राजनीति

    Showing 6,421-6,430 of 10,441 items.
  • लुम्बिनी मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दाबी पेस

    काठमाडौँ- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले(कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सां

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 369 पटक पढिएको
  • सांसदले सोधेका प्रश्नको उत्तर दिन उभिएका प्रधानमन्त्रीले विषयान्तर गरेपछि वर्षमानको नियमापत्ति

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । ओलीले जवाफ दिँदा विषयान्तर गरी जवाफ दिने प्रयास गरेका छन् । लिखितभन्दा पनि अलिखित विषयबीचमा आएकाले त्यसको जवाफ दिनुपरेको ओलीले बताएका छन् । त्यसअघि प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादी सांसद वर्षमान पुनले नियमापत्ति गरे । उनले उठेर समय मागे र सभामुख देवराज घिमिरेले समयदिएपछि विषयमा बोल्न सभामुखले रुलिङ गुर्नपर्ने माग गरे। सभामुखले विषयमा ल्याउन प्रयन्त भइरहेका बताए। केही बेरको नोकझोकपछि प्रधानमन्त्री ओली कांग्रेस सांसद धनराज गुरुङले राखेको प्रश्नहरूको उत्तर दिन थाले।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 352 पटक पढिएको
  • अमर्यादित सांसद, संसद्मै चपाए शशांकले गुट्खा

    काठमाडौँ- नेपाली कांग्रेस सांसद शशांक कोइरालाले प्रतिनिधिसभाको बैठक चलिरहँदा सूर्तीजन्य पदार्थ सेवन गरेका छन् । सोमबारेका प्रतिनिधिसभा शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेको बेला उनले गुट्खा सेवन गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखिएको थियो । पहिलेदेखि नै केही कुरा चपाइरहेको देखिने कोइरालाले सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर मुन्टोमाथि गर्दै दुई हातले गुट्खा खाएको देखिन्छ ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 304 पटक पढिएको
  • लोकतन्त्रलाई सुदृढ बनाउन नेकपा एसको भूमिका महत्त्वपूर्ण : अध्यक्ष नेपाल

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने पनि बताएक छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 372 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आज अपरान्ह  १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ । ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुँदैछ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा छन् । यस्तै, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ । 

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 378 पटक पढिएको
  • बागमतीमा नेपाली कांग्रेसले पहिलो मुख्यमन्त्री पाउँदै, आजै दाबी पेश गर्ने तयारी

    काठमाडौं–बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने भएको छ । एमालेको समर्थनमा बागमती प्रदशेसभामा कांग्रेसले नेतृत्व गर्न लागेको हो । आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धन अनुसार एमालेको समर्थनमा लामा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा भएका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 281 पटक पढिएको
  • प्रधानमन्त्रीले पाए दुई तिहाई बढी मत

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत पाएका छन्। उनले आज विश्वासको मत पाउँ भनी पेस गरेको प्रस्तावमाथि सांसदरूले मत हाल्दा दुई तिहाइ भन्दा बढी मत पाएका छन्। उनलाई सत्ता घटकका नेपाली कांग्रेस, नेकपा एमाले, जसपा (दुवै), नाउपा, लोसपा, जनमत पार्टी र २ स्वतन्त्र सांसदले मत हालेका हुन्। उनको पक्षमा १८८ मत परेको छ। उनको विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायका दलले मतदान गरेका छन्। 

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 246 पटक पढिएको
  • संविधान संशोधन रहर होइन आवश्यकता हो : प्रधानमन्त्री ओली

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन रहर नभई आवश्यकता भएको बताएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वास मतसम्बन्धी प्रस्तावमा उठेका छलफलमाथि जबाफ दिँदै प्रधानमन्त्री ओलीले जनताको चाहनाअनुसार संविधान संशोधन हुन सक्ने बताए।‘संविधान संशोधनीय, गतिशील र जीवन्त दस्तावेज हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो आवश्यकता र जनताको मागअनुसार संशोधन हुन्छ, हुन सक्छ। रहरको विषय होइन आवश्यकताको विषय हो।’उनले यसअघि सर्वसम्मतिमा संविधान संशोधन भएको पनि बताए। त्यसबेला पनि केही सांसदहरूले असहमति राखेको ओलीले सुनाए।‘जो जसका जेसुकै राजनीतिक भिन्नता भए पनि एक ठाउँमा आएर संविधान संशोधन हुने रहेछ,’

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 394 पटक पढिएको
  • पूर्वमन्त्री सदनको रोस्टमबाट भने : हिजो घुस खुवाएँ

    काठमाडौँ- अशोककुमार राई नेतृत्वको जसपाका सांसद वीरेन्द्रकुमार महतोले देशमा भ्रष्टाचार मौलाएको भन्दै घुसबिना सरकारी कर्मचारीले कामै गर्न नसक्ने बताएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै महतोले हिजो मात्र आफ्नो छोराको प्रमाणपत्रका लागि पाँच हजार घुस दिनुपरेको सुनाएका हुन्।‘म एउटा सानो उदाहरण दिन चाहन्छु। म भूपू मन्त्री। हिजो शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस दिएर आएको छु कसले पत्याउँछ ?’, उनले भने, ‘ पत्याउनुहुन्छ? मेरो छोराको सर्टिफिकेट इकुभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे पठाएको ३ बजेसम्म गर्दिएन ।’उनले कर्मचार

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 218 पटक पढिएको
  • बागमतीमा नयाँ सरकार गठन आव्हान

    हेटौंडा- बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन्। सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनको आव्हान गरेका हुन् ।उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 208 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.