राजनीति

    Showing 6,201-6,210 of 10,441 items.
  • रास्वपाले मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निणर्य गरेको हो ।यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निणर्य गरेको थियो । यद्यपी ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् । ढकालले पार्टीको निणर्य कानुन विपरित भएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् । यस्तै बैठ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 576 पटक पढिएको
  • रास्वपाको आज बस्ने केन्द्रीय समितिमा अनुशासन आयोगको प्रतिवेदनमाथि छलफल हुने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेलाई बोलाइएको बैठकमा सहभागी हुन केन्द्रीय सदस्य पार्टी कार्यालय पुग्नेक्रम जारी छ ।आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 506 पटक पढिएको
  • आज संसद्‌का विभिन्न चार समितिको बैठक

    काठमाडौं— सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा  भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रि

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 473 पटक पढिएको
  • युवा संघले नेपालमा ‘एआई’ सम्मेलन हुने

    काठमाडौं-  नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ । नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो ।एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी प्रदान गरिने युवा संघ नेपालले जनाएको छ ।सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रि

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 566 पटक पढिएको
  • संविधान संशोधन गर्ने भए खुला बहस गरौँ : माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताएका छन् । मंगलबार कांग्रेस नेता स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताएका हुन् । ‘तबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’ उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 552 पटक पढिएको
  • वर्तमान गठबन्धनप्रति शंका नगर्नु : देउवा

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबीचको गठबन्धन तोडिनेमा शंका नगर्न आग्रह गरेका छन् । स्वर्गीय कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सहमति अनुसार नै अघि बढ्ने दाबी गरे । “केपी शर्मा ओली र मेरोबिचमा भएको सहमति कसैको दबाबमा हैन, यो सहमतिप्रति शंका/उपशंका गर्न आवश्यक छैन”, देउवाले भने, “सहमति पालनामा कांग्रेस प्रतिबद्ध छ ।”उनले संविधान संशोधन लगायतका विषयमा पनि सहमति गरिने बताएका छन् । संशोधन लोकतन्त्रका मूलभूत सिद्धान्तअ नुरूप नै हुने देउवाको दाबी छ । गठबन्धन कसैका

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 200 पटक पढिएको
  • कोशी प्रदेशसभा बैठक भदौ १८ मा बस्ने

    विराटनगर- कोशी प्रदेश सभाको बैठक आगामी भदौ १८ गतेका लागि बोलाइएको छ । दुई तिहाई बहुमत सरकारको छायाँमा प्रदेश सभा परेको भन्दै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् । यसअघि ८ असारमा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो । मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले त्यस यता बैठक बोलाएका थिएनन् । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई दबाब दिएका थिए ।&nb

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 240 पटक पढिएको
  • देउवासँग लोसपा महासचिवको आग्रह: फेरि प्रधानमन्त्री बन्न गठबन्धन नभत्काउनुस्

    काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले वर्तमान गठबन्धनलाई कायम राख्न कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभामा बोल्दै उनले छैटौँपटक प्रधानमन्त्री बन्ने आकांक्षाले गठबन्धनको भविष्य तलमाथि नपारिदिन आग्रह गरेका हुन् । दुई ठूला राजनितिक दल कांग्रेस र एमाले कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताउँदै झाले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न देउवालाई आग्रह गरे ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 124 पटक पढिएको
  • मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

    दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 510 पटक पढिएको
  • लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

    दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै छन् । प्रदेश सभाको जारी बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन कार्य भइरहेको छ । प्रदेश सभाको चौथो अधिवेशनको २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् । गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    • प्रकाशित मितिः भदौ ४, २०८१
    • 198 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.