राजनीति

    Showing 6,231-6,240 of 10,441 items.
  • व्यक्तिले समाजका लागि दिने योगदानलाई समयअनुसार मापन गर्नुपर्छ : विद्या भण्डारी

    काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छिन्। शनिबार काठमाडौँमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने उनको भनाइ थियो। स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखि राजनीतिमा होमिएको स्मरण उनले गरिन्। ‘कुनैपनि व्यक्तिले समाज र राष्ट

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 408 पटक पढिएको
  • किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीको चासो

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गरे। सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुदानमा रहेको छ। किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 462 पटक पढिएको
  • तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

    राजविराज- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकलचालक सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर बस्ने अन्दाजी ४१ वर्षीय महेशकुमार मेहता र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ।महेशको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते जयप्रकाशको कञ्चनरूप(१२ स्थित धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जा

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 624 पटक पढिएको
  • थामेका बाढी पीडितको राहत र उद्धारमा मुख्यमन्त्रीको निर्देशन

    काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढी पहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।उनले उद्धार र राहतसहित प्रदेश तत्काल पीडितहरूसँग पुग्ने बताए । सोलुखुम्बु जिल्लाको खम्बु पासङ्ल्यामु गाउँपालिका नाम्चेबाट उत्तर पश्चिममा पर्छ ।नाम्चेबाट ५ घण्टाको दुरीमा पर्ने थामेको थोेमुमा बाढीले वितण्डा मच्चाएको हो । त्यहाँ ४० जति घर रहेको प्रहरीले जनाएको छ । सोलुखुम्बुको तिब्बतसँग जोडिएको नाका नाङ्पाला जाने बाटोमा थोमु गाउँ पर्छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 448 पटक पढिएको
  • सरकारले निराशालाई आशामा बदल्नुपर्छ, त्यसैका लागि हो एमाले-कांग्रेस मिलेको : शङ्कर पोखरेल

    काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्।ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको हो भने। उनले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा ९मोडेल०मा पनि ध्यान दिनुपर्ने बताए। जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गर

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 350 पटक पढिएको
  • गठ्ठाघर घटनाको छानबिन गर्न एसपी केसीको नेतृत्वमा छानबिन समिति

    काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो । उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीले जानकारी दिए ।  प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।यसअघि लेखकले एक जनाको ज्यान जानेगरी भएको गठ्ठाघरको उक्त सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए । ब

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 634 पटक पढिएको
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौँ-  नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २०८१ भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको महासचिव भुसालको भनाइ छ ।सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 429 पटक पढिएको
  • महिला भलिबलका १४ खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

    काठमाडौँ-  सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 433 पटक पढिएको
  • भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौँ। भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो।  भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्। साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ। 

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 451 पटक पढिएको
  • गठ्ठाघर घटनाबारे प्रहरी भन्छ : स्कुटर चालक पुरुष हुन्, घटना साम्य बनाउन २२ राउण्ड अश्रुग्याँस प्रहार भयो

    काठमाडौँ-भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले  बताए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा।४९ प ८९४४ नम्बरकको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 597 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.