राजनीति

    Showing 6,281-6,290 of 10,441 items.
  • जसपा नेपालको केन्द्रीय समिति बैठक जारी, समाजवादी अवधारणामाथि छलफल

    काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी,नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ ।ललितपुरको सानागाउँमा आईतवार बैठक सुरु भएको हो । ४ दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेण्डा प्रस्तुत गरेको छ ।वर्तमान भू—राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भुमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रियरजातीय मुुक्तिको सवाल,नेपालको सन्दर्भमा समाजवाद सम्बन्धि अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेण्डा छन् ।त्यस्तै स्थानीय तह, प

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 407 पटक पढिएको
  • माओवादी क्षयीकरण हुनुका १० कारण

    काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। पार्टी भित्र एक पटक देशकै ठूलो दल बनेको पार्टी किन क्षयीकरणको सिकार भएको भन्ने विषय जोरजवरजस्त उठेको छ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बुँदे लिखित कारण पेश गरेका ५न् । २०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।साउन २५ देखि जारी स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्‌

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 834 पटक पढिएको
  • जसपाको केन्द्रीय समिति बैठक आजदेखि, एजेन्डामा के छन् ?

    काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । यो बैठक आगामी साउन ३० गतेसम्म चल्ने पार्टीले जानकारी दिएको छ । मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरण लगायतका विषयमा छलफल हुनेछ।पार्टीका अध्यक्ष उपेन्द्र यादवले बैठकमा राष्ट्रिय राजनीतिक सन्दर्भ, वैचारिक अवधारण र संविधान संशोधनको आवश्यकता बारे चर्चा हुने जानकारी दिएका छन् । परराष्ट्र नीति, र समाजवादसम्बन्धी अवधारणाबारे समेत चर्चा गरिनेछ । बैठकमा जनपरिचालन अभियान, सदस्यता वितरण, र संगठन निर्माणसम्बन्धी कार्यक्रमहरूको कार्ययोजना तय गरिनेछ ।  यो बैठक ललितपुरको सानागाउँस्थित थसी बै

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 319 पटक पढिएको
  • रवि लामिछानेको दाबी : रास्वपा अहिलेसम्म ठीक छ

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी अहिलेसम्म ठिक भएको जिकिर गर्दै लय पक्रिने क्रममा रहेको बताएका छन्। सातै प्रदेशमा भएको ‘क्लोज क्याम्प’ उत्साहपूर्ण रुपमा सकिएको जानकारी गराउँदै सभापति लामिछानेले पार्टी परिपक्व हुने चरणमा रहेको उल्लेख गरेका छन्। ‘पार्टी परिपक्व हुने चरणमा छ। हामी विल्कुल ठिक छौँ, लय पक्रदैछौँ। स्थापनाको २ वर्षमा हामीले जानेर भन्दापनि जानेको गर्यौं,’ सभापति लामिछानेले भनेका छन्।साथै, उनले प्रदेशस्तरको छलफलबाट प्राप्त वैचारिक, राजनीतिक र सांगठनिक एवं विधान संशोधनको सुझावबारे केन्द्रीय समितिमा घनीभूत छलफल हुने बताएका छन्

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 475 पटक पढिएको
  • विशेष अदालत बार एशोसिएसनमा कुँवर नेतृत्वको प्यानल नै निर्वाचित

    काठमाडौँ। विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर  निर्वाचित भएका छन्।नयाँ कार्यसमितिका शनिबार लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बञ्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए।१३ सदस्यीय कार्यसमितिका सदस्यहरुमा सन्तोष कोइराला, गौरव डाँगी, शिवराम श्रेष्ठ, वसन्त जोशी, कुमारराज कार्की, यज्ञप्रसाद खतिवडा, बोलाराम पाण्डे र गंगाराम खनाल रहेका छन्।नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।रासस

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 384 पटक पढिएको
  • बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव

    काठमाडौँ- नेकपा माओवादी केन्द्रले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।उनका अनुसार, देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, सङ्घर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा आजको बैठकमा छलफल भएको छ ।यस्तै, पार्टीभित्र व्यापक रूपमा

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 535 पटक पढिएको
  • कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवा पक्राउ

    काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र नेपाल प्रहरीबिच शनिबार माइतीघरमा झडप भएको छ । माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बिच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो। झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ। तस्बिरहरू स् नेपाल फोटो लाइब्रेरी्

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 647 पटक पढिएको
  • बंगलादेशमा हिन्दुमाथि भएको अत्याचारप्रति कमल थापाको आपत्ति

    काठमाडौँ- राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ । शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक विज्ञप्ति जारी गरी सो हिंसात्मक गतिविधिको विरोध गरेका हुन् । विज्ञप्तिमा उनले भनेका छन् : ‘आन्दोलनको बलमा सत्ता परिवर्तन भैसकेपछि पनि हिन्दूहरूमाथि अमानवीय र निर्मम आक्रमण हुनु तथा मन्दिरहरुमा तोडफोड गरिनु मानव अधिकारको ठाडो उल्लंघन हो। धार्मिक आस्थाको आधारमा भएका हिंसाको राप्रपा नेपाल घोर भत्सर्ना र विरोध गर्दछ।’अध्यक्ष थापाले हिंसात्मक प्रदर्शनको क्रममा हिन्दुहरूमाथि संगठित आक्रमण भैरहेको समाचारले विश्वभरका सनातन धर्मावलम्बीहरूलाई स्तब्ध बनाएको

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 373 पटक पढिएको
  • सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । लायन्स क्लबले शनिवार काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु  प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 286 पटक पढिएको
  • चूडामणि शर्माले आफूलाई गैरकानुनी तरिकाले थुनामा पठाएको भन्दै सर्वोच्चमा दिए निवेदन

    काठमाडौँ- विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वप्रशासक चूडामणि शर्मा साउन २३ गते आत्मसमर्पण गरेर थुनामा बसेका छन्।थुनाबाहिरै रहेर विशेष अदालतको फैसलाविरूद्ध पुनरावेदन गर्न नपाएपछि उनले आत्मसमर्पण गरेका थिए।कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा उनी दोषी ठहर भएका थिए। उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए।अख्तियार दुरूपयोग अनुसनधान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 488 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.