राजनीति

    Showing 6,191-6,200 of 9,647 items.
  • एमाले नेता जङ्गलमा मृत फेला

    झापा- नेकपा एमालेका काठमाडौँका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको साँखु प्रहरीले जनाएको छ ।उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए । 

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • 110 पटक पढिएको
  • आज एमाले अध्यक्ष ओलीको ७२औँ जन्मदिन

    झापा : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको ७२औं जन्मदिन।  बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा  ओलीको जन्म भएको थियो।२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै पहिलो पटक एमालेको अध्यक्ष बनेका हुन्।त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली पार्टी फुटसँगै एमालेको अध्यषअध्यक

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 182 पटक पढिएको
  • फरार सांसद लक्ष्मी कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । जहाँ फरार सांसद लक्ष्मी चौधरी कोइरीको पनि नाम समावेश छ ।उनी निलम्बनमा नपरेका कारण उनको नाम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् । मतदाता नामावलीका सम्बन्धमा दाबी, विरोध र उजुरी गर्ने समय सुरु भएको र उजुरी आएको खण्डमा त्यसउपर छलफल हुने पनि आयोगले जनाएको छ ।गत ४ मंसिरको चुनावमा महोत्तरी-१बाट निर्वाचित कोइरीमाथि मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई जबरजस्ती निकालेर हत्या गरेको आरोप छ । उनलाई उच्च अदालतले फरारको सूचीमा राख्दै पक्राउ गरेर अदालत पेस गर्न

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 235 पटक पढिएको
  • महन्थलाई राष्ट्रपति बनाउन देउवासित लोसपा नेताको आग्रह

    झापा -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ । बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग लोसपाका नेताहरूले राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरिएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।मुलुकको परिस्थितिलाई विचार गरेर राष्ट्रपति सहमतिका आधारमा बनाउनुपर्ने र उचित पात्र ठाकुर भएको

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 150 पटक पढिएको
  • प्रधानमन्त्री दाहाल कतार जाने तयारीमा

    झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा रहनु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।अल्पविकसित राष्ट्रहरुको सम्मेलन दोहामा फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवं राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 157 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनिया राजदूतले भेट गरेको केही घण्टामै ओली प्रचण्डलाई बालुवाटार पुगेका हुन्। उनीहरुबीच अहिले वार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा निर्णय लिनेगरी छलफल शुरु भएको जनाइएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • 157 पटक पढिएको
  • गौरीशंकर स्मृति सभा बिर्तामोडमा

    झापा । झापाको विर्तामोडमा मंगलबार गौरीशंकर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित १२ औं स्मृति सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिब  हरिबोल गजुरेलले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।गजुरेलले दीगो समाधान भनेकै सहमति र सहकार्य भएकाले सहमतिको बाटो अवलम्बन गर्नु अहिलेको आवश्यकता भएको बताए ।केन्द्रीय सचिब तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले गौरीशंकरको स्मरण गर्दै पूर्वको आन्दोलन  र परिवर्तनका निम्ति गौरीशंकरले खेलेको भूमिका र उनको योजनाले नै अहिलेसम्म पार्टी र संगठनलाई यहाँसम्म ल्याइपुर्याएको बताए । कार्यक्रममा माओवादीका पोलिटब्युरो सदस्य अजम्ब

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 368 पटक पढिएको
  • एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

    झापा : नेकपा एमालेले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि  मनोयनको फागुन १३ गतेलाई तोकेको छ। एमालेले सत्ता साझेदार दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार उक्त दिन मात्रै सार्वजनिक गर्ने भएको हो। विराटनगरमा पुगेर एमाले अध्यक्ष ओलीले राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुने जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’उनले भने,  ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’ओलीले नेकपा एमाले र माओव

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 103 पटक पढिएको
  • राजनीतिक दलसँग पूर्व राजा ज्ञानेन्द्र शाहले गरे सहकार्यको प्रस्ताव

    झापा- पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र जोखिममा परेको भन्दै राजनीतिक दलसँग सहकार्यको प्रस्ताव गरेका छन् ।राष्ट्रिय  प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै शाहले देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दल र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताए। उहाँले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने उल्लेख गरे ।पछिल्ला वर्षमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको भन्दै शाहले चिन्ता व्यक्त गरे । उहाँले देशको परिस्थितिले आशा जगाउन

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 209 पटक पढिएको
  • राष्ट्रपतिबाट माफी पाएका सांसद चौधरी आज रिहा हुँदै

    झापा- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्।  कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्। कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाव

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 154 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.