिंह केसी

    काठमाडौ- नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताउनु भएको छ ।  बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले वक्यौता रकम उठाउनुपर्छ भनेकै आधारमा कारबाही गर्न नहुने बताउनु भएको हो ।  केसीले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दापनि सम्पूणर् वक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए ।  घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने केसीको तर्क छ । सार्वजनिक लेखा समितिको सदस

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 564 पटक पढिएको
  • दुई प्रदेशमा माओवादी केन्द्रको परामर्श बैठकको कार्यतालिका हेरफेर

    काठमाडौँ- नेकपा माओवादी केन्द्रले दुई प्रदेशमा परामर्श समिति बैठकको कार्यतालिका हेरफेर गरेको छ । सम्बन्धित प्रदेशका इञ्चार्जहरुसँगको परामर्शअनुसार कोशी प्रदेश र मधेश प्रदेशमा  परामर्श समितिको बैठक तालिका परिवर्तन गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । जसअनुसार कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २२ र २३ गते हुनेछ भने मधेश प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको बैठक भदौ २४ र २५ गते हुनेछ । यसअघि भदौ २२ र २३ गते मधेश प्रदेश तथा भदौ २४ र २५ गते १ नम्बर प्रदेशको बैठक तोकिएको थियो । अन्य प्रदेशमा भने पूर्व निर्धारित कार्यतालिका अनुसार न

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 454 पटक पढिएको
  • योगेश भट्टराईले माओवादीलाई ‘हिंसा’बाट आएको भनेपछि ... (भिडियोसहित)

    काठमाडौँ- नेकपा एमाले सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको हो ।भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ती भट्टराईले दिएका थिए । सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले ‘हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन’ भन्ने अभिव्यक्ति दिए । सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदले उठेर आपत्ति जनाएका थिए। जवाफमा भट्टराईले भने, ‘अ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 539 पटक पढिएको
  • वर्तमान सरकार नांगियो : सुदन किराँती

    काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको सरकार पनि सोही अवस्थामा पुगिसकेको आरोप लगाए । सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन‚’ उनले भने‚ ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’उनले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको उल्लेख गरे ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 393 पटक पढिएको
  • युवाहरुको बिरोधको बोली सरकारले सुन्नुपर्छ : सांसद ढकाल

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा प्रधानमन्त्री र कांग्रेस सभापतिविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई खोजी गरी पक्राउ गर्न थालिएपछि यस विषयमा संसदमा कुरा उठेको छ । समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको आजको बैठकमा कुरा उठाएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।   प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टँुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले भाषण विरोध गरेको भन्

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 388 पटक पढिएको
  • अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउदै

    काठमाडौं- पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाई हुदैछ । यसअघि पटक पटक सर्दै आएको सापकोटाविरुद्ध रहेको उक्त मुद्धामा आज प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले निणर्य सुनाउन लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा मुद्दा सुनुवाइ भएको थियो ।द्धन्द्धकालिन विषय जोडिएको उक्त मुद्धा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । माओवादी सशस्त्र द्धन्द्धका बेला काभ्रेका अर्जुन लामाको हत्य

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 373 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक किन सर्यो ?

    काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति सरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले भदौ १६ गते आइतबारको दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने निर्धारण गरेको हो । यसअघि भदौ १२ गतेका लागि निर्धारण गरिएको उक्त बैठक संघीय संसद्को नियमित बैठकका कारण मिति परिर्वतन गरिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहनेछ । 

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 377 पटक पढिएको
  • एकीकृत समाजवादी पदाधिकारी निर्वाचन : मत गणना सुरु

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।  पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन्। 

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 308 पटक पढिएको
  • प्रचण्डले आक्रोश पोख्नु सरकार गुमाउनुको पीडा : रामहरि खतिवडा

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन्।मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे। अध्यक्ष प्रचण्डको आक्रोश कांग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको पनि बताए। विगतमा दाहाल नेतृत्वको सरकारका कामहरू पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रस्तुत हुन नसकेको बताए।सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालिन प्रतिपक्ष दल

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • 423 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.