बिर्तामोड / मधेशको राजनीतिमा स्थापित नेता एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आज नयाँ दलको घोषणा गर्ने भएका छन् । त्रिपाठीले छुट्टै दल बनाउने भएपछि मधेशको राजनीतिमा अर्को प्रतिस्पर्धी दल समेत थपिने भएको छ ।उनले पार्टीको नाम जनता प्रगतिशील पार्टी राखेका छन् । आज काठमाडौंमा एउटा कार्यक्रम गरेर उनले नयाँ पार्टीको घोषणा गर्ने कार्यक्रम रहेको छ । त्रिपाठीको पार्टीमा अर्का सांसद बृजेशकुमार गुप्ता पनि रहेको भनिएपनि अन्य नेताको विवरण भने सार्वजनिक भएको छैन ।२०७४ को संसदीय निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्हमा उम्मेदवार बनेका त्रिपाठी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । गुप्ताले पनि एमालेकै सूर्य चि
काठमाण्डौ / प्रतिनिधि सभाको बैठक आज (मंगलबार) २ बजेका लागि तय भएको छ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।आजदेखि हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता भने कार्यसूचीमा परेको छैन ।आज सुरु हुने बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय’ (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।त्यसैगरी भौतिक पूर्व
काठमाण्डौ / सभापतिको दौडबाट बाहिरिएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।देउवाले प्रकाशमानलाई भावी प्रधानमन्त्री बनाउने बचन दिएकाले देउवालाई सघाउने निर्णयमा उनी पुगेको बताईएको छ । भेटपछि नेता सिंहले भने ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमीकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।’
बिर्तामोड / नेपाली कांग्रेसको जारी महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचनमा सभापति पदमा जितका लागि आवश्यक मत कसैले प्राप्त नगरेपछि पुन निर्वाचन हुने भएको छ ।कांग्रेसको विधान अनुसार जितका लागि आवश्यक ५० प्रतिशत भन्दा वढी मत कुनै पनि उमेद्धारले ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान आजै हुने भएको हो । सभापति पदमा उमेद्धार बनेका पाँच जना मध्ये सबैभन्दा वढी मत ल्याउने दुई जनाबीच चुनावी प्रतिष्पर्धा हुने भएको हो ।सभापतिका उमेद्धार शेरबहादुर देउवाले जितका लागि आवश्यक थप ८३ मत प्राप्त नगर्दा पुन निर्वाचन हुने भएको छ । सभापतिमा जितका लागि २३४१ मत आवश्यक पर्थ्यो। सबैभन्दा बढी मत पाएक
काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । विहान ८ देखि ५ बजेसम्म मतदानको समय तोकिएको थियो । तर, दिउँसो साढे ११ बजेमात्र मतदान सुरु भएपछि थप चार घण्टा समय थप गरिएको हो । अपरान्ह ५ बजेसम्म १९९३ जनाले मत खसालेका प्रचार समिति संयोजक सुरेश आचार्यले जानकारी दिए ।मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४७२३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।
कास्की / नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । माओवादीको प्रदेश अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो । गण्डकी प्रदेश कार्यालय सदस्य उनी गण्डकी प्रदेशसभा सांसद पनि हुन् । माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।आकांक्षीहरु धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो । दीपक कोइरालालगायत अध्यक्षको दाबेदार थिए । आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी
काठमाडौँ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टापछि मात्र भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको हो । कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन्
काठमाडौँ / संघीय संसद्को दुबै सदनको अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ । गत मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको भोलिको बैठकमा अघिल्लो अधिवेशन अन्त्य भएपछि जारी भएको अध्यादेश पेस हुने कार्यसूची रहको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । यसैगरी भोलीको बैठकमा यसभन्दा अघिल्लो अधिवेशनमा सदनमा पेस भएका अध्यादेशहरु निर्णयार्थ पेस हुने र राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सु
काठमाडौँ / नेकपा (एमाले)ले प्रदेश अधिवेशनका लागि प्रदेश कमिटीका गठन गरेको छ ।एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले सात भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि कमिटी गठन गरेको हो । जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टिका चेम्जोङ, सचिवमा चिन्तन पाठक, सहसचिवमा धन तामाङ र शैलेश लामा रहेका छन् । त्यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा. कृष्ण पौडेल, सहसचिवमा फर्मुद नदाब र आरती भण्डारी रहेका छन् । बागमतीको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरी सुव
काठमाडौं / नेकपा एमालेले केन्द्रीय सदस्यमा ४४ जनालाई मनोनित गरेको छ । आइतबार भक्तपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले विधानको व्यवस्था अनुसार स्वास्थ्य उद्यमी दुर्गा प्रसाईसहित ४४ जनालाई मनोनित गरेको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सोही अनुरुप बैठकले मनोनीत गरेको हो ।विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ । पुरुषतर्फ मनोनीत हुनेमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.