राजनीति

    Showing 6,221-6,230 of 9,634 items.
  • प्रचण्ड र विप्लव बालुवाटारमा भेटबार्ता

    प्रदेश ब्युरो । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आइतबार साझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसग भेट्नको लागि विप्लव आइतबार साँझ बालुवाटार पुगेका हुन् ।यसअघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको लागि विप्लव काठमाडौं आएको बुझिएको छ । भेटवार्तामा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरापनि सहभागी थिए ।यसअघि महराले पार्टी एकता गर्नेगरि विप्लवसँग नवलपरासीमा पुगेर भेटवार्ता गरेका थिए । आइतबारको भेटवार्तामा पनि दुई दलबीच एकता गर्नेबारे छलफल भएको बुझिएको छ ।

    • प्रकाशित मितिः माघ २३, २०७९
    • 318 पटक पढिएको
  • रास्वपा सरकारबाट बाहिरियो, सबै मन्त्रीद्धारा सामुहिक राजिनामा

    झापा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ तर सरकारलाइ दिएको समर्थन भने कायम छ।आइतबार पत्रकार सम्मेलन गर्दै रविले रास्वपा सरकारबाट बाहिरिएको जानकारी दिएका छन् ।यो जानकारीसँगै रविले रास्वपाबाट मन्त्री बनेका सम्पूर्णले सामुहिक राजिनामा दिएको समेत जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 378 पटक पढिएको
  • माघ २६ देखि माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम

    झापा । नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघ देखी सुरु गर्ने भएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार २६ माघ देखि ५ फागुन प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने छ । सो बैठकले स्थानीय तहको फिल्डको जिम्मेवारी बुझ्ने छ । 

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 154 पटक पढिएको
  • सरकार बारे निर्णय गर्न रास्वपाको बैठक आज बस्दै

    प्रदेश ब्युरो । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय हुने बताइएको छ ।यसअघि शनिबार साँझ बसेको रास्वपाको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेकका अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।रास्वपाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि छलफल हुने र निर्णय लिइने बताइएको छ

    • प्रकाशित मितिः माघ २२, २०७९
    • 127 पटक पढिएको
  • गृहको लफडाबारे छलफल गर्न प्रचन्डलाइ भेट्न ओली बालुवाटारमा

    प्रदेश ब्युरो  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ ।राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिनेबारे छलफल गर्न ओली बालुवाटार गएका हुन् । पछिल्लो समय पेचिलो बन्दै आएको गृह मन्त्रालय रास्वपालाई दिनुपर्ने ओलीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । तर प्रचण्ड रास्वपालाई गृहमन्त्रालय नदिने पक्षमा छन् । रास्वपाले दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ।

    • प्रकाशित मितिः माघ २१, २०७९
    • 101 पटक पढिएको
  • रास्वपाका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिए

    झापा । चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै लागे पनि पछिल्लो समय पार्टी खराब हुँदै गएको निष्कर्ष निकालेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा दिएका छन् ।उनले पार्टीमा व्यक्तिवादी हैकम र अराजकता बढी भएको आरोपसमेत लगाएका छन् । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुन्द ढकाललाई राजीनामा बुझाएका हुन् । पार्टीले जिल्ला कमिटीलाई बेवास्ता गरेको र जिल्ला कमिटीसँग कुनै पनि विषयमा कुनै सरसल्लाहसमेत नभएको आरोप पनि उनले लगाएका छन् ।उनले देशभरका पार्टीका जिल्ला कमिटीहरुको अवस्था यस्तै भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।पछिल्लो समय रास्वपामा सां

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 128 पटक पढिएको
  • किसानका आवाज उठाउदै सांसद गगन थापा

    प्रदेश ब्युरो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना किसानहरूलाई सरकारले दिने निर्णय गरेको क्षतिपूर्ति रकम यथाशीघ्र भुक्तानी गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री थापाले सरकारले पहिल्यै निर्णय गरिसकेको ५८ करोड रुपैयाँ क्षतिपूर्ति रकम दिन ढिला सुस्ती भइरहेको प्रति प्रश्न गरे ।‘अहिले सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । सरकारले बर्ड फ्लुको संक्रमण फैलिन नदिन क्षतिपूर्ति दिने घोषणा गरेर किसानका फार्ममा हुर्किरहेका कुखुरा नष्ट गर्‍यो, सरकारले उनीहरूलाई क्षतिपूर्ति दिने भनेको छ, कृषि मन्त्रालयले निर्णय पनि गरिसकेको छ,’

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 95 पटक पढिएको
  • प्रधानमन्त्रीले भने सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्दै यस्तो बताएका हुन् ।सो अवसरमा प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गरे । उनले भने, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप  बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम ग

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 112 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

    प्रदेश ब्युरो । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।सिन्धुलीका युवराज पौडेलले निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको उक्त पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको सवैधानिक इजलासको फैसलाले अनागरिक भएको ठहर गरेको र निजले दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनत अवैद्यानिक नागरिकता पेश गरी निजको अध्यक्षतामा बैठक बसेर दल खोल्न गरेको निर्णय अवैद्यानिक ठहर भएको रहेको उजुरीमा उल्लेख छ ।उक्त पत्रमा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम अन्तर्गत राष्ट

    • प्रकाशित मितिः माघ १८, २०७९
    • 114 पटक पढिएको
  • संसदमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीले सात दिनभित्र जवाफ दिनुपर्ने

    झापा – प्रतिनिधिसभाको सून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिले नयाँ संसद नियमावलीमा उक्त प्रावधान समावेश गर्न लागेको छ । संघीय संसदका प्रवक्ता एकराज गिरीले नियमावलीको नियम १५ को सून्य र विशेष समयको दफा २ को १ मा पाँच दिनको सट्टामा सात दिनभित्र सभामुखमार्फत सदनलाई जवाफ उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको बताए ।समितिले प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद– ४ को नियम ११ देखि १६ सम्म दफावार छलफल गरेको उनले जानकारी दिए । यस्तै कार्यव्यवस्था परामर्श समितिमा २१ सांसद रहने व्यवस्था पनि नियमावलीले गरेको

    • प्रकाशित मितिः माघ १७, २०७९
    • 93 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.